जाजरकाेट रामीडाँडा ईपिसेन्टर भएर गएको ६.४ रेक्टर भुकम्पकाे क्षति विवरण

पूर्ण बहादुर राना
कार्तिक २१, २०८०

२०८० असार १८ गते शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु गरी मध्यरातमा गएको ६.४ रेक्टरकाे भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते छन् । यि दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षतिग्रस्त भएकाे छ ।


भुकम्पकाे कारणले ३ सय ४९ र रुकुम पश्चिमका ६६ विद्यालयमा क्षति भएको छ । साे भुकम्पमा परि २४ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ । भूकम्पकाे अति प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका कम्तीमा ४ सय १५ विद्यालयमा क्षति पुगेको छ । भुकम्पमा परि पूर्ण र आंशिक गरी जाजरकोटका ३ सय ४९ र रुकुम पश्चिमका ६६ विद्यालयमा क्षति पुगेको हो कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । करिब एक सय विद्यालय पूर्ण रूपमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयका सचिव भोजराज काफ्लेले जानकारी दिएका छन् । क्षति हुनेमा भवनसँगै विद्यालयका आईसीटी ल्याब, पुस्तकालय, घेराबार र सोलार सिस्टममा क्षति पुगेको तथ्यांक छ । मन्त्रालयले भूकम्प प्रभावित जिल्लाबाट मंगलबारसम्म क्षतिको विवरण पठाउन जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई सर्कुलर गरेको जनाएको छ । मन्त्रालयले कम प्रभावित अन्य जिल्लाबाट शिक्षण संस्थाको विवरण आउन बाँकी रहेको जनाएको छ ।

भूकम्पमा परी मृत्यु हुनेमध्ये जाजरकोटमा एक शिक्षकसहित ११ विद्यार्थी र रुकुम पश्चिममा १३ गरी २४ जना विद्यार्थीको मृत्यु भएको त्यहाँस्थित शिक्षा इकाइले जनाएकाे छ ।
१५ विद्यालयका ३ हजार ६ सय विद्यार्थी प्रभावित भएकोरुकुम पश्चिमको शिक्षा इकाइ प्रमुख ताराप्रकाश पुनले पूर्ण क्षति भएको बताए । पुनका अनुसार एक/एक जना शिक्षक र विद्यार्थी घाइते भएका छन् । २, ४ र ६ कोठे विद्यालय भवनहरूमा पूर्ण र आंशिक असर पुगेको जनाएको छ । २ सय ८८ वटा विद्यालय रुकुम पश्चिमा सञ्चालनमा छन् । कक्षा सञ्चालन गर्न क्षति पुगेका विद्यालयमा संभव नभएकोले कक्षा सञ्चालन गर्न वैकल्पिक व्यवस्था गर्नुपर्ने इकाइ प्रमुखहरूले बताएका छन् ।

निजी स्रोतमा कार्यरत एक शिक्षकको मृत्यु भएको छ । जनाए । २ शिक्षक र ३१ विद्यार्थीसमेत घाइते रहेको छ । जाजरकोटमा ९२ विद्यालय भवनका ३ सय ६६ कक्षाकोठा पूर्ण रूपमा र २ सय ५७ भवनका ४ सय ७६ कक्षाकोठामा आंशिक रूपमा क्षति पुगेको छ । ४३ शौचालयमा पूर्ण र ९० वटामा आंशिक क्षति भएको इकाइले जनाएको छ ।

कर्णाली प्रदेशका मुख्य सचिव चूडामणि पौडेलका अनुसार प्रभावित क्षेत्रमा उद्धारको काम सकिएर राहत र पुनःस्थापनाको काम थालिएको जनाएकाे छ ।

११ वटा जिल्ला जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दाङ, बैतडी, जुम्ला र प्यूठानलाई ११ जिल्लालाई गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले भुकम्प प्रभावित जिल्लामा राखेको छ । यी जिल्लाहरूका घर र विद्यालयमा भूकम्पले क्षति भएको छ । करिब ३ हजार ८ सय ९१ घरमा पूर्ण र आंशिक।क्षति पुगेकाे प्रहरीले जनाएको छ । कर्णाली प्रदेशमा ३ हजार २६ सामुदायिक र २ सय १७ वटा निजी विद्यालय छन् ।