नेपाल विद्यार्थी मोर्चाका अध्यक्ष पूर्ण बहादुर रानाद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन।

Read Time:45 Minute, 12 Second

नेपाल विद्यार्थी

केन्द्रीय समिति

नेपाल विद्यार्थी मोर्चाको चौथौं राष्ट्रिय महाधिवेशन–२०७४ फागुण २५, २६ र २७ धरान, सुनसरी
अध्यक्ष पूर्ण बहादुर रानाद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन

आदरणिय प्रमुख अतिथि ज्यू,

संघीय परिषदका पदाधिकारीहरु, भातृ संगठनका मित्रहरु, विद्यार्थी मोर्चाका विभिन्न तहमा बसेर काम गरिरहनु भएका मित्रहरु अन्य अतिथि प्रतिनिधि तथा पर्यवेक्षक ज्यूहरु र पत्रकार मित्रहरू ।
सबैमा जातिय मुक्तिको अभिवादन!

विषय प्रवेशः
(क) राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना

प्रायः पार्टीको जन्म निश्चित उद्देश्य, बाध्यता र आवश्यकताले हुने गर्दछ । भने कतिपय पार्टीहरु रहर र लहडले खोलिएका हुन्छन् । नेपाली काङ्ग्रेसको जन्म २००३ सालमा भारतमा भयो । काङ्ग्रेस पार्टीको जन्म प्रतिस्पर्धात्मक पुँजिवादी समाजवादी राजनीति र एकल जहानिया राणा शासनको अन्त्य गर्नको लागि थियो । काङ्ग्रेसले जहानिया शासनको अन्त्य गर्यो पनि । त्यस्तै गरी नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा भारतमै जन्म्यो । कम्युनिष्ट पार्टीको जन्म समाजवादी साम्यवादी राजनीतिक व्यवस्था र एकल शाह वंशीय शासनको अन्त्य गर्नु थियो । र नेपाली काङ्ग्रेस पार्टी, नेपाल कम्युनिष्ट पार्टी यस पछि जन्मेका दलहरु मिलेर एकल शाह वंशीय शासन अन्त्य गर्यो । राष्ट्रिय जनमुक्ति पार्टीकाे जन्म २०४७ वैशाख २३ गते नेपालमा भयाे । जनमुक्ति पार्टीको जन्म बहुजातीय भएको देशमा बहुजातीय लाेकतान्त्रिक समाजवाद स्थापना गर्न एकल जातीय निरंकुशता(ब्रह्माणवाद) अन्त्यकाे लागि भएको थियाे । वर्तमानमा रहेका जीवित दलहरु मध्य नेपाली काङ्ग्रेस पहिलो जेठो दल हो । नेपाल कम्युनिष्ट पार्टी दोश्रो माहिलाे दल हो । र राष्ट्रिय जनमुक्ति पार्टी तेश्रो साँहिलो दल हो ।

राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना २०४७ साल वैशाख २३ गते नेपालमै भयो । यो नेपालको भुगोल, माटो, हावा, पानी, जातजाति, भाषभाषी र धर्मप्रथा, सँस्कारसँस्कृति सुहाउँदो स्वदेशमै जन्मेको पार्टी हो । राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना निश्चित उद्देश्य, बाध्यता र आवश्यकताको आधारमा भएको थियो । यो पार्टी कुनै लहड र रहरमा खोलिएको पार्टी थिएन । राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना बहुजातिय लोकतान्त्तिक समाजवाद स्थापना र बहुजातीय देश वा क्षेत्रमा एकल जातीय वा एकाधिकार शासन व्यवस्था अन्त्यको लागि थियाे र हो । जनमुक्ति पार्टीले कुनै जातिय समुदायलाई काखा र पाखा गर्दैन । वास्तवमा जनमुक्ति पार्टीले कुनै जातिलाई जिताउनु पनि छैन र हराउनु पनि छैन । बल्कि नेपालमा जातीय समस्या भएकोले जातीय समानुपातिक सिद्धान्त लागु पर्छ भनेकाे हाे । जातीय समानुपातिकले सबै जातिलाई जित-जित(Win-win) गराउने सिद्धान्त हाे । परन्तु हाल नेपालमा एकल जातीय शासन व्यवस्था बाहुन जातीहरुद्वारा सञ्चालन गरिरहेकोले एकल जातीय शासनको विरोध गर्दा त्याे घानमा बाहुन मित्रहरु परेका हुन् । यदि भोली राज्यसत्तामा थारुको एकाधिकारवाद भयो भने वा मगर वा गुरुङ वा राई वा लिम्बु, मधेशी, दलित मुस्लिम आदि कसैको एकाधिकारवाद भएमा राष्ट्रिय जनमुक्ति पार्टीले विरोध गर्नेनै छ । एकल गाेत्रिय शासन, एकल जहानिया शासन, एकल वंशिय शासन, एकल धार्मिक वा भाषिक र साँस्कृतिक शासनकाे विरूद्धमा पनि आफ्नो आवाज बुलुन्द गर्दै त्यस्ता शासन अन्त्य गर्न जनमुक्ति पार्टी लाग्नेनै छ । सारमा भन्दा राष्ट्रिय जनमुक्ति पार्टीले बहुजातिय देशमा बहुजातिय शासन व्यवस्था हुनुपर्ने उद्देश्य राख्दछ ।
मूलभुतरुपमा राष्ट्रिय जनमुक्ति पार्टी स्थापना हुनुको कारण सिमान्तकृुत, किनाराकृत, पिंध र फेंदमा परेका समुदायलाई राष्ट्रको मूल धारमा ल्याउने र राष्ट्रको मूल धारमा रहेकालाई समानुपातिक सिद्धान्तकै आधारमा राज्यको नीतिनिमार्ण तहको मूल धारमै राख्नको लागि हो । जनमुक्ति पार्टीले यो देशमा बसोबास गरेका सबै जाति (१२५ जाति र १२३ भाषा, २०६८ जनगणना अनुसार) समुदायसँग देश सञ्चालन गर्नसक्ने क्षेमता, संभाव्यता(Potentiality), कर्तव्यनिष्ठता, सदासयता र इमान्दारिता छ भन्ने विश्वास राख्दछ ।

विश्व परिवेश
विश्वमा हुने प्रायः विरोध, आन्दोलन, विद्रोह वा युद्ध आवरणमा जे भनियता वा देखियता पनि सार (भित्रिरुप)मा जातिय, भाषिक, धार्मिक, साँस्कृतिक, लैङ्गिक, सभ्यता, सामाजिक, भौगोलिक, आर्थिक र राजनीतिकनै हुने गर्दछ । यि समस्याहरुको समाधान नभइ स्थाई शान्ति र दिगो विकास असम्भव प्राय: छ । तसर्थ जब सम्म कुनै पनि मुलुकले उपर्युक्तमा उल्लेखित कम्पोनेन्टहरुलाई देशको परिवेशको आधारमा समाधान गर्दैन तवसम्म कुनै न कुनै रुपमा विद्रोहको अबशेष बाँकिनै रहन्छ । कालान्तरमा यहि अबशेषलेनै विद्रोहको विकराल रुप लिने गर्दछ । वर्तमान समयलाई २१ औं शताब्ति भनिएता पनि जाति, भाषा, धर्म, सँस्कार, लैङ्गिक, सभ्यता, भौगोलिक, आर्थिक र राजनीतिक आदि कम्पोनेन्टहरु मध्य कुनै कुनै कम्पोनेन्टको समस्याको रुपमा प्राय सबै मुलुकमानै रहेको छ । यि समस्या समाधान गर्नका लागि दीर्घकालिन शान्ति र दिगो विकासको मार्गदर्शन बोकेको मुलुकले समानुपातिक प्रतिनिधित्व को राजनीतिक पद्धतिलाई राज्यको हरेक निकाय, तह र क्षेत्रमा लागु गरिनु पर्दछ । जबसम्म समानुपातिक प्रतिनिधित्वको (Proportational Representing Policy) लाई राजनीतिक पद्धतिमा विकास र लागु गरिदैन तब सम्म कुनै पनि मुलुकले शान्ति, अमन चयन र दिगो विकासको सपना मृगतृष्णा जस्तै हुने गर्दछ । समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणालीले सबैको अस्तित्वलाई स्विकार्दछ । सह–अस्तित्वको उच्चत्तम रुप समानुपातिक निर्वाचन प्रणाली हो । समानुपातिक निर्वाचन प्रणाली भनेको जहाँ जे समस्या छ त्यहाँ त्यहि समस्या हल गर्नका लागि प्रयोग गर्न सकिने सुत्र वा विधि वा साधन (Approach or Method or Tools) हो ।


क) समानुपातिक प्रतिनिधित्व पद्धति लागु गर्न सकिने क्षेत्रहरु;


१. जातिय समस्या भएको मुलुकमा
समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली जातिय समस्या भएको मुलुकमा जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation on the basis of national/ethnic population)लागु गरि जातिय समस्या हल गर्न सकिन्छ । नेपाल र भारत जस्तो मनुस्मिृतिले छिया छिया पारेको मुलुकमा जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व विधि लागु गर्न उचित हुन्छ । मानिस स्वभावैले आफ्नो इन्ट्रेष्ट अनुसार काम गर्दछ । जातिभित्र पनि उपजाति तथा थरहरु रहेका छन् । आजभोलि प्रायः व्यक्ति समाजले आफ्नो पारिवारिक थरलाई उजागर गरि आफ्नो पारिवारिक र गोत्रिय पहिचानमा ध्यान दिएको देखिन्छ । पारिवारिक थरको संगठन बनाई संगठित भइरहेको छ । जस्तै बाहुनमा पनि दवाडी संगठन छुट्टै र ओलीको छुट्टै गोत्रिय संगठन छ । मगरमा पनि, झेंडी गोत्रिय संगठन छुट्टै र सिंजाली संगठन छुट्टै छ । यसरी नै लिम्बुमा पनि पालुङ्वा संगठन छुट्टै र तुम्बाहाम्फे छुट्टै संगठन छ । परियारमा पनि खाति थरको संगठन छुट्टै र वर्देवा थरको संगठन छुट्टै बन्ने अवस्था छ । भने राई थर मित्र बान्तवा थरका समाज छुट्टै र दुमीका छुट्टै बन्ने क्रममका छ । गुरूङमा पच्यु, त्हाेर्ते, लामा भन्ने चिन्तन छ । तामाङमा गाेले, पाख्रिन, याेन्जन आदि थर लेख्ने चलन छ । हुनत यो मानविय स्वभावनै होला पद र अवसर पाँउदा पहिलो प्राथामिकता मानिसले आफुलाई राख्दछ । अनि माात्र आफ्नो परिवार , इष्टनाता, आफ्नोसमुदाय भित्र, अन्तरसमुदाय र बल्ल राष्ट्रिय तथा अन्तराष्ट्रिय इन्ट्रेष्टलाई ध्यान दिने गर्दछ । अहिले हाम्राे समाज Intra-complex ले ग्रसित छ । तर हामी जनमुक्ति पार्टीका हिमायती भएकोले हामीले विशिष्टता देखि सामन्य (Specific to General) र सामन्य देखि विशिष्टता(General to Specitic) मा ध्यान दिनु पर्दछ । अर्थात् आफ्नो जातीय समुदायलाई ध्यान दिंदै नेपालमा रहेका सम्पूर्ण जातजाति र विश्व मानव समुदाय, बनस्पति, प्राणी, वातावरण र पर्यावरणलाई समान तरिकाले महत्वमा साखिनु पर्दछ । तर कतिपय अवस्थामा अहिले आफ्नो गोत्र, थर र समुदायलाई मात्र ध्यान दिएको देखिएकोले हाम्रो जस्तो बहुलसमुदाय रहेको समाज घातक साबित हुन सक्ने भएकोले हामीले विशिष्ट देखि समान्य र सामान्य देखि विशिष्टतमा ध्यान दिनु पर्दछ ।

२. धार्मिक समस्या भएको मुलुकमा
धार्मिक समस्या भएको मुलुकमा धार्मिक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation on the basis of religious population) लागु गर्न सकिन्छ । बहुधार्मिक मुलुकमा यो सिद्धान्त लागु गर्नु पर्दछ । बहुधार्मिक समुदायमा मात्र नभइ धर्म भित्रको धार्मिक समुह(Sect) जस्तै मुस्लिम समुदाय भित्रको सिया र सुन्य, क्रिश्चियन धर्मभित्र प्रोटेष्टन्ट र क्यथोलिक, बुद्ध धर्म भित्र थेरवाद र महायानविच आदि उपसमुह बिच धर्मिक समुहको जनसंख्यालाई आधारमानि धार्मिक समुहविच समानुपातिक प्रतिनिधित्व लागु गर्न सकिन्छ ।

३. भाषिक समस्या भएको मुलुकमा
बहुभाषिक मुलुकमा भाषिक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation on the basis of linguistic population) लागु गर्न सकिन्छ । केहि समय अगाडि भाषाकै आधारमा पश्चिम बंगालमा नेपाली खस भाषि र बंगाली भाषीविच भाािषक युद्ध चर्केको थियो । भाषिक समस्या भएको मुलुकमा भाषाको जनसंख्यालाई आधारमानि समानुपातिक प्रतिनिधित्व लागु गर्न सकिन्छ । भाािषक समस्याले बंगलादेश पाकिस्तानसँग छुट्टिएको थियो ।


४. क्षेत्रियगत विकासमा असन्तुलन भएको मुलुकमा
क्षेत्रिय समस्या भएको मुलुकमा क्षेत्रिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation on the basis of regional population) लागु गर्न सकिन्छ । नेपाल जस्तो हिंउ पर्ने ठाउँ हिमाल, न चिसो न गर्मी ठिक्क पहाड र गर्मि हुने तराई जस्तो भौगोलिक विविधता भएको मुलुकमा भौगोलिक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लागु गर्न सकिन्छ । क्षेत्रीय समानुपातिक भनेकाे भुगाेललाई भनेकाे हाेईन । तत भेगमा बस्ने मानिसलाई समानुपातिक भनेकाे हाे । समानुपातिक चाहिने मानिसलाई हाे नकि कुनै, वस्तु, जिव, प्राणी र वस्तुलाई हाेईन ।

५. लैङ्गीक समस्या भएको मुलुक
लैङ्गीक समस्या भएको मुलकमा लैङ्गीक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation on the basis of gendered population) लागु गर्न सकिन्छ । प्राय: मुलुकमा महिला, पुरुष दुई लिङ्ग हुने गर्दछ । र आजकल तेश्रो लिङ्ग पनि पहिचानित भएको छ । उनिहरुलाई जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संवैधानिक रुपमै गरिनु पर्दछ । यसको प्रभावले गर्दानै आजभोलि ५१ प्रतिशत महिलाको प्रतिनिधित्वको आवज उठान भएको छ । अबका दिनमा लैङ्गिक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गरिनु पर्दछ । आवश्यक परेको खण्डमा लैङ्गिक जनसंख्याको आधारमा समानुपातिक गर्दा पनि जातिगत, धर्मगत, भाषागत, क्षेत्रगत, वर्गगतलाई मध्यनजर गर्न सकिन्छ


६. वर्गिय समस्या भएको मुलुक
जुनसुकै मुलुक र समुदायमा रहने र पाइने समस्या वर्गिय समस्या हो । वर्गिय समस्या भएको मुलकमा वर्गिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation on the basis of class population) लागु गर्न सकिन्छ । मार्कसले झैं वर्गलाई दुई भागमा(Haves and Have nots) भनेर विभाजन गरे पनि हुन्छ । तर समाजमा अति कुलिन(धनि) वर्ग, धनि वर्ग, मध्यम वर्ग, गरिव वर्ग र सुकुम्बासी वर्ग गरि विभाजन गर्न पनि सकिन्छ । वर्गिय समस्या भएको मुलुकमा गरिबहरुलाई आर्थिक आरक्षण दिनकाे लागि “बहुजातीय आर्थिक नीति” अबलम्बन गर्नु पर्दछ । सरकारले आर्थिक वितरण र अनुदान गर्दा प्राथमिकता र आवश्यकताकाे आधारमा गरिनु पर्दछ । र साथसाथै उत्पादनमुलक, सिपमुलक ज्ञान, सिर्जनासिल क्षेमताकाे विकास र कलाको विकास गरि दिनु पर्दछ ।

ख) माथि उल्लेखित पद्धति लागु गर्नका लागि मोर्चाले खेल्नु पर्ने भूमिका
नेपाल विद्यार्थी मोर्चाले बहुजातिय लोकतान्त्रिक समाजवादमा पुग्नु पूर्व जातिय समानुपातिक प्रतिनिधित्व लागु गर्न उद्यत हुनुनै पहिलो पाइला (First Step) हो । समानुपातिक प्रतिनिधित्व पद्धति लागु गर्नका लागि विद्यार्थी नेताहरुले देहाय बमोजिमा उल्लेखित बुँदाहरु अबलम्बन वा लागु गरिनु पर्दछ ।

१. पाँच प/पी (Five P)
अ) पोलिटिकल पावर (राजनीतिक शक्ति(Political Power) प्राप्त गर्नु
पोलिटिकल पावर प्राप्त गर्नु सबै पार्टी नेता र कार्यकर्ताको प्रमुख दायित्व र लक्ष्य हो । राजनीतिक शक्ति प्राप्त बिना कुनै पनि राजनीतिक दल खोल्नु र फितलो गतिविधि गर्नुको कुनै अर्थ छैन । सबै पार्टी नेता र कार्यकर्ताले राजनीतिक शक्ति प्राप्त गर्ने भित्रि मनदेखि दृढ संकल्प(Firm Resolution) लिनुनै पहिलो राजनीतिक विजय हो । भनिन्छ अन्तरआत्मै देखि गरेको अठोट र समर्पित भइ गरेको कार्य सफल हुन्छ हुन्छ । तसर्थ सबै नेता र कार्यकर्ताले देश र जनताको विराट हितमा राजनीतिक शक्ति/Political Power) प्राप्त गर्ने आत्मेै देखि अठोट लिनु पर्दछ । समर्पित भएर लाग्नु पर्दछ । यो पहिलो पी हो ।

आ) पब्लिक रिलेसन (जनतासँगको सम्बन्ध/ Public Relation)
राजनीतिक शक्ति प्राप्त गर्नका लागि अठोट गरेर मात्रै हुँदैन । अठोटलाई पूरा गर्नका लागि कार्य गर्नु पर्दछ । पब्लिक रिलेसन राम्रो बनाई उनिहरुको, दुःखसुखसँग सम्पर्कमा रहि समस्या हल गर्ने हैषियत मोर्चा र पार्टी नेताले बनाउनु पर्दछ । जनतासँग (Keep in touch )मा रहने वातावरणलाई कदापि नेतृत्वले भुल्नु हुदैन । पब्लिक रिलेसनलाई मजबुत र पुर्नरताजगि (Rejuvenate) गरिरहनु पर्दछ ।

इ) प्रोफेशनलीज्म/व्यवसायिकरण(Professionalism)
हिजो देखि आज सम्म राष्ट्रिय जनमुक्ति पार्टी र यसको भातृ संगठनहरुलाई प्रत्यक्ष वा परोक्ष रुपमा पूर्व पेन्सनरहरुको आर्थिक सहयोगले धानेको र चलेको अवस्था हो । अबका दिनमा हामी जस्ता यूवा पुस्ताहरुसँग नत पेन्सननै छ नत कुनै उद्योग धन्दा र व्यापार व्यवसायनैै छ । निकट भविष्यमा यूवा पुस्तालाई आर्थिक गाह्रोसारो र अप्ठ्यारो को अवस्था सिर्जना हुदै छ । आर्थिक समस्यालाई समाधान गर्न यूवा पुस्ताहरु प्रोफेशनलिज्म(व्यवसायिकरण) बन्नै पर्दछ । व्यवसायिकरण विनाको राजनीति अधुरो हुन सक्दछ । तसर्थ व्यवसायि (Professional ) बनि राजनीति गर्नु यूवा पुस्ताको प्रमुख दायित्व हो ।
हिजोका दिनमा राजनीति सादगि जिवन बिताउने वालाले राजनीति गर्दथे । चप्पल लगाएर, मैलाधैला र टालटुल गरेका कमिज प्यान्ट लगायएर राजनीति गर्नेलाई जनताले रुचाउँथे । विश्वास गर्थे । तर वर्तमान समयमा कार, पजेरो, हेलिकप्टरमा हिंडेने व्यक्तिलाई मात्रै जनताले विश्वास गर्ने भए । हिजो जनताले नेतालाई खुवाउँथे आज नेताले जनतालाई खुवाउनु पर्छ । त्यसैले प्लेन वा हेलिकप्टर चार्टर गरेर हिंड्ने अवस्था नभए पनि कम्तिमा आफुलाई खाना, भाडा र परिवार चलाउन सक्ने व्यवसाय अवस्य गर्नु पर्दछ । व्यवासय गर्दा सफल व्यवसाय बन्न हरपल, हरदिन, हर रात संकल्प गरौ र सफल व्यवसाय वा उद्योग धन्दा गरेर राजनीति गरेका व्यक्तिहरु पैसा कमाउने लेभल र खाने लेभल बाट माथि उठिसकेको हुन्छ । र पार्टीले लिएकाे भ्रष्टाचार विरुद्धको अभियानलाई भोलि सरकार चलाउँदा व्यावहारिक रुपमा सार्थक र अर्थपूर्ण तरिकाले उतार्न सक्दछ । नत्र केहि अर्थाेपार्जन नगरे भाेलि सरकार चलाउँदा व्यापक भ्रष्टाचार गर्नेछ । त्यसैले मत भन्छु राजनीति नगर्ने व्यक्तिले व्यावसाय वा उद्योग धन्दा गर्छ कि गर्दैन उसको वैयक्तिक विचार हो । तर राजनीति गर्ने व्यक्तिले अनिवार्य रुपमा व्यावसाय वा उद्योगधन्दा वा कलकारखाना चलाउनै पर्छ ।

ई) पब्लिसिटि (प्रचार प्रसार/ Publicity)
बाेल्नेकाे पिठाे बिक्छ नबाेल्नेकाे चामल पनि बिक्दैन भन्ने नेपाली उखान छ । बजारमा कुनै पनि सामानको बिक्रि वितरण बढाउनका लागि पब्लिसिटिको आवश्यक हुन्छ । कुनै पनि सामान उत्पादन गर्ने कम्पनीले प्रचार प्रसारका लागि धेरै आर्थिक खर्च र मानव शक्ति (Manpower) खर्च गरि राखेको हुन्छ । हिटलरको संचार मन्त्रि गोयवल्सले “झुटो कुरा सय चोटी दोहोर्या पछि साँचो लाग्न थाल्छ” भन्ने कथनलाई सिरोपरि ठान्दछ । यसको आसय हामीले पनि झुटो कुरालाई प्रोत्साहन गर्नु पर्छ भन्ने होइन । कोक, साबुन, बिस्किट आदि कम्पनिले आफ्नो होर्डिङबोर्ड गाउँ सहरको कुनाकाप्चामा हजारौ ठाउँमा राखि इलेक्ट्रोनिक मिडिया, छापा र टिभीमा विज्ञापन गरि उपभोक्तालाई सकरात्मक बनाई राखेको हुन्छ । उपभोक्ताहरुले पिइराखेकै छ । खाई राखेकै छ । प्रयोग गरि राखेकै छ । यसरी नै पार्टी नेता तथा कार्यकर्तालाई परिचालन गरि घरगाउँ, शहरबजार सबै क्षेत्रमा पार्टीको नीति, सिद्धान्त, विचार, दर्शन र जनमुक्ति विचारधारालाई प्रचार प्रचार गर्नुपर्दछ । नेता कार्यकर्ताले ईमानदार र जिम्मेवार बनि कुनै झुट प्रचारप्रसार नगरि वास्तविक पार्टीकाे लक्ष्य, नीति, सिद्धान्त, विचार, दर्शन र जनमुक्ति विचारधारा प्रचारप्रसार सँगसँगै पार्टीको संगठन विस्तार गरि पार्टीलाई महान र निर्णायक शक्ति बनाउन लागि पर्नु पदर्छ ।

उ) पेशेन्स (धैर्यता/ Patience)
साँच्चिकै दृढ विश्वास, ठिक संकल्प र समर्पित भइ सहि उद्देश्य लिएर पार्टीमा लाग्ने नेता वा कार्यकर्ता जस्तो सुकै समस्याको बावजुद पनि विचलन आउँदैन । उसले धैर्य भएर काम गरेकै हुन्छ । तसर्थ अबका दिनमा मोर्चा वा पार्टीका नेता तथा कार्यकर्ता पेशेन्स भएर लाग्नै पर्दछ । पार्टी वा मोर्चामा लाग्ने नेता कार्यकर्ताले क्षणिक अवसर र पदको लोभलालच गरि मोर्चामा लाग्ने व्यक्ति क्षणिक समयमै लोप हुने गर्दछ । पैसा, पद, पावरको पछि लाग्ने विद्यार्थी नेता तथा कार्यकर्ता मोर्चामा टिकेको अवस्था छैन । टिक्ने भन्दा पनि बिक्ने प्रवृतिले मोर्चा कमजोर भएको छ ।

२. बहुभाषिक शिक्षा नीतिलाई विश्वविद्यालय सम्म व्यवहारिक कार्यान्वयन
नेपाल सरकारले कक्षा नर्सरी वा १ दखि स्नातकोत्तर तहसम्म सबै जातिको मातृ भाषामा अध्ययन अध्यापन गर्ने व्यवस्था सरकारले अविलम्ब कदम चाल्नु पर्दछ । यसको लागि सरकारलाई दवाव दिन मोर्चाले विश्वविद्यालयमा पाठ्यक्रम तय गरि व्यापक दबाव सिर्जना गरिनु पर्दछ । नेपाल विद्यार्थी मोर्चाले मूल् पार्टीसँग समन्वय गरि प्रत्येक संघ, प्रदेश, पालिका र वडातहसम्म गएर मातृ भाषामा शिक्षा लागु गराउन दवाब सिर्जन गर्नु पर्ने छ । यसको लागि मोर्चा अघि बढ्ने छ ।

३. मोर्चा सुधारवादि कि परिवर्तनकारि
सुधारवादि(Reformist)हरुले समाज समयको अन्तरालमा अफै परिवर्तन हुदै जान्छ भन्छन् तर परिवर्तनकारी(Revolutionist)हरुले कुरो त्यसो होइन छोटो समयमै सामाजिक मानव जिवनमा शिघ्र आमुल परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरालाई प्राथामिकता दिने गर्दछ । अबका दिनमा नेपाल विद्यार्थी मोर्चाले सुधारवादि कि परिवर्तनकारि के बन्ने निक्र्योल गर्नु पर्दछ । अब ढुलमुले र ल्याङल्याङ फ्याङ फ्याङ गरेर केहि उपलब्ध हुने छैन ।

४. कार्यशैलि परिवर्तन
नेपाल विद्यार्थी मोर्चाको कार्यशैली परिवर्तन गरिनु पर्दछ । म यहाँ एउटा उदाहरण दिन चाहान्छु । काठमाडौंमा चल्ने साझा बसले केहि वर्ष अगाडि सबै जना चढ्थे । साझा बस संञ्चालकले राम्रो आम्दानी पनि गरे । साझा बसमा जो पनि चढ्दछ भन्ने गितले बेस्सरी गुञ्जन्थ्यो । पछि साझा बससँग टक्कर गर्नका लागि स्वयंभ्मु यातायात, ए रातामकै यातायत आदि आयो । साझा बसले मार्केट लिन सकेन । केहि वर्ष साझा बस हरायो । पछि साझा बसले आफ्नो कार्यशैली परिवर्त गरि आायो । साझा बसले बुढानिलकण्ठ देखि जावलाखेल सम्म रु २५ मा यातायत गर्न पाउँदछ । साझा बसमा चढ्दा बुढानिलकण्ठ देखि लगनखेलसम्म एउटै बसमा यात्रा गरेर पुग्न सकिन्छ । अन्य बसमा यात्रा गर्दा बुढानिलकण्ठ देखि जावलाखेल पुग्न बस फेर्नु पर्दछ । र दुई वटा बसमा चढ्नु पर्दछ । पैसा रु २५ को ठाउँमा रु ५० तिर्नुपर्दछ । आजभोलि साझा बसमा यात्रा गर्नका लागि यात्रुहरु आधि घण्टा देखि एक घण्टा प्रतिक्षा गर्दछ । यसको मुख्य कारण भन्नुनै साझा बसले आफ्नो कार्यशैलि र कार्यदिशा परिवर्तनले संभव भएको हो ।
अबका दिनमा मोर्चाले पनि आफ्नो कार्यशैली र कार्यदिशा परिवर्तन गर्नु पर्दछ । हाम्रो कार्यशैली र कायदिशा भन्नाले मोर्चाले आफ्नो इकाई समिति देखि केन्द्रीय समितिलाई चुस्त दुरुस्त राख्नु पर्दछ । कार्यदिशा भन्नाले मोर्चाले मातृ भाषामा अध्ययन अध्यापन र मातृ भाषालाई सरकारी कामकाजीको भाषामा कार्यान्वयन गर्नका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारलाई दवाव दिनु पर्दछ । मातृ भाषामा पर्याप्त बजेट विनियोजन गर्नका लागि सरकारलाई दवाव दिने । सरकारले प्रदान गर्ने छात्रावृत्तिलाई उत्पिडित, गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्नका लागि पहल गर्नु पर्दछ ।
जनताका दैनन्दिन जिवनमा भोगेको महङ्गी, भ्रष्टाचार, अनिमितता, बेथिति, अन्याय, अत्याचार, बलात्कार, हत्या जस्ता कार्यलाई निस्तेज वा कम गर्न सरकारसँग हातेमालो गरि लाग्नु पर्दछ ।

५. मानसिक र व्यावहारिक रुपमै समानुपातिक कि? कोरा कागज र मुखमा मात्र समानुपातिक?
झट्ट सुन्दा र हेर्दा समानुपातिक प्रतिनिधित्व व्यक्ति विशेषले जे जसरी बुझे पनि यो सिद्धान्तले कुनै पनि जाति, धर्म, भाषा, सँस्कार, लिङ्ग वा क्षेत्र विशेषलाई निषेध वा प्रतिशोध गर्ने कल्पना गर्दैन । हामीले कुनै पनि जाति, भाषा, धर्म, सँस्कार, लिङ्ग, क्षेत्र वा आर्थिक हैषियतलाई विरोध गर्न समानुपातिक पद्धतिले रोक लगाएको हुन्छ । कतिपय हाम्रा नेता तथा कार्यकर्ताहरु जातिय चिन्तनबाट माथि उठ्न नसेकेको अवस्था छ । हामीले समानुपातिक प्रतिनिधित्वलाई कागजमा मात्र उल्लेख गरेर हुँदैन । कुनै पनि संस्था वा व्यक्तिको आनुहार भन्दा व्यवहारलाई प्राथामिकता दिने गर्दछ । हामीले इकाई समिति देखि केन्द्रीय तहसम्म समानुपातिक प्रतिनिधित्व लागु गर्नु पर्दछ । जातीय समानुपातिक लागु गर्दा ताप्लेजुङ्गमा थारु नहोला, कैलालीमा लिम्बु नहोला तर केन्द्रीय तहमा अनिवार्य सबै जातिको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लागु गरिनु पर्दछ । बरु समिति गठन गर्दा तत्कालै सबै जाति उपस्थित नभए पनि जुन जाति उपस्थिति छैन सो जाति वा समुदायको ठाउँमा अन्य जातिय समुदाय गएर बस्न नपाउने र सो सम्बन्धित जाति नआएसम्म सो ठाउँ खाली नै गर्नुपर्दछ । आदिवासि जनजाति, खस आर्य, मधेसी, दलित, मुस्लिम, महिला क्लष्टर र १२५ जातीलाईनै केन्द्रीय तहमा प्रतिनिधित्व गराउन पहलकदमी लिनु पर्दछ ।

५. इमोसनल कि डिभोसनल
उत्पिडित नेपाली समाजका मानिसहरु वर्तमान अवस्था सम्म आउँदा व्यक्तिगत चेतना, पारिवारिक चेतनाबाट पार गर्दै सामाजिक चेतनामा प्रवेश गरेको छ । उधौली उभौली मा राइ लिम्बुले आफ्नो समुदायिक ड्रेस लगाउनु, त्यसैगरि ल्होसार, माघी पर्वमा गूरुङ, मगर, तामाङ आदि जातिले आ– आफ्नो जातिय पहिरन लगाउनुले यो समुदाय सामाजिक वा जातिय चिन्तनमा छन् । यि जाति लगायत अन्य उत्पिडित जातिहरु राजनीतिक चिन्तनमा बामे सरेकोले सत्तासिन समुदायले तत्कालै मोर्चा लगायत पार्टीलाई विश्वास नगर्नु र उत्पिडित जातिहरु पार्टी प्रवेश गरेता पनि भावनामा बग्ने तर समर्पित भएर नलाग्ने भएका कारणले गर्दा पार्टी वृहत र निर्णायक शक्ति बन्न सकिराखेको छैन । पार्टीको नीति विचार, दर्शनलाई गहिरो अध्ययन नगरि भावनात्मक रुपमा पार्टीम प्रवेश गर्ने परम्पराले गर्दा टिक्ने कार्यकर्ता भन्दा विक्ने कार्यकर्ता बढि भएकोले व्यक्तिगत स्वार्थले पार्टी तथा मोर्चा परित्याग गर्ने परम्परा छ । अब यसको अन्त्य गर्नुपर्दछ । हामी जति लागेका छौं सबैले पार्टीको बिचारधारालाई गहिरो चिन्तन मनन गरि आत्मसात गर्नु पर्दछ ।

ग) पार्टीलाई माेर्चाकाे सुझावहरू;

१. जातिय संघ संगठन(महासंघ)
पार्टीले आफ्नै पार्टीको जातिय समुदायलाई माात्र मध्यनजर नगरि विशुद्ध जातिय समुदायलाई ध्यान दिनु पर्ने देखिन्छ । विशुद्ध जातिय समुदायमा विभिन्न पार्टीका क्याडरहरु बिच बैचारिक बहस गर्ने थलो भएकोले जनमुक्तिले जातिय संगठनहरुको समितिमा निर्णायक नेतृत्व लिनुपर्ने देखिन्छ ।

२. धर्म महासंघ
नेपाल धर्म निरपेक्ष मुलुक भएकोले धार्मिक सद्भाव कायम गर्न धार्मिक समुह गठन गर्न पार्टीले खुल्ला गरिनु पर्दछ ।धर्म मान्न वा नमान्नु व्यक्तिको स्वईच्छि बिचार हाे । तर धर्म मानिरहेकाहरूलाई धार्मिक सहिष्णुता कायम गर्न नेपालमा रहेका धार्मिक समुह जस्तै; नेपाल राष्ट्रिय हिन्दुधर्म महासंघ, नेपाल राष्ट्रिय बुद्धधर्म महासंघ, नेपाल राष्ट्रिय किराँत धर्म महासंघ, नेपाल राष्ट्रिय क्रिश्चियनधर्म महासंघ, , नेपाल राष्ट्रिय मुस्लिमधर्म महासंघ स्थापनाका लागि वैधानिक रुपमै गठन गर्ने बाटो खुल्ला गरिनु पर्दछ ।

३. अर्थिक विभाग
कुनै पनि संघ वा संस्थाको चौतर्फी विकासको लागि अर्थ मेरुदण्डको रुपमा रहेको हुन्छ । हालसम्म हाम्रो पार्टीका व्यक्तिहरुको एउटा पनि भरपर्दो फाइनान्सल संस्था वा बैंक नरहेकोले अबका दिनमा पार्टीले आर्थोपार्जन गर्ने फाइनान्सिल संस्था वा बैंकको स्थापना गरि पर्यटन, जडिबुट, औषधि उत्पादन, जलविद्युत उत्पादन, कृषि, मिडिया(टिभी, एफएम रेडियो, अनलाईन मिडिया, पत्रपत्रिका), म्यान्युफ्याक्चिरिङमा, फार्मास्युटिकल्स, माछा पालन, पशुपंक्षी पालन, होटल व्यवसाय, यातायात साधनमा, विद्यालय र विश्वविद्यालय स्थापनामा, हस्पिटल, मल फ्याक्ट्री, कपडा फ्यषक्ट्री, सुपर मार्केट, हाइपर मार्केटमा लगानि गर्नु पर्दछ । यस्ता संस्थाहरुले पार्टीलाई आवश्यक पर्ने बेलामा आर्थिक सहयोग पनि प्रदान गर्दछ । योग्य र सक्षम कार्यकर्तालाई रोजगारको ढोका पनि खुल्दछ । र समग्रमा यी संस्थाहरुले देश विकासको बाटो खोल्दछ । वास्तवमा हामी राजनीतिज्ञहरुले चाहेको पनि देश विकासनै हो । अन्तमा देश विकास गरेर जनतालाई समृद्ध, सुख शान्ति र अमनचयन दिलाउनका लागि नै हामीले राजनीति गरेका हौं । भने किन ढिला र।

४. शिक्षा विभाग
पर्टीले शैक्षिक गुणस्तर र वेरोजगार व्यवस्थापन गर्नका लागि स्कुल कलेज, विश्वविद्यालय स्थापनामा ध्यान दिनुपर्दछ । नेपालको शिक्षा प्रणालीलाई देशको माटो हावा, पानी र भूगोल सँस्कार सँस्कृति र इतिहासलाई मध्यनजगर गरि देश भित्र रहेको विभिन्न समुदायको ज्ञान, सिप, कला लाई प्रवद्र्धन गरिनु पर्दछ र यसको लागि पाठ्यक्रम तय गरिनु पर्दछ । र वर्तमान विश्व बजारको माग अनुुसारको प्रतिस्पर्धा गर्न सक्ने शिक्षा पद्धती नेपालमा लागु गर्न पर्दछ । यसको पार्टीले प्रज्ञिक समिति बनाएर यस क्षेत्रमा हात हाल्नका लागि पार्टी नेता, कार्यकर्ता र शुभचिन्तकहरु अघि बढ्नु पर्दछ ।

५. भाषा तथा लिपि विभाग
बहुभाषिक शिक्षा नीतिलाई विश्वविद्यालय तहसम्म कार्यान्वयन गर्नका लागि पार्टीले मातृ भाषा विभाग गठन गरिनु पर्दछ । मातृ भाषा विभागले मातृभाषामा अध्ययन अध्यापन, , साहित्य विकास, लिपी विकासका लागि प्रमुख भुमिका निर्वाह गर्नु पर्दछ । लिपि भएको समुदायलाई फनटाइजेसन, जीबोर्डमा विकास गर्न र अझ लिपीलाई विकास, समृद्ध परिस्कृत गर्न पार्याप्त बजेट विनियोजन गरिनु पर्दछ । र लिपी नभएका मातृ भाषाका समुदायलाई सरकारले आवश्यक बजेट विनियोजन गरि लिपि खोज अनुसन्धान तथा नयाँ लिपि विकास गरि दिनु पर्दछ ।

६. बहुसाँस्कृतिक विभाग
नेपाल बहुसाँस्कृत राज्य भएकोले सबै जातीय समुदायको सँस्कार सँस्कृतिलाई मिहिन र गहिराे ढंगले अध्ययन अनुसन्धान गरि दस्ताबेजिकरण र डकुमेन्ट्रीकरण गरिनुपर्दछ । विभिन्न समुदायका आजापुजा, नाचगान, पहिरन, खानपिन, चालचलन, बिहेवारि, जन्ममृत्यु, जिवनपद्धति, अाैषधिउपचार, सँस्कार सँस्कृतिलाई भिजुअलाईज गरि डकुमेन्ट्री गरिनु पर्दछ । यसरि सँस्कार संस्कृतिलाई दस्तावेजिकरण गर्न र डकुमेन्ट्रीकरण गर्नकाे लागि सरकारले पर्याप्त बजेट बिनियाेजन गरि प्रत्येक समुदायकाे दैनिक, पाक्षिक, मासिक, वार्षिक दिन चर्या आजापुजा, चाडबाड आदि सबैकाे डकुमेन्ट्रीकरण गरिनु पर्दछ ।


७. किरात विश्वविद्यालय
किरात नेपालकाे प्राङ्गारिक धर्म हाे । किरात धर्मकाे धर्मशास्त्र मुन्धुम अध्ययन अध्यापन गराउन किरात विश्वविद्यालय स्थापना गरिनु पर्दछ ।


८. बाैद्ध तथा हिन्दु विश्वविद्यालय
बाैद्ध र हिन्दु धर्मका धर्मशास्त्र अध्ययन अनुसन्धानको लागि बाैद्ध र हिन्दु विश्वविद्यालय स्थापना गरिनु पर्दछ ।


९.नैतिक र अनुशासन विभाग
अब पार्टीका नेता, कार्यकर्ताले सुरूमा आफैबाट नैतिकवान बन्न नैतिक शिक्षालाई अन्तरआत्मबाटै ग्रहण गर्नुपर्दछ । अनि यसरी क्रमिक रूपमा मातहतका समिति, देशका जनता, समाज, परिवार र व्यक्ति व्यक्तिलाई नैतिकवान, समाजसेवी, जिम्मेवार, कर्तव्यनिष्ठ र ईमानदार बन्न प्राेत्साहन गरिनु पर्दछ । बल्ल सम्पूर्ण जनता, नेता, कार्यकर्ता देशभक्ति, समाजभक्ति र परिवार भक्ति हुनेछ । र देशमा विश्वासकाे वातावरण र शान्ति अमनचयन हुनेछ ।


घ) अन्तमा

आदरणिय मित्रहरु,
बहुराष्ट्रिय लोकतान्त्रिक समाजवादको महान लक्ष्य प्राप्तिका लागि हामी यस महान गौरवशाली संगठनमा संगठित भएका छौं । हामीले कुनै पनि जातिय समुदायलाई निषेध तथा प्रतिशोधको भावना राख्दैनौं । वास्तवमा कुनै जातीय समुदाय माथि निषेध र प्रतिशोध राख्ने व्यक्ति जनमुक्ति हुनै सक्दैन अर्थात् जनमुक्तिमा लाग्ने कुनै व्यक्तिले कुनै जातीय समुदाय माथि बैरभाव, निषेध र प्रतिशोध राख्ने कल्पना नै गर्न सक्दैन । यसले सबै जातिय समुदायको राजनीतिक, भाषिक, धार्मिक, साँस्कृतिक, आर्थिक र सत्ताको प्रत्याभुति गर्ने अनुपम सिद्धान्त बोकेको संस्था भएकोले हामीले महान सोंच लिनु पर्दछ । तसर्थ अन्जानबश वा भुलवश कसैले कुनै पनि जातिय समुदायलाई हेय र विरोधको दृष्टिकोणले हेरेको छ भने नहेरौं । किनकी हामी जातीय समानुपातिक प्रतिनिधित्वका पक्षधर हौं । समानुपातिक प्रतिनिधित्वले सबैको सहअस्तित्वलाई कायम गर्दछ । हामीले सबै जातिय समुदायसंग सद्भाव कायम गर्दै देशमा समतामुलक समाज निमार्ण गर्न कठिबद्ध बनौं । जिम्मेवार बनौ । धन्यवाद । जनमुक्ति पार्टी -जिन्दावाद ! जनमुक्ति विचारधारा
-जिन्दावाद! बहुजातीय लाेकतान्त्रिक समाजवाद-जिन्दावाद! नेपाल विद्यार्थी मोर्चा -जिन्दावाद !

3 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %