भगवान बुद्ध विश्वकै शान्तिका अग्रनायक हुन् : गृहमन्त्री श्रेष्ठ

Read Time:3 Minute, 43 Second

हुम बहादुर पचभैया मगर
लुम्बिनी , फागुन २०

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भगवान गौतम बुद्ध बिश्वकै शान्तीका अग्रनायक रहेको बताउनुभएको छ । कुराले नभई कर्मले शान्ति मिल्ने र देश शान्तिले समृद्धि हुने समेत मन्त्री श्रेष्ठको भनाई छ । तेश्रो लुम्बिनी अन्तराष्ट्रिय त्रिपिटक पाठ समारोह २०८० का प्रमुख अतिथिको रुपमा लुम्बिनी आउनु भएका उपप्रधानमन्त्री श्रेष्ठले बौद्ध ग्रन्थका त्रिपिटक प्रकाशन गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो सुटेरेस नेपाल भ्रमण आएको समयमा लुम्बिनीमा भगवान बुद्धको दर्शन पछि गृहमन्त्रालयमा भएको भेटमा आफूले विश्वमा ध्यान दिवस मनाउन संयुक्त रास्ट्रसंघमा प्रस्ताब गरि पास गर्न समेत आग्रह गरेको र उहाँ सकारात्मक रहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

गृह मन्त्रालयमा हरेक दिन कार्यालय समय अघि दैनिक १५ मिनेट ध्यान सुरुवात गरेको पनि उहाँको भनाई छ । प्रमुख अतिथि श्रेष्ठ संगै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले दियो प्रज्वलित गरि कार्यक्रम उद्घाटन गर्नुभयो ।

नेपाल अखिल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर महाथेरोको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि आठौ संघनायक भिक्षु बोधिसेन महास्थविर महथेरो , लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, थाइल्याण्ड, श्रीलङ्काका राजदूतहरु र बर्मा म्यानमारको भिक्षुहरू, अखिल भारत भिक्खु महासंघका महासचिव, आइ.टि.सि.सिका अध्यक्ष लगाएतले कार्यक्रम सफलताको कामना गर्दै शुभकामना दिनुभयो ।

बुद्ध धर्मको ग्रन्थ त्रिपिटक लुम्बिनीमा भएको तेश्र्रो अन्र्तराष्ट्रिय त्रिपिटक पाठ समारोह ( २०८० ) मा नेपाल थेरवाद बिहार देखि कार्यक्रम स्थल माया देबि मन्दिर परिसर सम्म आ आफ्नो जातिय भेषभुसामा मगर कुल पुत्रबाट हुम बहादुर पचभैया थापा मगर , कासिराम थापा मगर ,कुबेर तोकछाकी आले मगर, नेवार समुदाय बाट स्थिक बहादुर शाक्य,पूर्णरत्न बज्राचार्य, थारु समुदायबाट ब्रिज मोहन चौधरी, अजय चौधरी र ब्राह्मण शमुदायवाट राकेश त्रिपाठी र बिनोद त्रिपाठीले त्रिपिटक बोकेर माया देवी मन्दिरमा पुर्याएका थिए ।

बिभिन्न शमुदाय र विहारको झण्डा, ब्यानर र बाजा सहितको र्याली मायादेवी मन्दिरको परिसरमा पुगी धर्म सभामा परिणत भएको थियो ।

4 0
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %