सरकारी कर्मचारीले राजनीति गर्न बन्द गर्नु पर्छ।गर्ने भए जागिर छाेड्नुपर्छ

Read Time:11 Minute, 58 Second

पूर्ण बहादुर राना

१. शिक्षकले राजनीति गर्ने हाेईन
हिजाे शिक्षकले राजनीति किन गरे भने त्यतिबेला पढेका मानिस थिएन । घरगाउँकाे टाठाबाठा उनै शिक्षक हुन्थे । गाउँघरमा शिक्षकलाई मास्टर साहब भन्छ । रेडियो, घडि, टर्च लाईट बिग्रेपनि बनाउने उनिहरूनै हाे । अहिले पढेलेखेका घरघर छन् । अब शिक्षकले राजनीति बिल्कुल गर्नु हुँदैन । उ जति पढेकाे समाजमा कति छ कति । मैले धेरै प्राईभेट स्कुलमा पढाएँ । तर कहिंपनि राजनीतिकाे कुरा हुन्थेन । हामी सरसर पढाउँथ्याैं । कसरि आफ्नो विषयमा बच्चालाई धेरै भन्दा धेरै नम्बर ल्याउने बनाउने भन्ने साेंच हुन्थ्यो ।

२. कक्षा ४ र कम्युनिस्ट शिक्षक
म एउटा दृष्टान्त उदृत गर्न चाहान्छु । म कक्षा ४ पढ्दै थिएँ । २०४६ काे जनआन्दोलन हुँदै थियाे । हाम्राे कक्षामा एक जना रानाभाट सरले पढाउनु हुन्थ्याे । रानाभाट सर र एकजना कक्षा १० मा अध्ययनरत बिक दाई सधैं आएर काङ्ग्रेस विद्यार्थीलाई गालि गर्नुहुथ्याे ।वहाँहरू एमालेकाे हुनुहुन्थ्यो । वहाँहरूकाे नाम मैले यहाँ लेखिन । कक्षा ४ मा पढेका हामी बालबालिकालाई के थाहा काङ्ग्रेस एमाले भनेकाे ।काङ्ग्रेसको सिद्धान्त के हाे? कम्युनिस्टको सिद्धान्त हामीलाई केहि थाहा थिएन । कक्षा चारमा मगर विद्यार्थीहरूका बाबाआमा बढि काङ्ग्रेस पार्टीमा थिए । र केहि अन्य दलित र रानाभाट र नेवारहरू पनि काङ्ग्रेसका थिए । हाम्रो कक्षा ४ मा बाबाआमा कम्युनिस्ट पार्टीमा लागेका अरू विद्यार्थी पनि थिए । तर बढि हामी मगरहरू थियाैं कक्षा ४ मा । बिक दाई आएर बेस्सरी भासन दिनुहुन्थ्याे तिम्राे बाउआमा धाेति लाएर जाेतेर हिंडेकाे छ तिमीहरू चाँहि काङ्ग्रेस बन्ने? अनि रानाभाट सर आएर भन्नुहुन्थ्याे । तिमीहरूकाे दमाैलि पाेखरा काठमाडौंमा घर छ काङ्ग्रेस बनेकाे? भनेर थर्काउनुहुन्थ्याे । नत हामीले रानाभाट सर र बिक दाईसँग बहस गरेका थियाैं । नत हामीले उनिहरूसँग वादविवाद गरेका थियाैं । अनायासै कक्षामा पसेर तथानाम भाषण गरेर अनि हामीलाई गालि गरेर निस्कनु हुन्थ्याे । जतिजति उनिहरूले हामीलाई गालि गर्थे त्यतित्यति हामी काङ्ग्रेस झुकाब बन्दै गयाैं । पछि ०४८ आम निर्वाचन अर्थात प्रतिनिधि सभाकाे निर्वाचनमा हामीले रूखमा भाेट हाल्याैं । हामीलाई गाेविन्दराज जाेशिकाे फाेटाे भएकाे पम्पलेट घरकाे काेठाकाेठा टाँसेर माया गरेर राख्थ्याैं । यसरि हामी अनायासै काङ्ग्रेस भएका थियाैं । अहिले हामीहरू काेहि जनमुक्ति पार्टीमा लागेका छाैं र काेहि माओवादीमा लागेकाे छ भने काेहि पार्टी न सार्टी वास्तै छैन । हामीले बाबाआमालाई भन्दा पनि बाबाआमाले हाम्रो कुरा सुन्दैन थियाे । सायद उनिहरूले शिक्षक(मास्टर)ले धेरै बुझेकाे छ । त्यतिकै मेराे छाेराछाेरिलाई गालि गरेकाे हाेईन भनेर बुझ्दाे हाे । वा शिक्षकलाई केहि भने मेराे बच्चालाई फेल गराई दिन्छ भन्ने पनि साेंच्दा हुन् ।

हाम्राे स्कुल बाल विकास माविमा शिक्षकहरू राजनीति कुरा गरेर बाझाबाझ गर्थे । झगडा गर्थे । काङ्ग्रेसको प्रधानाध्यापक आयाे एमालेकाेले नस्विकार्ने । एकालेकाे प्रधानाध्यापक आयाे काङ्ग्रेसले नस्विकार्ने गर्थ्याे । शिक्षक नबाझाबाझ र वाविवाद गर्दा हामीलाई पढाउनै आउँदैन थिए शिक्षकहरू । काङ्ग्रेस प्रअ छ पढाउन पठाए कम्युनिस्ट शिकले नपढाउने र कम्युनिस्ट प्रअ ले पढाउन पठाउँदा काङ्ग्रेस शिक्षकले नपढाउने अवस्था थियाे ।

३. भुटुवा र रक्सिले मिलाउँथ्याे शिक्षकहरूलाई
सरकारी विद्यालयका शिक्षकहरूले जति वादविवाद र बाझाबाझ गरेपनि भुटुवा खानेबेलामा झगडा गर्दैन थिए । तर धेरू मासु कहाँ छ हेर्थे भनेर सुन्थें जबजब भुटुवा खाने भन्थे त्यतिबेला मिल्थे । ४ बजेपछि विद्यालय छुट्टी भएपछि कुखुरा विद्यालयमा लगेर काटेर भुत्ल्याएर पकाएर खान्थे । भाेलिपल्ट स्कुल आउँदा कक्षा काेठा भरि अँगेरि(काठकाे काेईला), पात र पातकाे टपरि, कुखुराकाे भुत्लैभुत्ला र ओदान बनाउन ल्याएको तीन वटा ढुङ्गा भेट्थ्याै । अनि हामीले चिलाउनेकाे स्याउला भाँचेर बढार्थ्याैं । सफा गर्थ्याैं ।

४. सरकारले दलअनुसारको पेशागत संगठन खारेज गर्नैपर्छ
सरकारले सबै पेशागत संगठन खारेज गर्नुपर्छ । राजनीति गरेर सरकारि जागिर खान पाउँदैन । किनकि सरकारलाई कर सबै पार्टीका जनताले र कुनै पनि पार्टीमा नलागेकाे जनताले पनि कर तिरेकाे हुन्छ । सरकारले जुनसुकै क्षेत्रकाे कर्मचारीकाे तलब सुविधा आवश्यकता अनुसार वृद्धि गर्नुपर्छ

५. शिक्षकले आन्दोलन किन गरेकाे हाे
शिक्षककाे आन्दोलन तलब भत्ता सुविधा नबढेर हाेकि राजनीति गर्न पाउँदैन भनेकाे बुँदाले हाे? कि पार्टीकाे सहयाेगमा काेटामा छिर्ने अनि आन्तरिक स्थाई भएकोले पार्टीलाई गुण तिर्नलाई हाे? आर्मी, पुलिस र सशस्त्रकाे पेशागत संगठन छकि छैन?

६. अनुत्तरित प्रश्न
ति रानाभाट सर शिक्षा कार्यालयकाे ठूलाे मान्छे भएका छन् । अहिले उनले बजारतिर घर बनाछन् रे! हामीलाई तिमीहरूकाे बाबाआमा काङ्ग्रेस बनेकाे बजारतिर घर छ भनेर साेध्थ्याे । अहिले त उनकै बजारतिर घर छ रे । उनि काङ्ग्रेस बनेकि बनेन हाेला ।
अनि बिक दाईले चितवनतिर ठूलाे सुन पसल चलाएर घर बनाका छन् रे । उनले हामीलाई तिमीहरूकाे बाउ टाउकाेमा धाेति भिरेर जाेतेर हिंड्छ अनि काङ्ग्रेस बन्ने भन्नुहुन्थ्यो । अहिले ति बिक दाईले धाेति भिरेर जाेत्न परेकाे छैन । त्यसरि जाेत्न नपरेकाेले कि अहिले उनि काङ्ग्रेस भए कि भएन हाेला ।

७. कलिला बच्चाहरूसँग राजनीतिक नगर्दा वेश मास्टर साहेबहरू
हामी हिजाे काङ्ग्रेस पार्टीमा रहेका कक्षा ४ का विद्यार्थीहरू अहिले काे जनमुक्ति भए । काेहि माओवादी भए । काेहि पार्टीमै छैन । काेहि स्वतन्त्र छन् । अनि तिनलाई के भन्ने? त्यसैले साना बच्चाहरू भाेलि बुझे पछि काङ्ग्रेस एमाले,राप्रपा, जनमुक्ति छाेडेर नयाँ पार्टी खाेल्न सक्छन् । कुनै पनि पार्टीमा नलागेर बस्न सक्छन् ।

८.तलब भत्चा नबढेकाे शिक्षकाे मात्रै हाे?
तलबभत्ता र सुविधा काे शिक्षककाे मात्रै हाेकि? पुलिस, सशस्त्र, आर्मि र निजामती सबैकाे हाे? त्यसाे भए त पुलिस आर्मि बन्दुक लिएर टुँडिखेलमा आन्दोलन गर्न आउने भए ।

९. राजनीतिक पेशागत संगठन खाेल्न बन्द गर्नुपर्छ
जुनसुकै क्षेत्रकाे सरकारी जागिर खानेलाई कुनै हालतमा राजनीति गर्न दिनु हुँदैन । राजनीति गर्नेभए सरकारि नुनपानी खाएर हाेईन सरकारी नुनपानी नखाएर गर्नुपर्छ । ।जुनसुकै क्षेत्रकाे सरकारि जागिर खानेहरूकाे पेशागत संगठन खारेज गर्नैपर्छ । खाेल्न दिनु हुँदैन ।

१०. जायज माग सम्बाेधन हुनैपर्छ
हाम्राे विद्यालयमा सबै शिक्षक त्यस्ता रानाभाट सर जस्ताे पनि थिएन । सबै शिक्षक राजनीति कुरा गर्छन् भनेर भन्न खाेज्या पनि हाेईन । जायज माग शिक्षक लगायत सबै सरकरी कर्मचारिकाे, पेशा व्यावसायिकाे जायज माग सम्बाेधन गर्नैपर्छ । र जनताकाे पनि जायज माग सरकारले सम्बाेधन गर्नैपर्छ । शिक्षक त झन जिवित वस्तु बालबालिकालाई पढाउने र उनिहरूसँग खेल्ने घुलमिल हुने गर्छन् । प्रहरीले जिउधनकाे रक्षा गर्छन् । आर्मीले देशकाे सिमा र देशकाे रक्षा गर्नेछन् । डाक्टरले बिरामी सञ्चाे पारिदिन्छ । वकिलले न्याय दिन्छ । कर्मचारीले सेवासुविधा दिन्छ । असल शिक्षक, प्रहरी, सेना, कर्मचारी सबैलाई सम्मान गर्नुपर्छ । तर आफुलाई प्रचण्ड ठान्ने, देउाव, ओलि ठान्ने बैमानि शिक्षक, प्रहरी, सेना, कर्मचारी सबैलाई कठाेर सजाएँ दिएर जागिरबाट बर्खास्त गरिदिनुपर्छ । अनि विद्यालयमा, अफिसमा मदन मण्डारी, गगन, विश्वप्रकाश, प्रचण्ड र ओलिकाे भाषण सुन्नेहरूलाई जागिरबाट विदाई गर्नुपर्छ । कतिपय ध्वाँसे, घमण्डी र मुर्ख शिक्षकहरू आफुलाई प्रचण्ड, देउवा ओलि भन्दा ठूला ठान्छन् । परिवर्तन ल्याएकै ति मास्टरलेनै र उसकै भाेटले ठान्छ ।

अब राजनीतिक साेर्सफाेर्सबाट अस्थायी शिक्षक र अन्य कर्मचारीलाई जागिर खुवाउने कार्य बन्द गर्नुपर्छ । सिधै आयाेगबाट जागिरमा छनाेट गर्नुपर्छ । जागिर खुवाउने राजनीतिक दललाई क्षणिक रूपमा भाेट बढ्ला । चुनाव जित्ला तर दीर्घकालीन रूपमा देशले हार्छ । असक्षम र अल्छि शिक्षक कर्मचारी परेर विद्यार्थी र सेवाग्राहीलाई घाटा पर्छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %