धर्मको बारेमा

Read Time:50 Minute, 40 Second

भुवन गैह्रे

संसारभरका मानिसहरुले कुनै न कुनै धर्म मान्दछन्। नास्तिकहरुको संख्या न्युन छ । नास्तिकहरु
मध्ये कोहि अविकसित समाजका मान्छेहरु हुन् भने कोहि विज्ञानमा विश्वास गर्ने भौतिकवादी
मान्छेहरु हुन् । कम्युनिष्ट विचार बोकेका केहिले धर्मलाई समाजिक शोषणको कारण मानेका
हुन्छन्। कतिपय मानिसहरुले विकसित समाजको विकृत रुपबाट दिक्क भएर धर्म त्याग गरेका
हुन्छन् , तिनिहरु कम्युनिष्ट विचारबाट लैस भने होइनन् । केहिले जानिबुझिकन धर्म परिवर्तन
गरेका हुन्छन् । ठुलो संख्यामा गरिब, पिछडिएको, आदिवासी समाजका मानिसहरुले आर्थिक
प्रलोभनमा परेर धर्म परिवर्तन गरेका हुन्छन्। धर्मको विकास कसरी भयो ? के धर्मले समाजिक
स्थिती कायम गर्छ ? के धर्मले मानिसहरुलाई विभक्त गर्छ ? के धर्म शोषणको औजारको हो ?
किन मानिसहरु धर्म मान्दछन्? धर्म र राजनितिको सम्बन्ध के हो ? धर्मलाई ठिक ढंगले कसरी
बुझ्ने ? यस लेखमा यिनै सवालहरुमा छोटो चर्चा गरिनेछ ।
आदिम धर्मको बारेमा फ्रान्सेली चिन्तक ईमाइल दुर्खाइमले लेखेका छन् । कम विकसित
समाजमा मानिसहरुले कुनै जनावर वा विरुवालाई प्रतीककोरुपमा पुजा गर्दथे । प्रतीकवाद
(totemism) नै धर्मको शुरुवाती चरण थियो । यस्ता समुहहरु अलग भए पछि अर्को प्रतीकको
शुरुवात हुन्थ्यो । प्रतीकको आधारमा यस्ता समुहहरु अलग अलग थिए भनेर अनुमान गर्न
सकिन्छ । गोत्रको अवधारणा, बिहेवारीको समुहहरु निर्धारण, राजनितिको शुरुवात, सामाजिक
विभाजन र युद्ध, बसाँइसराँइ गर्ने चलन प्रतीकवादसँग जोडिएको हुन्थ्यो । एउटै गोत्रका
मानिसहरु नजिक नजिक बसोबास गर्दथे । गोत्रको ज्येष्ठ नागरिकले नेतृत्वको भुमिका निर्वाह
गर्दथ्यो । प्रतीकको अलावा आदिवासीहरुले पहाड, नदी, समुन्द्र, ताल, पोखरी, आकाश, पृथ्वी,
आगो, जंगल, आदीलाई पुजा गर्दथे । यि वस्तुहरुमा उनिहरुले अदृश्य शक्ति रहेको र त्यसैले
संसारको नियन्त्रण गर्दछ भन्ने सोच्दथे । हावाहुरी, चट्यांग, पहिरो, बाढी, खडेरी, रोग, महामारी,
बर्षा, सामुन्द्रिक छाल आदी सबैबाट भयमुक्त हुन गरिने संस्कारहरु नै कालान्तरमा धर्मकोरुपमा
विकास भए । आज संसारमा मानिने धेरैजसो धर्महरु ब्यक्तिको महिमागान वा ब्यक्तिको पुजा हो
। धार्मिक हिसाबले मानिस प्रकृतिबाट टाढा भएको छ । कसैले बोलेका वा लेखेका कुराहरु नै
अकाट्य सत्य ठानेको छ ।

ब्यवस्थित समाज बन्नु अगाडि र कृषि समाजको विकाससँगै विभिन्न धर्महरुको विकास भयो ।
आदिम समाजको धर्म र विकसित समाजको धर्ममा धेरै अन्तर छ । प्रकृतिपुजक समाज विस्तारै
ब्यक्तिपुजक समाजमा जान्छ भनेर एल.एच मोर्गन र ई.बि. टेलरले भनेका छन् । धर्म किन
उत्पती उत्पति भयो भन्नेमा केहि मान्यताहरु छन्।
 समाजको बेथितीहरुलाई नियन्त्रण गर्नकोलागी
 बिहेवारीलाई ब्यवस्थित गर्नकोलागी
 समाजको श्रमजीवी वर्गलाई शोषण गर्नकोलागी
 शासन गर्ने वैधानिकता रच्नकोलागी
 आदर्शवादी समाज निर्माण गर्नकोलागी
 प्राकृतिक प्रकोपको संकट टार्नकोलागी


हिन्दु धर्म
पाँच हजार बर्ष जतिको अभ्यास पछि हिन्दु धर्म आजको अवस्थामा आइपुग्यो । यसमा प्रकृति
पुजनका धेरै अवशेषहरु छन् । यसको मुख्य प्रवर्तक वा मुल पुरुष को थिए भन्ने स्पष्ट छैन र
कथामा आउने पात्रहरु फरक फरक समयका फरक फरक स्थानका फरक फरक समुदायका हुन्
। यो लामो समयसम्म श्रुती परम्परामा आधारित चलनहरुमा आधारित थियो । वेद, उपवेद,
उपनिषद्, पुराण, कथाहरुको रचना धेरैजनाको योगदानबाट संभव भयो । त्यसैले यो कुनै
एकजना महामानव, धर्मगुरु वा प्रवर्तक आदीबाट श्रृजित धर्म होइन । यसलाई सनातन धर्म पनि
भन्ने गरेको पाइन्छ । खसान क्षेत्रका खसहरु, दक्षिण भारतका आदिवासीहरु वा द्रविणहरु,
नेपालका मंगोल समुदायहरु, ईरान, अफगानिस्तान र पाकिस्तानबाट भारत आएका आर्यहरु यो
धर्ममा अनुबन्धित भए । भारतिय भूमीमा आर्यहरुको प्रवेश हुँदा स्थानिय समाज ब्यवस्थित
भैसकेको थियो । त्यतिबेला स्थानियहरुलेजटिल सामाजिक संस्कारहरु शुरु गरेका थिएनन्, जुन
कुरा उनिहरुले आप्रवासीबाट सिके । हिन्दुहरुका धेरै चलनहरु भारतिय भूमीमा नै विकास भएका
हुन्। धेरै पहिलेका आर्यहरुले गाइको मासु खान्थे तर पछि गएर यसलाई अपराध भनेर ब्याख्या
गर्न थालियो । आर्यहरु अग्नीपुजक थिए । अण्डकोष काटेर सुर्यलाई चढाउने जस्ता जटिल
संस्कारहरु थिए । कठोर जीवन जिउने, ब्रम्हचर्यामा बस्ने, शरिर वा ईन्द्रियहरुमाथि नियन्त्रण गर्ने,
तपस्या गर्ने, ज्ञान भनेकै संज्ञानात्मक पक्ष (cognative aspect) भन्ने उनिहरुको मान्यता थियो

। ब्यवहारिक ज्ञानमा आर्यहरुभन्दा आदीवासी समाज अगाडि पुगिसकेको थियो । भारतिय
मैदानमा स्थायी बसोबास शुरु गर्नुपूर्व उनिहरु घुमक्कड, शिकारी, पशुपालक, लडाकु स्वभावका
झुण्डहरुमा बस्दथे । कथाहरुमा वर्णन भए अनुसार कैयौं पटक असुरहरु वा स्थानिय समाजसँग
आर्यहरुको युद्ध भएको थियो । भारतमा खुब चर्चा हुने शाकाहारी भोजनको चलन भने धेरै पछि
विकास भएको हो । जंगली जीवन जीउने, शिकार गर्ने, पशुपालन गर्ने समाज शाकाहारी थिएन ।
हिन्दु धर्म धेरै उदार खालको धर्म पनि हो । यसले धेरै सम्प्रदायहरुलाई समेटेको छ । विभिन्न
सम्प्रदायका मानिसहरुले छुट्टाछुट्टै ब्यक्तिहरुलाई आदर्श पुरुष माने पनि सयौंको संख्यामा
उल्लेख गरिएका आदिम महिला र पुरुषहरुलाई पुजा गर्दछन् । मुलतः प्रकृतिको पुजाबाट शुरु
भएको यस धर्मले मातृसत्ताको वकालत गर्ने चरणबाट विस्तारै राजकाजमा संलग्न ब्यक्तिहरुलाई
भगवान भन्न थाल्यो । कुनै समयमा दास प्रथा, सती प्रथा, बालबिवाह, बहुबिवाह, विधवा
बिवाहमा प्रतिबन्ध, छाउपडी प्रथा, देवकी प्रथा, डोला प्रथा जस्ता कुराहरुले यो धर्म बदनाम
थियो । पारापाचुके गर्नु महापाप हो, पारिवारिक हिंसा सहेर पनि बस्नु पर्छ , यौन सन्तुष्टी नभए
पनि श्रीमानको बारेमा बोल्नु हुँदैन, सात जुनीसम्म कसैको हुनुपर्दछ जस्ता कुराहरु आज आएर
गलत सावित भए । आजको दिनमा यो पुरुष सत्ताको हिमायती हो । वर्ण ब्यवस्थालाई ठिक भन्छ
। उँचनीचलाई संरक्षण गर्दछ । ब्यक्तिको पुजा र मुर्ति पुजामा मुक्ति देख्छ । यसको निश्चित
दर्शन छैन । यसले धेरै दर्शनहरुलाई अँगालेको छ । यो संसारको पुरानो लिखित् दर्शनमा
आधारित छ । कथा, ग्रन्थ, वेद, उपनिषद्,पुराण, आदिको जसले रचना गरे, तिनै मानिसहरुका
दर्शन र वाणीहरु त्यसमा लेखिए । परासर ऋषि, ब्यास र सुकदेव मुनी एकै घरका मान्छेहरु हुन्
। त्यसबेला लेखनको शुरुवात भैसकेको थियो । राजा मनुले केहि नियमहरु लेख्न लगाए । राजा
स्वयंले ज्ञानको निर्माण गरेका होइनन् । धर्मको वकालत गर्ने मान्छेहरु दरबारिया बन्थे ।
पुराणहरुको रचना धेरै पछि भयो । यसले ब्रम्हालाई सृष्टिकर्ता मान्दछ तर उनको मुर्ति बनाएर
पुजा गर्दैन । यो रंग विशेष र जात विशेषको धर्म होईन । विभिन्न राजाहरुको आग्रहमा हिन्दु
ग्रन्थहरु तयार गरिए । औषधीविज्ञान, युद्धकला, अर्थतन्त्र, खगोलविज्ञान आदिको बारेमा खोजी
भएका कुराहरुलाई लिपिबद्ध गरिएको थियो । ति ज्ञानहरुले वैज्ञानिक अध्यनको बाटो समाउन
सकेनन् । समाजको ठुलो तप्कालाई ज्ञानको खोजी र भण्डारण गर्ने कार्यबाट पर पुर्याइयो ।
भारतिय शासकहरु ढोंगी र एैयासी थिए । नविन खोजलाई पश्रय दिने र ज्ञानलाई बाँड्ने कुरामा
भन्दा अमूर्त कुराहरु, कथा, किस्सा, दर्शन आदीको चंगुलमा यो धर्म फस्दै गयो । उद्यमी बन,
नाफा कमाऊ, समयको बचत गर, तार्किक निर्णय गर भनेर सिकाउनुको सट्टा कर्म गर,

फलको आश नगर, भौतिक शरिर त्याज्य छ, परम आनन्द भनेको ईश्वरमा लीन हुनु हो, तपस्या
गर, जप गर, अन्नको हवन गर, पूर्वजन्मको भोग अहिले खाँदै छौ, अब अर्को जन्मकोलागी केहि
गर, विनाकारण दान गर, सम्पतिको सञ्चय नगर यस्ता धेरै नराम्रा कुराहरु यसले सिकायो ।
भारतिय समाजमा पँुजिवादको विकास नहुनु र लामो समयसम्म स्थिर समाज हुनुको कारणहरु
यिनै थिए ।


क्रिश्चियन धर्म
अब्राहम जन्मेको छसय बर्ष पछि जिससको जन्म भयो । उनले कबिला समुदायको प्रतिनिधित्व
गर्दथे । त्यस बेलाको समाज दास युगमा थियो । दुःखी गरिबहरुको मुक्तिकोलागी जिससले केहि
नयाँ तर्कहरु अगाडि सारे । यहुदीहरुले गरेको अमानविय सजायले उनलाई धेरै लोकप्रिय बनायो ।
उनको निर्मम् हत्या गरिएको थियो । त्यसपछि उनका अनुयायीहरुले ति विचारहरुलाई धर्म
उपदेश मानेर तीव्रताकासाथ प्रचार गरे । संसारका अन्य धर्महरुभन्दा क्रिश्चियन धर्म ब्यवहारिक
छ । स्वर्ग र नर्कको तर्क यसले पनि गर्छ । यसले दैनिक जीवनमा आइपर्ने समस्याहरुको बारेमा
बोलेको छ । अझैप्रोटेस्टेन्टहरुले अगाडि सारेको मान्यता ठिक छ । समयको ख्याल गर, उद्यमी
बन, नाफा कमाऊ, कमाईको दश प्रतिशत भाग गरिबहरुको सेवामा खर्च गर, प्रेम नै संसारको
अपरिहार्य वस्तुहो, हरेक चीजलाई प्रेम गर्न सिक, जातभात वा उँचनीच नमान, पुनःबिवाह पाप
होईन, विधवाले पनि बिवाह गर्न सक्छिन् , अरुको ब्यक्तिगत जीवनको बारेमा अवरोध नगर,
तर्कको खोजी गर जस्ता राम्रा कुराहरु छन् । बाइबलमा धेरै मनगढन्ते कथाहरु छन् । येशुले
रोगीलाई छोएर निको पारिदिनु भयो, जोडसँग आइरहेको आँधी एक्कासी रोकियो, मरेको मान्छे
बौरियो जस्ता कुराहरु विकसित र सभ्य समाजमा प्रचार हुन्छ । यो धर्म अति ब्यक्तिकेन्द्रित
धारणामा आधारित छ । समाजका तमाम समस्याहरुको समाधान गर्न ईश्वरको अवतार लिएर
कोहि महामानव आँउछ र उसैले सबैलाई मुक्ति दिन्छ भनेर विस्वास गर्छ । युरोपको कालो युग
(dark age of Europe) भनेर पाँचौं शताब्दीदेखि सत्रौं शताब्दिसम्म क्रिश्चियन पादरीहरुले
गरेका बाह्रसय बर्षको अत्याचारलाई बुझाउँछ । त्यसबेला धार्मिक अन्धता बढेर गयो । युरोपका
गल्लीहरुमा स्वर्ग जाने टिकट दिने पादरीहरु हुन्थे । पादरीहरुले राजाको राज्याभिषेकमा समेत
हस्तक्षेप गर्दथे । सरकारको अधिकारलाई चर्चले खुम्च्याउन सक्दथ्यो । लाखौं एकड जमिन
चर्चको सम्पति हुन्थ्यो । गरिबहरु चर्चको जग्गामा खेती गर्दथे । कूतको दर धेरै हुन्थ्यो । उनिहरु
भोकमरीले मर्दथे । बेलाबेलामा देखा पर्ने महामारीले त्यहाँको जीवन कहालीलाग्दो थियो ।

वैज्ञानिक खोजलाई निस्तेज पारिएको थियो । मानिसहरुलाई तर्क गर्न दिइएको थिएन । राजतन्त्र,
दासप्रथा, महिलाहरुमाथिको शोषण युरोपको विशेषता थियो । उनिहरुसँग एउटै हतियार थियो ,
त्यो हो स्वर्गको आश र नर्कको त्रास ।
ब्यापार र उपनिवेशसँगै क्रिश्चियन धर्मले संसारभर फैलिने मौका पायो । मिसनरीहरु
आदीवासीहरुको बस्तिमा ज्वरोको औषधी र बाइबल सँगसँगै लिएर गए । मानिसहरुलाई विश्वास
दिलाउन यसरी सजिलो हुन्थ्यो । स्कुल खोल्नेदेखि अन्य विकासको काममा हात हालेर धर्मको
प्रचारलाई ढाकछोप गरे । यसले धर्मको अवधारणा न्युन भएका उपनिवेशका मान्छेहरुलाई
आफ्ना विचारहरु अन्धाधुन्द नक्कल गर्न सिकायो । पैसाको चलन नै नभएका समाजमा पुगेर
यसले नाफाखोरी र बेइमानी गर्न सिकायो । अमेरिका, अष्ट्रेलिया, अफ्रिका र दछिण अमेरिकामा
यसले तीन सय बर्ष यता साम्राज्य विस्तार गर्यो ।


बौद्ध धर्म
हिन्दु समाजमा देखिएको आतंक वा हिंसालाई फरक विचारले ब्याख्या गर्नकोलागी बौद्ध धर्म
जन्म्यो । महाभारतको नरसंहार, उत्तर भारतमा फैलिएको महामारी, भोकमरी, लुटपाट, शोषणले
त्यतिबेलाको समाज आजित बनेको थियो । बौद्ध धर्मको प्रचारप्रसार भएको समयताका
हिन्दुग्रन्थहरुको पनि लेखन जोडतोडले भइरहेको हुनाले बौद्ध धर्मलाई भगवानको नवौं अवतार
भनेर हिन्दुवादले यसलाई आफुमा समाहित गराउन खोज्यो । यसले हिन्दु धर्मको मान्यताहरुमा
केहि कुराहरु थप गरेको, त्यससँग प्रतिस्पर्धा नगरेको, धेरै बौद्धमार्गीहरुले हिन्दु दर्शनलाई पनि
आत्मसात गरेको, बौद्धमार्गी राजाहरु पहिले हिन्दु भएको कारणहरुले गर्दा हिन्दु समाजभित्रै यो
धर्म विस्तारै झाँगिएको थियो । भारतिय राजा अशोक र तिब्बती राजा स्रड.चड. गम्पोको
पालामा यसको प्रचार तीव्र भएको थियो । हिन्दु सन्त शंकराचार्यको नेपाल आगमनले बौद्ध
धर्मको विस्तारमा शिथिलता आयो । श्रीलंका, थाईल्याण्ड, तिब्बत, कोरिया र जापानसम्म बौद्ध
धर्म प्रचारप्रसार हँुदा नेपालमा भने यसले शासकहरुको मन जित्न सकेन । यो धर्मलाई राज्यबाट
सहयोग भएन । लामा सम्प्रदायले बौद्ध धर्मको शुरुवाती मान्यतालाई धेरै पर पुर्याए ।
कालान्तरमा यसले ब्यक्ति पुजा र पटकपटकको अवतारहरुको कुरा गर्न थाल्यो । तिब्बतमा
दलाई लामाहरुले यसलाई शासन गर्ने औजारकोरुपमा प्रयोग गरे । गुम्बाहरुले कूत असुली
गर्दथ्यो र नविन खोजको कुरा सिकाउँदैनथ्यो । हिंसा नगर्नू भन्ने यसको मुल नारा भए पनि
तिब्बती पशुपालक समुदायमा मांसभोजन अनिवार्य जस्तै थियो । गृहस्थिमा रहनेहरुले धर्मको

पूर्ण पालना गर्न नसक्ने र जीवनभर भिक्षु बन्न कठिन भएकोले यस धर्ममा विरोधाभास पैदा
हुन्छ । थाईल्याण्डमा काम गर्ने उमेरका युवायुवतीहरुको ठुलो संख्या भिक्षु बनेको र यसले
देशलाई नोक्सानीतर्फ लगेको खबर छ । कुनैबेला अफगानिस्तानमा बौद्ध धर्म फैलिएको थियो ।
मुश्लिमहरुको आक्रमणले यहाँबाट बौद्धमार्गीहरु लखेटिए । भारतका कैयौं बिहारहरु मुसलमान
शासकहरुले तोडफोड गराए ।


मुश्लिम धर्म
सातौं शताब्दीको तेश्रो दशकमा अरबी कबिला समुदायबाट एकजना दार्शनिक समाजको ब्याख्या
गर्न सफल भए । उनि पढेलेखेका सम्भ्रान्त परिवारका मानिस थिएनन् । आधा जीवन
बिताइसकेका उनले आफुलाई ईश्वरिय ज्ञान मिलेको र आफु अगमवक्ता भएको घोषणा गरे ।
शुरुवाती दिनहरुमा उनलाई आफ्नै समुदायको विश्वास जित्न कठिन भयो । यसै बिषयलाई
लिएर मक्का र मदिनाको बिचमा युद्ध पनि भयो । उनले आफ्ना अनुयायीहरु बढाउँदै लगे । पछि
दुई राज्यहरुको झगडा सुलह भयो । उनको विचार प्रतिपादन हुँदा त्यस ठाउँका मान्छेहरु
क्रिश्चियन बनिसकेका थिए । केहि समय उनलाई क्रिश्चियन परिवारले आश्रय दिएर राखेको
थियो । उनले धनी ब्यापारीकी विधवालाई बिहे गरेका थिए । अबु बकर उनका खास सहयोगी
थिए । अली भन्ने मोहम्मदको ज्वाँई थिए र चौंथो उत्तराधिकारी बनेका थिए । मोहम्मदको खास
उत्तराधिकारी को हो भन्ने बिषयमा काटमार चल्यो । अली भन्दा अगाडिका दुई जना नेताहरुको
हत्या गरियो, अलीको पनि हत्या भयो र पछि उनको छोरा हुसेन पनि ईराकमा मारिए । हुसेनले
सानो दस्ताको सहयोगमा वीरतापूर्वक लडे । उनको टाउको काटियो र खालिफाको सामुन्ने पेश
गरियो । सुन्नी समुदायहरु बहुसंख्यक छन् र मोहम्मदको खास अनुयायी मानिन्छन् । अलीका
समर्थकहरु सिया हुन्र अल्पसंख्यक छन्।
अरबको कबिला समुदायहरुमा नेतृत्वको होडबाजी चल्दथ्यो । लुटपाट र काटमार नियति नै
बनेको थियो । यहाँ एकल दर्शनको आवस्यकता थियो । सबै मुसलमानहरु दाजुभाइहरु
(brotherhood) हुन्भन्ने मान्यताले नै उनिहरुलाई छोटो समयमा संगठित हुन सहयोग गर्यो
। सय बर्षको अवधिमा मुसलमानहरुले स्पेनसम्म धावा बोलेका थिए । उनिहरु पटक पटक
भारतमा आएर लुटपाट गरेर फर्कन्थे । आक्रामक घोडचढीको दस्ता तरबार बोकेर बस्तीमा
कुद्थ्यो । भुरे राजाहरुलाई हायलकायल पाथ्र्यो र फर्कथ्यो । कुनैबेला पाकिस्तान र अफगानिस्तान

हन्दुहरुको केन्द्र थियो । दशौं शताब्दीबाट मुसलमानहरुको आक्रमण भारतले भोग्न शुरु गर्यो ।
सोह्रौं शताब्दीको दोश्रो दशकमा बाबर भन्ने शक्तिशाली राजाले अर्को मुश्लिम राजालाई हराएर
दिल्लिमा शासन गरे । यिनलाई मुगल राजाहरु भनिन्छ । यिनिहरुले दुई सय बर्ष शासन गरे ।
बाबरको नाती अकबरले आधा शताब्दी शासन गरेका थिए । एकजना हिन्दु महिला बिहे गरेका
थिए । उनको दरबारको मुख्य मान्छे बीरबल नामको हिन्दु थियो । राजा औरान्जेब उग्र
स्वभावको थियो । पछि यिनिहरु छिन्नभिन्न भए । गोराहरुको कोपभाजनमा परे । उत्तर भारतमा
ठुलो मुश्लिम राज्य खडा भएको थियो । हालको बंगलादेश र पश्चिम बंगालमा धेरै हिन्दुहरुलाई
तरबार देखाएर धर्म परिवर्तन गराइएको थियो । हिन्दु राजा गणेशदत्तको छोरा नै नसरुद्दिन
नामको मुसलमान बनेको थियो । हैदरावादमा निजामहरु उपनिवेशकालमा पनि शासन गर्दथे ।
गोराहरुले उनिहरुलाई कब्जा गरेका थिएनन् । निराकार ईश्वर, एकल ईश्वर, मुर्ति पुजा नगर्ने,
हिन्दुहरुको विपरित चलनहरु अपनाउने, धार्मिक कट्टरतामा अडिग हुने, कूरान र मोहम्मदको
बारेमा प्रश्न गर्न नपाउने, कूरानलाई अन्य भाषामा उल्था गर्न नदिने, महिलाहरुमाथि अत्यधिक
नियन्त्रण, राजतन्त्रलाई अपनाउने जस्ता यसका विशेषताहरु हुन् । श्रमीकको पसिना नसुक्दै
ज्याला देऊ, आम्दानिको केहि हिस्सा दुःखी गरिबहरुलाई वितरण गर, हलाल खाऊ, हराम
नखाऊ भन्ने आदर्शहरु राम्रा छन्। यो धेरै ब्यक्तिकेन्द्रित धर्म हो । अल्लाहको वाणीहरुकोबारेमा
टिकाटिप्पणी गर्नुहुन्न भन्ने मान्यता राख्दछन् । बहुबिवाह, तलाक, परिवार नियोजन गर्न नहुने
मान्यता, र अन्य धर्मप्रति बढी असहिष्णु हुने नराम्रा पक्षहरु हुन्।


माक्र्सवाद र धर्म
कार्ल माक्र्स भन्दा पहिलेका चिन्तकहरुले पनि धर्मको बारेमा आलोचना नगरेका होइनन् ।
उनका अनुसार धर्म सामाजिक शोषणको औजार हो । धर्म अफिम वा एक प्रकारको नशा हो ।
मानिसहरुले धर्मको विरुद्धमा जान वा बोल्न महापाप हो भन्ने ठान्दछन् । धार्मिक बनी टोपल्नु
एउटा ढोंग हो । समाजको माथिल्लो वर्गले झुठको प्रचार गरेर सामाजिक शोषण आफ्नो
अनुकुल बनाएको हुन्छ । यसले वर्गिय ऐक्यबद्धता हुन नदिन कथाकुथुरीहरु रचेको हुन्छ ।
मानविय क्षमतालाई (human potential) जबर्जस्त कैद गर्नकोलागी धर्मको प्रयोग हुन्छ भन्ने
उनको भनाई छ । मजदुरको दिमागमा वैचारिक शुन्यता भरिदिने, स्वर्गको आश र नर्कको त्रास
देखाएर उनिहरुलाई निरन्तर शोषण गर्ने यसको उद्देशय हुन्छ । समाजको भौतिकवादी ब्याख्या
नगरेर अलौकिक दुनियाँको सपना बाँड्ने धर्माधिकारीहरु नै सबैभन्दा बदमास हुन् भन्ने उनका

तर्क छ । राज्यले चर्चको संरक्षण गरेर गरिबहरुलाई दिग्भ्रमित गर्छ । धर्म भनेको सामन्तहरुको
वैचारिक चिन्तनको प्रतिबिम्ब हो । मजदुर वर्गले आफुले भोगिरहेको शोषण जायज हो र यो
पूर्वजन्मको फल भनेर बुझेको हुन्छ । यस जन्ममा दुःख भोगियो भने अर्को जन्ममा सुख प्राप्ति
हुन्छ भनेर उसलाई सिकाइएको हुन्छ । धनी हुनु भनेको पूर्वजन्मको फल हो भनेर उसले बुझेको
हुन्छ । धर्म आफैमा प्रमाणित नहुने अमूर्त कुराहरुको गञ्जागोल वैचारिक खाका हो । धर्मको
नाममा कम्तिमा तीन हजार बर्ष देखिबाट शोषण चलिरहेको छ । सम्पुर्ण समाजलाई दिग्भ्रमित
(mystification) गरेर लुटको साम्राज्य खडा गर्नु नै धर्मको अन्तिम लक्ष्य हो भन्ने उनको तर्क
थियो । एकजना आयरल्याण्डकी कवियित्रीले लेखिन्।

‘The rich man in his castle
The poor man at his gate;
God made them high and lowly
And ordered their estate.’


मानवशास्त्र र धर्म
उन्नाइसौं र बीसौं शताब्दीमा युरोप र अमेरिकाको गोरा गोरीनीहरु अन्य देशहरुको संस्कृति
पढ्ने, बुझ्ने र अनुसन्धान गर्ने भनेर प्रशान्त महासागरका टापुहरुमा, अष्टे्रलियाको आदीवासी
बसोबास गर्ने क्षेत्रमा, दछिण अमेरिकामा, अफ्रिकामा, भारतमा, नेपालमा र अमेरिकाकै रैथाने
जातीहरुको बस्तिमा पुगे । उनिहरुले फरक संस्कृतिको अध्यन गर्ने भने पनि त्यो उपनिवेशको
शासन कसरी सहज हुनसक्छ भन्ने कुराले निर्देशित थियो । उपनिवेश विस्तार गर्न परेका
अप्ठेरोहरु फुकाउन र बेलाबेलामा भएका विद्रोहहरु शान्त पार्न गोराहरुलाई अरुको संस्कृति
अध्यन गर्नु थियो । पूर्विय समाज कसरी एकाकार भएर बसेको छ ? कसरी समाजको स्थिती
(order) कायम भएको छ ? आदिम समाजले कसरीे धर्मको प्रारुपहरु तयार गर्यो ? प्रकृतिको
पुजकहरु कसरी ब्यक्तिपुजक वा मुर्तिपुजक भए ? धर्म र राज्यको साइनो के हो ? यस्तै कुराहरु
उनिहरुकोखोजिमा पर्दथ्यो ।
फरक धार्मिक विचार भएका समाजहरुमाथि शासन गर्दा तिनको धार्मिक मान्यतामा आघात पुग्ने
काम गर्नु हुन्न बरु ति समाजहरुलाई अरु बढि भुलभुलैयामा (mystification) रमाउन दिनु
पर्दछ भन्ने गोराहरुको सिद्धान्त थियो । संस्कृति भनेको पहिचान हो, गहना हो र यसलाई जगेर्ना
गर्नु पर्छ भनेर सिकाए । संस्कृतिभित्रका खराब पक्षहरुको पनि समर्थन हुन पुग्यो । बाहिरी

संस्कृतिको हस्तक्षेपले ति समाजहरु विखण्डित हुन्छन् , यस्तै भन्थे । उनिहरुले कथा र
मिथकहरुदेखि धामीझाँक्रीको ढ्यांग्रोसम्म अध्यन गर्न भ्याए । कुखुरा जुधाएर समय बर्बाद गर्ने,
त्यसलाई जुवा जस्तै खेलकोरुपमा लिने चलनलाई पनि समाजको एउटा अभिन्न पाटो भनेर
ब्याख्या गरे । कतिसम्म भने राजनितिको सिद्धान्त पनि भाले जुधाईसँग गाँसिएको छ भनेर लेखे ।
समाजको ब्यवस्था (order) सानोसानो संस्कृतिका अवयवहरुले तय गर्दछन् भने । तिनले
शासकहरुको दमन, हैकम, वर्ग, विभेद, कुरीती, पछौटेपन, आदी देखेनन्। एकोहोरो संस्कृति वा
धर्मको बचाउमा कथाहरु लेखे, नयाँ सिद्धान्तको पगरी भिराए । नेपालमा जनजाती समुदायको
अध्यन गर्ने भनेर तिनका चलनहरुको टिपोट गरे । राज्य र ब्राम्हणहरुले तिनको चलनहरु
मासिदिएको र एकल धर्म लादेको भनेर लेखे । राज्यसँग पहिचान माग्नु पर्छ भनेर सिकाए तर
वर्गिय कुरा नगर पनि भने । मानवशास्त्रले खासगरी पश्चिमी चिन्तनलाई बोकेर हिड्यो ।
उनिहरु कम्युनिष्टविरोधी पनि हुन् । उनिहरु जातीवादको पक्षधर पनि हुन् । जात ब्यवस्था नै
समाजको ब्यवस्था हो (casteism is a social order) भनेर लुईस दुमोले लेखे ।


कम्युनिष्ट र धर्म
खाँटी कम्युनिष्टहरुले धर्म भनेको कूरीती हो भन्दछन् । समाजको उपल्लो वर्गले चलाएका सबै
चलनहरु खराब हुन्भन्दछन्। नेपालमा काजक्रिया, श्राद्ध, पुजापाठ, संस्कृत, बाहुन, गाई, राजा
आदिको विरोध गर्नु तिनको मुलमन्त्र थियो । भागी बिवाह गर्नु, अन्तरजातिय बिवाह गर्नु, मासिक
धर्म नमान्नु, जाँडरक्सीको सेवन गर्नु , भेटे जति सबै चीजको मांसभोजन गर्नु , लडाइँझगडा
गर्न उद्दत हुनु , अभिभावकहरुको कुरालाई ठाडै ईन्कार गर्नु आदी कुराहरुलाई क्रान्तिकारी बनेको
भनेर ब्याख्या भयो । समाज बढी असहिष्णु बन्यो । उमेरले सानो भए पनि उसले कसैको कुरा
नसुन्ने भयो । कसैको कुरा सुन्नु वा परम्परागत चलन मान्नु भनेको पुरातनवादी वा रुढीवादी हो
भनियो । एक शब्दमा कम्युनिष्टहरुले समाजमा क्रमभंग गर्न खोजे । समाजको पुरानो पुस्ता र
सम्भ्रान्त वर्ग यिनिहरुसँग सशंकित बन्यो । कम्युनिष्ट भनेका समाज बिथोल्ने, विदेशी कुरा
भित्र्याउने भनेर दुष्प्रचार भयो । कम्युनिष्टहरुले आफ्नो दर्शन बुझाउन सकेनन् । उनिहरुको
लवाइखवाइ पनि कम्युनिष्ट विचारलाई सुहाउँदो थिएन ।
नक्कली कम्युनिष्ट र धर्म
मुलतः संसदिय अभ्यासमा लिप्त भएकाहरु यस समुहमा पर्दछन्। माक्र्स, लेनिन, माओ, पोलपोट
र क्यास्ट्रो, ग्वेभारासम्मको बखान पनि गर्ने , गेरुवस्त्र पनि भिर्ने , भैंसीको पुजा पनि गर्ने ,

आमाको काजक्रिया नगर्ने, मन्दिरमा करोडौं मुल्यको सुन चढाउने, रामको दरबारको उत्खनन्
गर्ने, ईश्वरको नाममा शपथ नलिने, रुद्राक्षको माला पनि भिर्ने, गोरखनाथको आशिर्वाद पनि
थाप्ने धेरै कुराहरु गरेको देखियो । यिनिहरुलाई सबै थरी मानिसहरुको मत संकलन गर्नुपर्ने
बाध्यता छ । कुनै समुदायको खराब चलनको बारेमा बोलिहाल्ने आँट हुँदैन । केहि बोल्यो भने
त्यो समुदायले मत दिदैन, उग्र प्रतिक्रिया जनाउँछ वा (hostile) बन्छ । यस्तो किन हुन्छ भने
धर्म, संस्कृति, चलनहरुको बारेमा विद्यालय, विश्वविद्यालयमा बहस हुँदैन । समाजका अगुवाहरु र
राजनैतिक दलहरुले आममानिसहरुमा समाजको भौतिकवादी ब्याख्या के हो भनेर सिकाएका
छैनन् । सामाजिक अगुवाहरुले पटकपटक गोलमटोल कुरा गरेर आफ्नो स्वार्थसिद्ध गर्न लागे
पछि समाजको स्थिती जहाँको त्यहि रहन्छ ।


राजावादीहरु र धर्म
नेपाल जनसंख्याको हिसाबले असी प्रतिशत बढि हिन्दुहरु भएको तर अहिन्दु विचारका
हिमायतीहरुले घोषणा गरेको धर्म नीरपेक्षता विरोधाभासपुर्ण छ । पुनरुत्थानवादी वा पहिलेको
अवस्थामा लैजान खोज्ने शक्ति भनेर राजावादी समुहलाई बुझिन्छ । उनिहरुले संविधानमा
भएको धर्म नीरपेक्षताको बँुदा हटाउन माग गरेका छन् । उनिहरुमध्ये धेरैजसो हिन्दु धर्मको
पक्षपाती छन्। मुश्लिम समुदायकोकेहि नेताहरु पनि त्यसमा संलग्न छन्। यिनिहरुले ूसर्वधर्म
समभावू भन्ने नारा अगाडि सारेका छन् । चलिआएका धर्महरुको रक्षा गर्नु पर्छ , आर्थिक
प्रलोभनमा पारेर धर्म परिवर्तन गराइनु हुन्न , राज्यको आफनो धर्म हुन्छ , नेपाललाई हिन्दु राष्ट्र
घोषणा गरिनु पर्छ भन्ने उनिहरुको तर्क छ । यसैलाई आधार बनाएर कमल थापाको नेतृत्वमा
त्यस पार्टीले उल्लेख्य मत पनि पाएको थियो । खास राजनैतिक अडान नभएको र लाभको पद
प्राप्त गर्न जुनसुकै दलको पछाडि लागेको आरोप पछि त्यसको साखः खस्कियो । धर्मलाई एजेण्डा
बनाएर राजनिति गर्न नपाउने संविधानमा नै लेखिएको छ । यो समुह प्रगतिशिल समुह होईन ।
यसले राजतन्त्रको पनि वकालत गर्छ । पुराना दरबारियाहरु, सरकारी सेवाबाट निवृत्त भएकाहरु,
मुख्यगरी सेना र प्रहरीका मान्छेहरु, अलिक हुनेखानेहरुको समुह यसमा संलग्न छन्। युवाहरु र
नयाँ पुस्तालाई यिनिहरुसँग विस्वास छैन ।
नेपालको संविधानले धर्मको वा जातको नाममा राजनिती गर्न पाउने गरी प्रावधान राखेको छैन ।
संसारभरी धर्म नीरपेक्षताको मर्म भनेको राज्यले प्रत्यक्ष संलग्न भएर कुनै धर्मको वकालत गनु

हुँदैन, राज्यकोषको रकम त्यसमा खर्च गरिनु हुँदैन, अन्य धार्मिक समुहहरुमाथि विभेद गरिनु
हुँदैन , अल्पसंख्यकहरुलाई बहुसंख्यकहरुले थिचोमिचो गर्न सक्छन् र राज्यले तिनको सुरक्षाको
सुनिश्चित गर्नुपर्छ, स्वतन्त्र हिसाबले धार्मिक कार्यहरुमा सरिक हुन पाउनु पर्छ , कुनै ब्यक्तिले
स्वतन्त्र किसिमले धर्म परिवर्तन गर्न पाउनु पर्छ , धार्मिक आस्थाको आधारमा हेलाँहोचो गरिनु
हुँदैन र अवसरबाट बञ्चित गरिनु हुँदैन भन्ने हो ।


वास्तविक कुरा र धर्म
जतिसुकै पढेलेखेको भनिए पनि हरेक मान्छेले धार्मिक आडम्बर पालेको हुन्छ । ऊ कुनै न कुनै
कारणले धर्मभिरु बनेको हुन्छ । बेलायती प्रधानमन्त्री ऋषि सोनक र भारतिय राष्ट्रपति अब्दुल
कलाम दुबै धार्मिक प्रभृतिका रहेछन्। यसको प्रत्यक्ष सन्देश सर्वसाधारण मानिसहरुमा जान्छ र
उनिहरुमा झन् धार्मिक कट्टरता पैदा हुन्छ । मानिसहरुलाई धर्म के हो भनेर बुझाउन झन्
कठिन हुन्छ । आडम्बरी नै सहि, धार्मिक अगुवाहरुले समाजमा प्रतिष्ठा पालेका हुन्छन् ।
तिनिहरुको विरुद्धमा जान जो कोहिलाई कठिन हुन्छ । संसदिय अभ्यासमा ब्यस्त दलहरुले यसमा
खासै केहि गर्न सक्दैनन् । अहिले भारतिय राजनितिको सेरोफेरोमा धर्मले काम गरेको छ ।
जोगीले चुनाव जित्छ , उसँग समाज बनाउने कस्तो खाका हुन्छ ? ईरानमा धार्मिक मण्डलीले
(council of guardian) राष्ट्रपतिमाथि अंकुश लगाउँछ । तालीवानहरुको शासन धार्मिक
आडम्बरबाट शुरु हुन्छ प्यालेष्टीनिहरुले राजनैतिक लडाइँलाई धार्मिक लडाइँ बनाए , उनिहरुको
भाषामा जेहाद । श्रीलंकाको गृहयुद्ध धार्मिक आवरणमा गरिएको थियो । बौद्धमार्गीहरु बढि सहिष्णु
हुन्छन् भन्ने होइन । बहुसंख्यक सिंहालीहरु जो बौद्धमार्गी थिए , उनिहरुले अल्पसंख्यक हिन्दु
समुदायमाथि अन्याय गरे , चिया बगानमा काम गर्ने मजदुरहरु जो गरिब अनि हिन्दु थिए ,
भारततर्फ लखेटिए । जापानमा बौद्ध धर्म थियो तर उनिहरुले उग्र राष्ट्रवाद सिकेका थिए , दोश्रो
विश्वयुद्धमा चिनियाँ र कोरियनहरुमाथि अत्याचार गरे , समाजमा धर्मले केहि गर्दैन भन्ने यो
राम्रो उदाहरण ।


निष्कर्षः
 समाजमा वर्गहरु हुन्छन् । वर्गहरुको निर्माण निरन्तर भइरहन्छ । वर्गहरुको निर्माणको
मुख्य कारण भनेको आर्थिक पक्ष हो । उत्पादनका साधनहरुबाट कसैलाई बेदखल गरेपछि
वर्गहरुको निर्माण हुन्छ । छिटपुटरुपमा तल्लो वर्गको मान्छेले माथिल्लो वर्गमा प्रवेश
गर्दछ तर आमरुपमा त्यसो हुँदैन ।

 आर्थिक गतिविधि बाहेक हरेक मानिससँग सामाजिक र साँस्कृतिक पक्षहरु गाँसिएका
हुन्छन् , तिनले पनि त्यस मानिसको हैसियत (status) तय गरेको हुन्छ तर
विश्लेषणकोलागी त्यसलाई महत्वपूर्ण मानिनु हुँदैन ।
 धर्मका राम्रा पक्षहरु हुन्छन् । आत्मअनुशासन, नैतीकता, सत्यवादीता, प्रकृतिसँगको
निकटता, मानवता, यौन आचरणसँग जोडिएका प्रतिबन्धहरु (sex taboo), खानपानमा
लगाइएका प्रतिबन्धहरु(food taboo), परोपकारको भावना, सहानुभुती, दया, प्रेम,
करुणा, अहिंसा, भाइचाराको धारणा आदीलाई जतिसुकै कडा कानुन बनाएर पनि
मानिसमा पैदा गराउन सकिन्न । कानुन, प्रहरी, अदालत, जेल, भौतिक सजाय, मृत्युदण्ड
आदीले पनि मानविय गल्तीहरु रोक्न सक्दैन । ति गल्तिहरु हुन नदिन माथि उल्लेख
गरिएका सामाजिक मुल्यहरुको (social values)निरन्तर उत्पादन, वितरण र
अन्तरपुस्तामा हस्तान्तरण हुनु पर्दछ ।
 धर्मका केहि भौतिक पक्षहरु हुन्छन्। खानपान, यौन, शरिरको सफाइ, प्रकृतिको संरक्षण,
योग, ईन्द्रियहरुको नियन्त्रण आदीमा धार्मिक मान्यताहरुले राम्रो कुरा गर्दछ । धर्मका
अमूर्त पक्षहरु जस्तै स्वर्ग, नर्क, पूर्वजन्म, पुनर्जन्म, कर्मको फल, भाग्य, लेखान्त, भावीको
दया, प्रारब्ध, ग्रह, दशा, जातपात, छुवाछुत, पितृ , वैतरणी, मुक्ति, असुर, पिशाच,
मशान, वायु , बोक्सी, दुष्टआत्मा (devil), चोखो, बिटुलो, शुद्धि, अशुद्धि, चोख्याउने,
आदीले मानिसहरुलाई कल्पनाको दुनियाँमा भुलाइदिन्छ ।
 पश्चिमी समाजमा देखिएको छाडापन, यौन उछृड.्खलता, ब्यक्तिवादी धारणा, नाफामुखी
दृष्टिकोण, फगतको प्रतिस्पर्धा, असिमित वस्तुहरुको लालसा, भड्किलो जीवनशैली, अती
सञ्चयको होडले आत्मिक सुख दिन सकेको छैन । आत्महत्या, पारापाचुके, विक्षिप्तता,
आक्रामक ब्यवहार उनिहरुको दिनचर्या बनेको छ । भौतिक विकास मात्रै सबैथोक होइन
भन्ने कुरा उनिहरुले नै गरेका छन्। कतिपय गोराहरुले हिन्दु धर्म अनुशरण गरेका छन्।
गेरु वस्त्र लगाएर नाचेका छन् । कृष्णको नाम जपेका छन् । त्यो पनि एक प्रकारको
विचलन (deviation) हो । कृष्ण को हुन्? उनले के गरे ? के उनैले दर्शनको वितरण
गरे त ? भगवानको वाणी भनेर दुईचार सय बर्ष पछि अरु कसैले लेखिदिएको ग्रन्थहरुको
भरमा सबै दगुर्छन् । पँुजिवादको उच्च विकास भएका स्थानहरुमा पनि धार्मिक अन्धता
कायम नै छ । आधुनिक प्रविधीहरुको प्रयोग गरेर प्रवचनहरुको प्रसारण गरिएको छ ।
विज्ञानले विकासमा चमत्कार गर्यो तर समाजको भौतिकवादी ब्याख्या भएन । यसको

साटो झन् नयाँनयाँ किसिमबाट मानिसहरुलाई दिग्भ्रमित गर्ने काम हँुदैछ । विभिन्न
धार्मिक टि भि च्यानलहरु सञ्चालनमा छन्। पुँजिवादको अन्तर्य धर्म मास्नु हुँदैन, बरु के
के कुराहरुको उत्पादन गर्दा बढी नाफा आउँछ, त्यसमा दौडिएको हुन्छ । अरबौं
लगानीमा धार्मिक फिल्म निर्माण हुन्छ ।
 कम्युनिष्ट विचारधारा र धर्मको वकालत पृथक कुराहरु होइनन्बरु कम्युनिष्टले चाहेको
रामराज्यको कल्पना हो भनेर बुझाउन सक्नु पर्दछ । न्यायपुर्ण समाज आदर्शको कुराले
आउने छैन । श्रमको सम्मान गर, उचित ज्याला देऊ, रोजगारीको सुनिश्चत गर,
स्वास्थ्य र शिक्षामा राज्यले बन्दोबस्ती गर, आवासको ब्यवस्था गर जस्ता सामान्य
कुराहरुकोलागी कसैको दर्शन सापट लिनु आवस्यक छैन ।
 समाजको स्थिती या त बल प्रयोगबाट हुन्छ, या त सहमतिको बाटोबाट हुन्छ । मन्दिर
जाने र गाई काटेर खाने मिलेर बस्छन्भन्ने छैन । एकले अर्कोलाई तुच्छ ठानेको हुन्छ ।
सहमतिमा गरिने कानुनहरुको निर्माणले त्यसलाई ब्यवस्थित गर्न सकिन्छ । कतिपय
जण्ड स्वभाव भएका मानिसहरुलाई जति अधिकार दिए पनि नपुग्ने हुन्छ । निश्चित
सिमाभित्र बस्न बाध्य बनाइनु पर्दछ ।
 कम्युनिष्ट नेताहरुले विभिन्न आडम्बरहरु देखाउने कुरा राम्रो होइन । साँच्चिकै समाज
बदल्ने हो भने पार्टीहरुका दस्तावेजहरुमा ति कुराहरु लेखिनु पर्दछ । पार्टीका जिम्मेवार
पदमा बसेर ढोंगको प्रचार गर्न हँुदैन । राज्यका औपचारिक पदमा बहाल भएकाहरुलाई
धार्मिक अभियानमा सरिक हुन दिनु हुन्न ।
 विद्यालय तह देखि नै धर्मको राम्रा र नराम्रा कुराहरुको बारेमा युवाहरुलाई जानकारी
गराउनु पर्दछ । कुनै खास धर्म राम्रो र अर्को धर्म नराम्रो भनेर अध्यापन गराइनु हुन्न ।
विश्वविद्यालय तहमा सघन बहस चलाउनु पर्दछ । धर्मको मामिला संवेदनशिल कुरा हो,
बोल्नु हुँदैन भनेर त्यहि रुढीवादलाई पश्रय दिने काम ठिक होइन । प्राविधिक शिक्षा
लिनेहरुलाई पनि सामाजिक मुल्यहरुको बारेमा अध्यापन गराउनु पर्दछ । कक्षा बाह्रसम्म
राखिएको सामाजिक अध्यन बिषय जस्तै माथिल्लो तहमा जुनसुकै विधा अध्यन गर्नेले
पनि समाज, संस्कृति, मानविय मुल्यहरु, स्थानिय चलनहरु, साँस्कृतिक विचलनहरु,
सामान्य कानुनी कुराहरु, समाजको भौतिकवादी ब्याख्या आदीको बारेमा जान्नु जरुरी छ

 वाल्मिकी ऋषि कुनै बेलाका डाँकु थिए , कालीदास मुर्ख थिए , चम्बलमा डाँकाको
सरदार बनेका पञ्चम सिंह धर्म प्रचार गर्न नेपाल आए , भारतिय नेतृ फूलनदेवी सानो
उमेरमा नै बलात्कारको शिकार भइन् र डाँकाहरुको दस्तामा लागिन् । कम्युनिष्ट
पार्टीबाट शिक्षामन्त्री बनेका र केहि किताबहरु लेखेका मोदनाथ प्रश्रित राजनिति छोडेर
धर्मतिर लागे । जोगीहरुको संगत नै गर्नु थियो भने कम्युनिष्ट किन बनेको ? विशेषगरी
मानिसहरु जीवनको उत्तरार्धमा धार्मिक बनेको अभिनय गर्दछन्। लक्ष्मी प्रसाद देवकोटाले
कविता लेखे । उनको यो कविता जीवनको अन्तिम घडीतिरको हो । उनी आफुलाई
भौतिकवादी भन्न रुचाउँथे र शुरुतिरका कविताहरुमा धार्मिक आडम्बरको विरोध गरेका
थिए ।
संसाररुपी सुखसागरभित्र,
रमें रमाएँ लिई भित्र चित्र ।
संसार रहेछ नीशा समान,
आएन ज्यूँदै रहदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न ज्ञान, ध्यान, न भो विवेक ।
 मानिसहरुलाई स्वतन्त्र ढंगले धार्मिक आस्थाको छनौट गर्न दिनु पर्दछ । ब्यक्तिगत
खुशीले धर्म परिवर्तन गर्न वा नास्तिक बन्न पाउनु पर्दछ । आर्थिक प्रलोभनमा पारेर वा
करकापमा पारेर धर्म परिवर्तन गराउनेलाई सख्त कारवाही गर्नु पर्दछ । कसैले धर्म
परिवर्तन गरेकै आधारमा सामाजिक बहिष्कार गर्ने, अपमान गर्ने, अवसरबाट बञ्चित
गर्ने कामलाई कानुनद्वारा दण्डित गरिनु पर्दछ ।
 प्राविधिक शिक्षा लिएर कोहि मानिस उच्च पदमा पुग्न सक्छ तर ऊ धर्मभिरु हुँदैन भन्ने
छैन । उसले समाजका अवयवहरु बुझेको छ भन्ने हुँदैन । धर्म प्रचारकहरुले तिनै
मानिसहरुलाई अगाडि सारेका हुन सक्छन्। समाजमा न्युन चेतना भएका मानिसहरुलाई
उसको बोली देवताको बोली जस्तै लाग्न सक्छ । यो एउटा दिमाग भुट्ने (brain wash) खेल हो ।
 भौतिक वस्तुहरुको उपलब्धताले मानिसहरुको चेतनाको स्तर तय गर्दछ भन्ने माक्र्सवादी
कहावत् (jargon) हो । समाजको प्रभुत्वशाली वर्गले तय गरेको विचारधारा नै सबैले

मान्दछन् । आजको भुमण्डलिकृत समाजमा मानिसहरुको चेतनामा न त प्रतिबन्ध
लगाउन सकिन्छ न त कुनै विचारमा नै मानिसहरु अडिग भइरहन्छन् । त्यसैले
मानिसहरुको चाहनामा राज्यले छेक्न सक्दैन । सन् २०२२ मा बुर्का ठिकसँग नलगाएको
भनेर एकजना बाइस बर्षे मासा अमिनी नामकी इरानी महिलाको राज्यले निर्मम हत्या
गर्यो र पछि दंगा भड्क्यो । बंगलादेशबाट प्रसिद्ध लेखिका तसलिमा नसरिनलाई लखेटियो
। तालीवानहरुले मलाला यूसुफजाइको हत्याप्रयास गरे ।
 भौतिकवादको पक्षमा वकालत गर्नेहरुले नैतीक कुराहरु के के हुन् जान्नु जरुरी छ ।
काटमार, ठगी, चोरी, बलात्कार, बेइमानी जताजतै देखिए पछि धर्मको आडम्बर शुरु
हुन्छ । यस्ता खराब कामहरु किन हुन्छन्? सचेत ब्यक्तिले त्यसबारेमा मानिसहरुलाई
बताउनु पर्दछ । मानिसहरुले यस्तो खराब समयलाई कलि युगको संज्ञा दिन्छन् । यो
आफैमा अर्को झुठ हो ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %