जे अस्तित्वमा थिए ,सबै भेटिए

Read Time:6 Minute, 3 Second

धरतीको‌ उत्खनन गर्दा लाखौं साल पहिलेका डाइनोसरहरूको कङ्काल भेटिए ,डाइनोसरको अण्डा पनि भेटिए ,कैयन जीव जन्तुका अवशेषहरू भेटिए ।

वुध्दका मूर्तीहरु भेटिए,सिन्धु घाँटीको सभ्यता भेटियो, मिश्रको सभ्यता भेटियो,मेसोपोटामियाको सभ्यता भेटियो। जे जे अस्तित्वमा थिए ती सबै भेटिए ।

तर आजसम्मका उत्खनन् हरूमा …
न ब्रम्हा भेटिए
न विष्णु भेटिए
न सिव भेटिए
न राम भेटिए
न कृष्ण भेटिए
न त तेत्तिस करोड देवताहरूको अस्तित्वको कुनै प्रमाण भेटियो ।

यिनीहरूलाई आकासले निल्यो कि धरतीले ?

त्यसैले त सबै जागृत भारतीयहरूले सोच्नु पर्छ कि यिनीहरूलाई को को मान्छेले रचना गरे ,बनाए अनि यिनीहरूको अस्तित्वले कसलाई फाइदा भयो ?

मानिसले नै भगवानको निर्माण गरे । त्यो कुराको तार्किक प्रमाण यस प्रकार छ……

1.मानिसभन्दा बाहेक संसारको एउटा पनि प्राणीको भगवान छैन ।

  1. जहाँ मान्छे अहिलेसम्म पुगेको छैन त्यहाँ एउटा पनि मन्दिर मस्जिद या चर्च भेटिएको छैन।
  2. फरक फरक ठाउँमा फरक फरक देवता पाइन्छन ।यसको अर्थ मान्छेलाई जस्तो कल्पना फुर्यो त्यस्तै भगवान बनाए ।
  3. संसारमा धेरै थरिका धर्म पन्थ र तिनका आफ्ना आफ्ना देवताहरू छन । यसको अर्थ भगवान पनि एकै खाले छैनन।
  4. दिन प्रतिदिन नयाँ नयाँ भगवान तयार भैरहेका छन ।
  5. अलग-अलग प्रार्थनाहरू छन ।
  6. ” मान्यो भने भगवान, मानेन भने पत्थर “…यो भनाई पक्कै पनि त्यत्तिकै बनेको होइन ।
  7. संसारमा देवताहरूका फरक फरक आकार, र रुपरङ्गाक छन अनि तिनीहरूलाई खुसी पार्ने अलग अलग पूजा विधिहरू छन ।
  8. अहिलेसम्म एउटा पनि मानिसले भगवानलाई भेटेको कुनै प्रमाण छैन ।
  9. भगवान मान्ने र नमान्ने दुवैले उस्तै जिन्दगी बाँच्छन् ।
  10. भगवानले कसैको भलो या कुभलो गर्न सक्दैनन।
  11. भगवानले भ्रष्टाचार अन्याय, चोरी, बलात्कार आतंकवाद, अराजकता आदिलाई रोक्न सक्दैनन ।
  12. सानो निर्दोष बच्चालाई बन्दुकले गोली हान्ने मान्छेको हात भगवानले पक्रन सक्दैनन्।
  13. मंदिर मठ आश्रम प्रार्थना स्थल जहाँ भगवान बस्छन भनेर मानिन्छ त्यहाँ पनि बच्चा तथा महिलाहरू सुरक्षित हुदैनन ।
  14. मंदिर मस्जिद चर्चहरू भत्काएको बेला एउटा पनि भगवानले अगाडि आएर बिरोध गर्दैनन ।
  15. मेहनत नगरी एउटा पनि विद्यार्थीलाई भगवानले पास गरेको एउटै उदाहरण आजसम्म सुनिएको छैन ।
  16. कैयन भगवानहरू यस्ता छन जसको नाम पच्चिस वर्ष अगाडिसम्म कसैले पनि सुनेको थिएन तर अहिले प्रख्यात भैसके ।
  17. आफूलाई भगवान हुँ भन्नेहरू अहिले जेलको हावा खाइरहेका छन ।
  18. संसारमा भगवानलाई नमान्ने करोडौं मानिसहरु छन । तर ती पनि सुख र चैनले नै बाँचिरहेका छन ।
  19. ●हिन्दूले अल्लाहलाई‌ मान्दैन
    ●मुस्लिमले भगवानलाई‌ मान्दैन
    ●इसाईले भगवान र अल्लाहलाई‌ मान्दैन
    ●हिन्दू र मुस्लिमले गड(परमेश्वर) लाई मान्दैनन।

*राम कृष्ण विष्णु सिवहरूलाई युरोप अमेरिकाका मानिसहरू चिन्दैनन्, यशूको नाम केही सय वर्ष अघिसम्म यशिया र अफ्रिकाका मानिसहरूले सुनेको थिएन ।यस्तो किन हुन्छ ?

फरक फरक ठाउँका भगवानहरू त्यहींको स्थानीय भाषा मात्रै बोल्छन । एउटा भाषा मात्रै बुझ्छन । यस्तो कसरी भयो ?

फेरि पनि भगवानले एक अर्कालाई यस्तो‌ किन भयो भनेर सोधेका छैनन।

  1. ●एउटा धर्मले भन्छ- भगवानको‌ आकार छैन, निराकार छन ❓

● अर्को धर्म भगवानलाई‌ आकार दिएर महङ्गा कपडा लगाइदिन्छ ❓

●तेस्रो धर्मले अझ बेग्लै कुरा भन्छ । यसको अर्थ सत्य चै के हो ❓

  1. भगवान छन भने मानिसहरू भगवानको डर किन मान्दैनन ?
  2. मासु खाने पनि बाँचिरहेकै छन अनि मासु नखाने र दुबै कुरा खाने सबै बाँचिरहेकै छन ।
  3. रूस, अमेरिका भगवानलाई मान्दैन । तर तिनीहरू नै महाशक्ति वाला छन ।
  4. ●ब्रह्माले सृष्टिको रचना गरेका हुन भने चार वर्णको व्यवस्था भारतमा मात्रै किन पाइन्छ । अरु देशमा किन पाइदैन ?

●जब अघिल्लो जन्मको कर्मको आधारमा जातिहरूको निर्माण गरिएको हो भने भारतीय जातिहरू अरु अरु देशमा किन नपाइएका होला ?

  1. यदि वेद ईश्वरको वाणी हो भने भारत बाहेक अन्य देशमा वेद किन पाइदैन ? अनि वेद ब्राम्हणहरूको भाषा संस्कृतमा मात्रै किन पाइएको ?अन्य भाषाहरू जस्तो बङ्गाली,उडिया,उर्दू,अङ्ग्रेजी ,मलायम तेलुगू,फारसी आदि भाषामा किन नभएको ? हिन्दी बाट अनुवाद :- Bala Ram Timalsina

साभार

4 0
Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %