(सिएनसिबिजि)यु केको वंशजको नागरिकता निरन्तरता अभियानका लागि एक बृहद अन्तरक्रिया तथा ऐक्यबद्धता कार्यक्रम सम्पन्न।

राज्यसत्ता,

अल्डोर्शोट ,यु के ।नोभेम्बर २०२३ ।
ब्रिटिस गोर्खा नेपाली नागरिकता(सिएनसिबिजि)निरन्तरता अभियानले वंशजको नागरिकता निरन्तरता अभियान भन्दै एक बृहद अन्तरक्रिया तथा ऐक्यबद्धता कार्यक्रम २५ नोभेम्बरमा अल्डोर्शोटमा भब्य सम्पन्न गरेको छ ।

सिएनसिबिजिका अध्यक्ष थर्क रानाको अध्यक्षतामा सम्पन्न्न भएको उक्त कार्यक्रममा सिनियर सल्लाहकार मेजर देब पुनको प्रमुख आतिथ्यमा भएको थियो भने संस्थाका सचिब जित घर्ति मगरले हेल्थएंड सेफ्टी र प्रबक्ता पदम गाहा थापाले स्वागत मन्तब्य राखेका थिए।

सिएनसिबिजि अध्यक्ष थर्क रानाले ‘गोर्खाली हाम्रो पहिचान, वंशजको नागरिकता निरन्तरता, हाम्रो अभियान’ भन्दै आफ्नो र आफ्ना सन्ततिको वंशजको नागरिकता सुनिश्चित गर्न एक जुट हुन अपिल गरेका थिए साथै “सिएनसिबिजी ” स्थापना हुनाका उदेश्यबारे पनि प्रकाश परेका थिए ।

नेपालको नागरिकता ऐनमा गोर्खाको बारेमा एक शब्द पनि नपरेको हुनाले उक्त नागरिकता ऐनले गोर्खाली र निजको सन्ततिहरुको निम्ति समस्या पर्ने देखिएको हुँदा सरकारलेनै संधि सम्झौता गरेर पठाएका गोर्खा र गोर्खाका सन्ततिहरुको बंशजको नेपाली नागरिकता कायमै राख्न पाउनुपर्छ भन्ने माग हामी गोर्खा हरुलेनै बुलन्द गर्दै जानुपर्ने अध्यक्ष रानाले व्यक्त गरे।
दल बहादुर बुडाथोकीले भूपू सैनिकका बारेमा बोलेका थिए भने काउन्सिलर लक्ष्य बहादुर गुरुङ,अधिबक्ता गोविन्द वेलवासेले कानुनका बारेमा जानकारी दिएका थिए।

एनआरएनए अध्यक्ष प्रेम गाहामगर,मगर संघ युके अध्यक्ष सिता पुन मगर, भूपू गोर्खाका अनासनकारी अभियानकर्मीहरू धन गुरुङ र पुष्पा राना घले, तमुधिं यूके अध्यक्ष हरि गुरुङ, मुलबासीका पूर्व अध्यक्ष खड्क बहादुर बुडा,नाराण पुन लगायतले ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानको बारेमा आ-आफ्न धारणा राखेका थिए। त्यसै गरी उक्त कार्यक्रममा बिभिन्न समाज तथा संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।अभियान प्रति आफ्नो तथा आफ्नो संस्थाको तर्फबाट एक्यवद्धता जनाउने हरुमा: नेपालि गोर्खा सोसाइटि क्याम्बर्लिका अध्यक्ष मे.रि गनेश गुरुङ्ग, मे.रि नर बहादुर गुरुङ एम भि ओ अध्यक्ष पैंयुखोला तमु समाज युके, काउन्सिलर नेम थापा, पूर्व मेअर- हालको काउनन्सिलर बिष्णु गुरुङ्ग, कमल राना अध्यक्ष पैयुखोला मगर समाज यु के, मे.रि भिम बहादुर गुरुङ एम भि ओ फाउन्डर प्रेसिडेन्ट खो सो भो गुरुङ समाज युके, मनिराज जोल्मि अध्यक्ष गोर्खा नेपालिज कम्युनिटि पिटरबरो, सान्ता बहादुर गुरुङ बृटिश गोर्खा नेपाली असोसिएसन, मे.रि कुल बहादुर थापा सल्लाहकार सिएन्सिबिजि /पूर्व अध्यक्ष मगर संघ युके, जिव बेलबासे काउन्सिलर रसमूर बरो काउन्सिल,नारायन पून सल्लहकार, धन गुरुङ गोर्खा हङ्गर स्ट्राइक, कर्नदर्लामि सल्लाहकार गोर्खा मगर समाज युके, क्या रि दिपक घले, अधिबक्ता गोबिन्द बेलबासे कानुनि सल्लाहकार सिएन्सिबिजि,क्या. रि ताम धेङ्गा अध्यक्ष बुटवल शेरोफेरो समाज युके, बोब पुन मगर समाज यु के, योगेन्द्र छेत्री संयोजक बंसजको नागारिकता निरन्तरता एनारेन युके,टिका दर्लामि अध्यक्ष मगर बौद्ध समाज युके, मान गुरुङ अध्यक्ष नेपालि जनप्रगति मंच बेलायत,भगवान चाम्लिङ राई सलाहकार नेपाली समाज यु के/ सिएन्सिबिजि यु के,मिलन तमु एम डि गोर्खा मिडिया, लक्ष्य गुरुङ काउन्सिलर बार्नेट काउनसिल, पुस्पा राना घले गोर्खा आमरन अन्सनकर्ता, ले.रि धरमसिङ शाहि सल्लहकार,नेत्र थापा बलाल अध्यक्ष स्याण्धर्स्ट नेपालि लम्युनिटि,गुमानसिङ्ग थापा महासचिव मगर संघ यु के, र रि.ले चन्द्र बहादुर गुरुङ्ग आई सि सि मेम्बर एन आर एन हुनुहुन्थ्यो।

उपाध्यक्ष सोबराज घोतानेद्वारा संचालन गरिएको उक्त कार्यक्रमा कोषाध्यक्षले भिम रानाले सिएनसिबिजिको सदस्य बन्न अपिल गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि देब पुन मगरले परोपकारी कामहरुको निरन्तरताको लागि संस्थालाई धन्यवाद दिए।
अन्तमा सिएनसिबिजि अध्यक्ष थर्क रानाले ‘उत्साह’ का साथ कार्यक्रम सम्पन्न भएको भन्दै कार्यक्रमले सकारात्मक सन्देश दिएको बताए र उपस्थिती सम्पूर्ण सहभागी लगायत बिबिध कारण बस उपस्थिती जनाउन नसकेका हरु सबैलाई धन्व्याद दिदै कार्यक्रमको समापन गरेका गरिएको थियो ।


कार्यक्रममा चर्चित कलाकारहरुले सहभागिहरुलाई संगीक मनोरञ्जन गराएका थिए।

photo coourtesy:Londoonnepalnews.coom facebook.