गोरखामा बुद्ध बिहार र विपश्वना ध्यान केन्द्र बनाउनका लगभग २ राेपनि जग्गा दान

Read Time:1 Minute, 42 Second

माघ २३, २०८०

पूर्णबहादुर राना

गोरखा नगरपालिका वडा नं. ६ स्थित टेलिकम परिसरमा गोलमती घम्मदान बुद्ध बिहार बन्ने भएको छ । बिहार बनाउनका लागि वडा नं. ८ निवासी दण्डबहादुर थापा (किसान) र उनकी श्रीमती हेमन थापा मगरले एक रोपनी १५ आना जग्गा दान गरेका छन् ।

विपश्वना ध्यान शिविर सञ्चालन गर्नका लागि बिहार बनाउन लागिएको गोरखा वौद्ध समूहका अध्यक्ष विष्णु रानाले बताए ।गोरखा बौद्ध समाजको आयोजनामा भएको धर्मदेशना तथा जग्गा दान कार्यक्रममा जग्गाधनीले समाजका अध्यक्ष रानालाई जग्गा हस्तान्तरण गरेका हुन् । धर्मदेशना (बुद्धको ज्ञान र वाणीको बारे प्रवचन दिने) का लागि बर्माबाट प्रज्ञयाश्री महास्थवीरको नेतृत्वमा पाँच जना भन्तेको टोली आएका थिए ।

कार्यक्रममा प्रज्ञयाश्री महास्थवीरले उपाशक तथा उपाशिकाहरुलाई त्रिशरणसहित पञ्चशील प्रदान गरेको उनले जानकारी दिए । बिहार निर्माण गर्न जग्गा दानका लागि मंगल बुद्ध बिहार युकेका कृष्ण बहादुर दर्लामीले सहजिकरण गरेका थिए । थापा दम्पती हाल युकेमा बस्दै आएका छन् । समूहका अध्यक्ष रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

4 0
Happy
Happy
60 %
Sad
Sad
0 %
Excited
Excited
40 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %