देङ सियाओपिङले भनेका थिए, “बिरालो सेतो होस् वा कालो होस्, त्यसले मुसा समातेसम्म फरक पर्दैन।”(Deng Xiaoping said, “It doesn’t matter whether a cat is white or black, as long as it catches mice.”)

Read Time:3 Minute, 5 Second

ईन्द्र आङ्बाे प्रदेश प्रमुख हाेस् कि केदार कार्की हाेस्- पहिचानवादीलाई “बेल पाक्याे हर्ष न विष्मात” जस्तै हाे ।

भने
ओलि, देउवा र दाहाललाई “बिरालो सेतो(ईन्द्र आङ्बाे) होस् वा कालो(केदार कार्की) होस्, त्यसले मुसा समाते(पहिचान र अधिकार मेटाए)सम्म फरक पर्दैन ।”

आदिवासी, मधेसी, दलित र मुस्लिमहरू चाहे एमाले बनाेस् चाहे काङ्ग्रेस वा माओवादी बनाेस वा राप्रपा, जनमाेर्चा बनाेस यिनिहरूलाई केही फरक पर्दैन । यी ओलि, दाहाल, देउवा, पाैडेल, खनाल, भट्टराई, भण्डारीले साेंचेका छन् कि हामीलाई राष्ट्रपति र प्रधानमन्त्री बनाईरहेसम्म यिनिहरू काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, जनमाेर्चा बनेकाेमा केही फरक पर्दैन ।

ओलि, दाहाल, देउवा, पाैडेल, खनाल, भट्टराई, भण्डारीकाे चाड(तिज, दशैं, शिवरात्रि) मानिरहेसम्म केही फरक पर्दैन ।
ओलि, दाहाल, देउवा, पाैडेल, खनाल, भट्टराई, भण्डारीकाे ड्रेस(दाैरा सुरूवाल) लगाईरहेसम्म, उनिहरूकाे भाषा बाेलिरहेसम्म केही फरक पर्दैन ।

बरू ओलि, दाहाल, देउवा, पाैडेल, खनाल, भट्टराई, भण्डारीलाई भित्र मनमनै बडाे चिन्ता छ कि एक दिन यी आदिवासी, मधेसी, दलित र मुस्लिमहरूले उनकै भाषामा बाेल्छु, पढ्छु र लेख्छु भन्याे भने, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र राजदुत सिडियाे सरकारी निकायका प्रमुख चाहियाे भनेदेखि वर्वाद हुन्छ हाम्राे भन्ने त्रास छ ।

हुनपनि देङ सियाओपिङले भनेझैं काङ्ग्रेस, माओवादी,राप्रपा र एमालेका आदिवासीहरूले दशैंमा निधारभरि राताे टीका लगाएर हिंड्छन् । दशैं नमान्नेलाई मेख मारेकाे रे! नमान्नेहरूलाई केही वास्तै छैन । चाहे निधार भरि राताे टीका लगाओस चाहे ज्यान भरि लगाओस । चाहे एक चिम्टि राताे टीका लगाओस । चाहे मुठि, माना, पाथि वा मुरिकै राताे टीका लगाओस ।

काङ्ग्रेस, माओवादी,राप्रपा र एमालेका आदिवासीहरूले खस भाषा बाेल्दा गर्व गर्छन् । आफ्नो मातृभाषा बाेल्दा लाज मान्छन् । लाजले भुतुक्क हुन्छन् । आफ्नो भाषा, धर्म र सँस्कार घृणा गर्छन्, ग्लानी मान्छन् । धिक्कार सम्झिन्छन् ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %