पुँजिवाद, नवउदारवाद र बुर्जुवा समाजमा पैसा नभए पाँचवटै ईन्द्रिय त के छैटौं ईन्द्रिय मन मस्तिष्कले पनि काम गर्दैन । फलस्वरूप अहिले समाजमा ठगि, चाेरि, हत्या, आत्महत्या, डाहा, आत्मदाहा बढिरहेकाे छ

Read Time:1 Minute, 54 Second

नेपाली उखान, ” छ पैसा सय बुद्धि । छैन पैसा छैन बुद्धि ।”


“Money is like a sixth sense without which you cannot make a complete use of the other five.
Without an adequate income half the possibilities of life are shut off.”
“पैसा भनेको छैठौं इन्द्रिय जस्तै हो जसको बिना तपाईले अन्य पाँचको पूर्ण उपयोग गर्न सक्नुहुन्न। पर्याप्त आम्दानी नहुँदा जीवनका आधा सम्भावनाहरू बन्द हुन्छन् ।”
-William Somerset Maugham

माथिकाे भनाई विलियम समरसेट मउम(wi·lee·uhm

suh·muh·set mawm)काे हाे । हुन पनि पैसा नहुँदा पाँचवटा ईन्द्रियहरू आँखा, नाक, कान, छाला जिब्राेले थाहै पाउँदैन । अझ मनमष्तिष्कले ठिकसँग काम नगरेकाे अनुभव गरेकाे छु ।

याे पुँजिवाद, नवउदारवाद र बुर्जुवा समाजमा पैसा नभए पछि आँखाले नदेख्ने, नाकले गन्हाएकाे वा बासाएकाे थाहा नपाउने, कानले नसुन्ने, छालाले चिसाे ताताे थाहा नपाउने र जिब्रोले मिठाे नमिठाे थाहा नपाउने बनाउँदाे रहेछ ।

तथागत बुद्धले षडायतन ( ६ ईन्द्रिय)हरू आँखा, नाक, कान, जिब्रो, शरीर र मनको आ-आफ्नो वस्तु र कार्य हुन्छ भनेका छन् । आँखाको-रुपसंग, कानको-शब्दसंग, नाकको-गन्धसंग, जिब्रोको-रससंग शरीरको-स्पर्श(छुनु)संग र मनको-मानसिक महसूससंग ठोक्किंदा ६ प्रकारका चेतनाहरू वा अनुभवहरू उब्जिन्छन्। देख्ने, सुन्ने्, सुँघ्ने, स्वाद पाउने, छुने भनेको मन भित्रैबाट उत्पन्न हुने हुन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %