आफ्नाे गल्ति देख्ने बानी बसालाैं र सुध्रिउँ

Read Time:6 Minute, 37 Second

रूख, सुर्य र हँसियाहथौडामा हालेकाे भाेटले हाम्राे मातृ भाषा मारिदियाे, बेराेजगार बनाई दियाे, बेथिति र भ्रष्टाचार बढायाे ।


भाेट हाल्नेहरू कति दाेषि कति निर्दाेषि?


नत्र काङ्ग्रेस, एमाले, माओवादीकाे सरकारले मातृभाषाकाे लागि आवश्यक बजेट किन छुट्याउँदैनन्? किन संविधान ऐन कानुनहरू मातृभाषामैत्रि बनाउँदैनन्?

=============

भाषा मर्दैछ र कतिपय मरिसके अब कसरी बचाउने?


उदाहरणकाे लागि २० लाख मगरले एक एक लाख पैसा छुट्याएर मगर भाषा पढाउने, बाेल्ने गरेर मगर भाषा जाेगिंदैन । जबसम्म मगर भाषालाई सरकारकाे दीर्घकालीन राष्ट्रिय याेजना र बजेटमा पर्दैन । अनि सरकारि कामकाजिकाे भाषा, मिडियाकाे भाषा र विद्यालय र विश्वविद्यालय तहमा पठनपाठन र अध्ययनअध्यापनकाे भाषा हुँदैन तबसम्म मगर भाषा जाेगिंदैन । अन्य मातृ भाषाकाे हालत यहि हाे ।

———-

तथागत बुद्धकाे वाणी स्मरण गराैं ।

१. हाम्रो वर्तमान जीवन हाम्राे विचारकाे परिणाम हाे । हाम्राे जीवन हाम्राे चिन्तन(विचार) मा आधारित छ । विद्यमान जीवन स्वयमकै साेंचाई(चिन्तन) बाट बनेकाे हुन्छ ।

हाे भगवान बुद्धले भनेझैं वर्तमान अवस्थामा हाम्रो मातृ भाषाहरू मरिरहनु हाम्रै कारणले हाे । हाम्राे चिन्तननै पुँजिवाद, साम्यवाद भनेर काङ्ग्रेस र कम्युनिस्टमा बाँडिरह्याे । तपाईं हामीलाई जबरजस्ती काङ्ग्रेस, कम्युनिस्ट बनाएकाे तपाईं हाम्रै साेंच(विचार)ले हाे । तपाईं हामीलाई जबरजस्ती रूख, सुर्य र हँसियाहथौडामाट भाेट हाल्न बाध्य बनाएकाे तपाईं हाम्रै चिन्तन(विचार)ले हाे ।

२०४७ वैशाख २३ गते एम. एस. थापाले मातृभाषामा विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन अध्यापन हुनुपर्छ भने । देश संघीयतामा जानुपर्छ भने । ६० वर्षमा वृद्धाभत्ता दिनुपर्छ भने । राज्यसत्ताको हरेक निकाय र तहमा जातीय समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भने । जुनबेलामा काङ्ग्रेस, एमालेकाे साेंचमा समानुपातिककाे “स” बिचार थिएन । मातृभाषाकाे “मा” बिचार थिएन । संघीयताकाे “सं” बिचार थिएन । माओवादीकाे त के कुरा गर्नु त्याे पार्टीकाे जन्म त के गर्भमा पनि थिएन ।

एम. एस. थापाले भनेझैं जातीय समानुपातिक प्रतिनिधित्व लागू भएको भए दलितकाे लागि कानुन बनाउन दलित नै संसदमा जाने थिए । जातीय समानुपातिक लागू भएको भए मधेसीको लागि मधेसीनै, मुस्लिमकाे लागि मुस्लिमनै र आदिवासीकाे लागि आदिवासीनै र महिलाकाे लागि महिलानै संसदमा कानुन बनाउन जाने थिए । दलितकाे समस्या दलितलाई थाहा हुन्छ । मधेसीकाे समस्या मधेसीलाई थाहा हुन्छ । मुस्लिमकाे मुस्लिमलाई थाहा हुन्छ । आदिवासीकाे समस्या आदिवासीलाई थाहा हुन्छ । महिलाकाे समस्या महिलालाई थाहा हुन्छ । समस्या भाेग्ने र अनुभव गर्नेलाई थाहा हुन्छ । समस्या देख्ने र सुन्नेलाई थाहा हुँदैन । तर तपाईं हाम्राे विचार, साेंचाई र चिन्तनले हामीले जनमुक्तिकाे सिद्धान्त र दर्शनलाई पत्याएनाैं ।

तपाईंनै साेंच्नुहाेस मातृ भाषिहरूलाई बढि माया कसले गर्थे हाेला? ओलिले? वा दाहालले? वा देउवाले? वा एम. एस. थापा मगरले?

किनकि हामीले हाम्राे मातृ भाषा मार्ने हत्यारा पार्टी काङ्ग्रेस, एमाले, माओवादी र राप्रपालाई भाेट हाल्याैं । हाम्रो भाेटले ती पार्टीका नेताले चुनाव जिते । चुनाव जितेपछि संसद चलाए । र सरकार बनाए । संसदले हाम्रो मातृ भाषा तामाङ, नेवार, थारू, अवधि, गुरूङ, राई, भाेजपुरि, लिम्बू, मगर, शेर्पा, थकालि, कुमाल, बाेटे, चेपाङ, धिमाल, राउटे भाषा जाेगाउनुपर्छ भनेर संविधान संशाेधन गरेनन् । हाम्राे मातृ भाषा जाेगाउन ऐन बनाएन । नियमावली, बिनिमय र निर्देशिका बनाएन । पर्याप्त बजेट छुट्या्एनन्

अब काङ्ग्रेस, एमाले र माओवादीमा भाेट हाल्ने नेता, कार्यकर्ता र भाेटरले पार्टी क्याप्चर गरेर राज्यसत्ता क्याप्चर गर्नु पर्याे । हात मुसार्दै ओलि, देउवा र दाहालकाे राजखानि मुसार्ने हाेईन । नत्र जनमुक्ति पार्टीमा आउनुपर्छ । जनमुक्तिकाे विराेध नगर ।

भ्रष्टाचार बढेकाे, बेराेजगार बढेकाे, बेथिति बढेकाे काङ्ग्रेस, एमाले र माओवादीकै कारणले हाे । किनकि ठूलादलहरू काङ्ग्रेस, एमाले र माओवादीहरू नै हुन् । सरकार यिनकै हातमा छ । शासन प्रशासन यिनकै हातमा छ ।

दाेषि नेपाली जनतानै हुन् । किनकि काङ्ग्रेसकाे रूखमा भाेट हाल्ने, एमालेकाे सुर्यमा भाेट हाल्ने र माओवादीकाे हँसियाहथौडामा भाेट चाईनिजले हालेकाे हाेईन, अमेरिकन र अरबियनहरूले हाेईन ।

-पूर्ण बहादुर राना “मेल्क्हाट माम्हिन्चाे”


1 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
0 %