फागुन १६ देखि चैत ८ सम्म भिक्षु शिक्षाकाे आधारभुत ज्ञान दिने।

Read Time:3 Minute, 7 Second

मानन्धर राजन
म्यानमारमा करिब ५ लाख भिक्षुहरु छन् भने थाइल्याण्डका करिब दुइ लाख भिक्षुहरु छन् । जापानमा ३ लाख ५० हजार भिक्षुहरु (पुरोहितहरु समेत गरेर) अनि धर्मलाई खासै मान्यता दिन छोडिसकेको चिनमा समेत दुइलाख भिक्षु तथा भिक्षुणीहरु छन् । त्यस्तै क्याम्बोडियामा करिब ७० हजार भिक्षुहरु छन् र भियतनाममा करिब ५० हजार भिक्षु तथा भिक्षुणीहरु छन् । त्यस्तै श्रीलंकामा १५ हजार भिक्षुहरु छन् ।

यता बुद्ध जन्मेको देश नेपालमा कति भिक्षुहरु छन् त भनेर हेर्दा अस्थायीहरु समेत जोड्दा पनि निकै थोरै छन् । सरसरती हेर्दा काम धन्दा केही नगरी बसी बसी खान पाइने जस्तो देखिए पनि भिक्षु बन्न त्यति सजिलो भने छैन । बौद्धहरु प्रवजित जीवन दुर्लभ भन्छन् अनि जीवनमा एक दिन मात्र भिक्षु हुनु भनेको पुण्यको काम हो भन्ने कुरामा विश्वास गर्दछन् ।

हामी बुद्ध नेपालमा जन्मेको भनेर घमण्ड गर्छौं तर हामीले कति बुद्ध धर्म जानेका छौं भनेर सोच्दैनौं । बुद्ध धर्म भनेकाे शिक्षा हाे उहाँले २५०० वर्ष अगाडि सिकाएर जानुभएकाे जीवन शैलीले आज पनि किन र कसरी विश्वका विभिन्न देशमा मानिसहरुलाई आकर्षण गरिरहेकाे छ भन्ने बुझ्न बुद्ध शिक्षा अध्ययन गर्नुपर्ने हुन्छ । बुद्ध धर्म जतिसुकै अध्ययन गरेपनि पण्डित पुराेहित भएपनि शरीरमा चीवर वस्त्र राखेर म संसारको माया मोह प्रतिष्ठा त्यागेर बुद्धकाे शरणमा जान्छु भन्नु जस्तो हुँदैन । यो अनुभव नगरी सिक्न सक्ने कुरा होइन ।

अहिले नेपालकाे लुम्बिनीमा १२५० जनालाई तीन हप्ताकाे लागि भएपनि भिक्षु बनाएर बुद्ध शिक्षाकाे आधारभूत ज्ञान दिने भनेर थाइल्याण्डका भिक्षुहरु र दाताहरु नेपालमा आइरहनुभएकाे छ । फागुण १६ देखि चैत्र ८ गतेसम्मको लागि खाने बस्ने चीवर भ्रमण तथा बुद्ध शिक्षाहरु सबै निःशुल्क पाइने याे अवसरका फाइदा उठाउनुहोस् । बुद्ध र बुद्ध शिक्षालाई चिन्नुहोस् अनि बुद्ध नेपालमा जन्मनु भनेको किन गर्व गर्ने कुरा हो भनेर बुझ्नुस् । मैले त गत वर्ष अनुभव गरें अब तपाइँहरुको पालो । सबैकाे मंगल हाेस् ।

3 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %