लुम्बिनीमा नेपाल थेरावाद विहार संघावास भवन उद्घाटन।

Read Time:3 Minute, 10 Second

लुम्बिनी, फागुन १९

नेपाल थेरावाद विहार लुम्बिनी संघावास भवन प्रमुख अतिथि आठौ संघनायक महास्थविर बोदिसेन महाथेरो ज्यूले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।

संघावस भवन उद्घाटन समारोहका अध्यक्षता नेपाल अखिल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर फ्रा खुर्वु महाथेरोले गर्नु भएको थियो। अखिल नेपाल भिक्षु महासंघका पूजनीय आठौ संघनायक भिक्षु बोधिसेन महास्थविर महाथेरो , पूजनीय संघ उपनायक भिक्षु गुणघोष महास्थविर महाथेरो तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा ,फ्रा . श्री बोधिविदेश (supot) थाईल्याण्डको प्रमुख उपस्थितिमा भिक्षु संघबाट त्रिरत्न वन्दना र जयमङ्गल गाथा पाठसहित समुद्घाटन भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य भिक्षु धर्म गुप्त महास्थविर महथेरोले दिनुभएको थियो भने नयाँ संघावास भवनको खर्च विवरण भिक्षु सद्धातिस्स महास्थविर महाथेरोले पेस गर्दै यो बिहार बनाउन नेपाल सरकार नत विदेशी निकाय बाट सुको सहयोग नपाएको भन्दै भिक्षुहरुले प्राप्त गरेको कथिन दान , दानपुण्य र चिवर बेचेर संकलन साथै दाताहरुको सहयोगले दंघावस भवन बनेको बताउनुभयो ।

शुभकामना दिदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले नेपाल सरकार बाट कुनैपनि विहार र गुम्बाहरु निर्माण गर्दा सहयोग नमिलेकोमा असन्तुष्ट प्रकट गर्दै नेपाल सरकारको आलोचना गर्नु भयो । बिहार र गुम्बाहरु एक आपसमा सहयोग गरि निर्माण गर्नु पर्ने बताउनु भयो ।

भिक्षु महासंघका निवर्तमान अध्यक्ष भिक्षु मैत्रे महास्थविर, अखिल भारत भिक्षु महासंघका महासचिव र सचिवले पनि शुभकामना दिनु भएको थियो। कार्यक्रम भिक्षु महासंघका कार्यकारी सदस्य एबं प्रचार प्रसार संयोजक भिक्षु बिमलो स्थबीर हुनुहुन्थ्यो ।

साथै , २०८० फागुन २० गते तेष्रो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ उद्धाटन समारोहका प्रमुख अतिथि नेपाल सरकारका माननीय गृहमन्त्री नारायण काजि श्रेष्ठले गर्नेछन । त्रिपिटक पाठ फागुन २२ गते सम्म चल्नेछ ।

3 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %