सडक खाल्डाखुल्डी र धुलैधुलाे बनाउँदाकाे फाइदा

Read Time:2 Minute, 32 Second

-पूर्ण बहादुर राना

(१) खाल्डाखुल्डी सडकमा गाडि, बाईक, कार, साईकल, ट्रक कुद्दा ईन्जिन छिटाे बिग्रिन्छ । २०/३० वर्ष टिक्ने साधन २ वर्षमै ध्वस्त हुन्छ र बिग्रिन्छ । बिग्रेपछि खरिद गर्नै पर्ने भयाे । खरिद गर्दा व्यापारि, नेता र ठेकेदारले अरबाैं खरबाैंकाे कमिसन खान पाउँने भए ।

अर्काे तर्फ यस्तो बाटाेमा यातायातका साधन ढिलाे कुद्छ । डिजेल पेट्रोल धेरे खान्छ । अनि डिजेल र पेट्रोल खरिदमा कमिसन खान पाउने भए ।

(२) यस्ता खाल्डाखुल्डी बाटाेमा दुर्घटना बढि हुन्छ । दुर्घटना हुँदा गाडि, बस, बाईक, कार ट्रकहरू कामै नलाग्ने गरि कुचिन्छन् । फेरि यी साधन किन्दा कमिसन खान पाउने भए । अर्काेतर्फ यात्रुहरू दुर्घटनामा परि अङ्गभङ्ग हुन्छन् । घाईते हुन्छन् । उपचार गर्दा, अाैषधि किन्दा, हस्पिटलमा उपचारका मेसिन वा उपकरण किन्दा व्यापारि, नेता र ठेकेदारले कमिसन खान पाउने भए ।

(३) धुलैधुलाे भएको सडक छेउ बस्ने र हिंड्नेहरू सास फेर्दा र खाना खाँदा धुलाेनै फेर्ने र खाने गर्छन् । धुलाेमै सुत्ने गर्छन् । अनि बिरामी हुने नै भए । बिरामी भएपछि हस्पिटलमा अाैषधि उपचार गर्नुनै पर्ने भयाे । उपचार गर्दा व्यापारि, नेता र ठेकेदारले कमिसन पाउने नै भए । एक्सरे, एमआरआई, अल्ट्रासाउन्ड केके गर्ने मेसिन किन्दा कमिसनै कमिसन खान पाउने भए ।

धुलाेले कपडा छिटो फाेहाेर र पुरानाे भई नुहाउने धुने साबुन किन्नुपर्ने भयाे । र कपडा छिटाे छिटो किन्नुपर्ने भयाे । अनि कपडा र डिटर्जेन्टका सामान खरिदमा पनि कमिसन पाउने भए ।

uf}zfnf u’x]Zjf]/L l:yt vfN8fv’N8L ;8sdf hd]sf] kfgLaf6 si6s/ ofqf ub}{ df]6/;fOsn tyf rf/kfª|] ;jf/Lx? . tl:a/ c+ub 9sfn . sflGtk’/

त्यसैले धेरै ठाउँका सडक भत्काएका छन् । तर छिटो बनाउने र मर्मत गर्ने काम गर्दैनन् ।

3 0
Happy
Happy
0 %
Sad
Sad
33 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
33 %