ब्राह्मणवादले सृजना गरेको जातिवादको चक्रव्युहमा हामी फस्दै गैरहेका छौँ ।

Read Time:8 Minute, 22 Second

हामी मगरहरु विभिन्न राजनीतिक दलमा बिभाजित भएका कारण हाम्रो पू्र्खाको ऐतिहासिक भुमि मगरातलाई हामीले जोगाउन मगरात नामाकरण गर्न सकेनौं । नेपाल एकीकरणको नाममा पृथ्वीनारायण शाहले हाम्रो मगरात भुमिलाई छिन्नभिन्न पार्ने काम गर्यो । पन्चायती ब्राह्मणवादी राज्य सत्ताले मगरात भुमिलाई विभिन्न जिल्ला अञ्चल र गाउँ पन्चायतमा बिभाजन गर्यो । अहिलेको शासकहरुले विभिन्न प्रदेशहरुमा बिभाजन गरि हाम्रो एकीकृत जातिय पहिचान असतित्वलाई समाप्त पार्ने काम गर्यो ।

-टी. बि पुन

मगर संघमा आएको धार्मिक सास्कृतिक बिचलनको पराकाष्ठा हो अहिलेको पुन जाति !

स्व.गोरेबहादुर खपाङ्गी मगर संघको अध्यक्ष हुँदासम्म मगरहरु एक किसिमले एकताबध्द लामवध्द थिए । उनले मगर जातिलाई बुद्धको दर्शन र शिक्षाबाटै एकताबध्द गर्न सकिन्छ भनेर २०५७ सालमा केन्द्रीय समितिको अधिवेशनबाट मगरको पहिचान धर्म बौद्ध निर्नय गराएका थिए । उहाँको असहमति राख्ने बामपंथी र दक्षिणपन्थि हिन्दु ब्राह्मणवादी मगरहरुले बौद्ध मगरको धर्म होइन प्रकृतिपुजक धर्म हो भनी राजनीतिक दलको झण्डामा उभिएर  हिज पनि ऊनीहरुले ब्राह्मण धर्मको समर्थन गरे । बौद्ध धर्मको बिरोध गरे । आज पनि बिरोध गरिनै रहेका छ्न ! आज पनि यो समाजमा ब्राह्मणवादिहरु नै हावी छ्न !

२०६३ सालमा पोखरा निवासी म्याग्दीका केही गाबिसका पुनहरु मिलेर पोखरामा मगर संघबाट छुट्टीएर  पुन मगर समाज गठन गरेपछि पुन समाजले हिन्दुवाद र ब्राह्मणवादको धार्मिक सामाजिक लाइन समाती रहेको देखिन्छ  । यसले पनि हामी पुनहरुको धर्म बौद्ध होइन प्रकृतिपुजक/करवाकेलि हो भन्दै ब्राह्मण झन्डा गाड्दै हिन्दू ब्राह्मण धर्मलाई अंगालिरहेको छ । उदाहरणका लागि आफ्नो कुटुम्बबाट तीन दिन मृत्युु संस्कार गर्ने पुनहरुलाई बाहुन पण्डित राखेर तेह्रदिन किरिया गर्न बाध्य पारिएको छ । तीन र तेह्रदिने पुनहरु बिच विवाहवारी चल्न छोडेको छ । यिनिहरुले शिव, राम, गणेश आदिको मन्दिर मुर्ती बनाएर बाहुनलाइ राखेर पुजापाठ गर्ने गर्दछ्न । कतिले जनै धारण गरेका छ्न । आफ्नो जन्म मृत्यु संस्कार बाहुन बिना पानी चल्दैन । बलिप्रथा यो समाजमा यति गाजिएको छ कि कुनैपनि कार्यक्रम गर्दा पहिलो बलिपुजा गरिन्छ । नाचगित चाडपर्व आदिमा हिन्दू ब्राह्मण संस्कृती गौमुत्र अबलम्बन गरिन्छ ।  हिन्दु भगवान देविदेवताहरुको स्त्रोत पाठ, पुजा गरिन्छ । समाज पुरै नाचगान मनोरञ्जन र भोगबिलासको संस्कृतिमा भुलिरहेको देखिन्छ । नवीन बैज्ञानिक सोच राख्ने, सामाजिक सहि मार्ग देखाउने शिक्षित पढालेखा व्यक्तिहरु छैनन् । खानेपिउने र मोजमस्तिमा रमाउने बिदेशी लाहुरे संस्कृती हाबी छ । यो मेरो करिब १२ बर्ष देखिको यस समाज भित्रको वाह्य अनुभव अध्यन हो ।

 म आफुपनि पुन समुदायको मान्छे आफ्नै भाइबन्धु समाज ठानेर आफुले लिएको बौद्ध शिक्षा यो समाजलाई दिउ ।केही गरौं न त भनेर केही नयाँ कार्यक्रमहरु सहित छिर्ने प्रयास गरेको थिए । यो मानिस बुद्ध हो । बुद्ध हाम्रो धर्म होइन भनेर मलाई गेट भित्र छिर्न समेत  दिइएन ! हुनत कास्की पोखराको मगर संघ  र पुन समाज दुबै  हिन्दू ब्राह्मणवादी संघ र समाज हो । आज मगर वा पुनहरुको जातीय कुरा गर्नेहरु ती मगर हुन वा पुन किन नहुन दुबै हिन्दू ब्राह्मणवादिहरु नै हुन ।

यी ब्राह्मणवादी मगर हुन वा पुन भनाउदा किन नहुन यिनका निजि स्वार्थका कारण आपसमा मेलमिलाप वन्धुत्व देखिदैन । यिनको सामाजिक लक्ष उद्देश्य पनि केही छैन । कार्यक्रममा अतिथि आसन ग्रहण  र बेसुरको राजनीतिक भाषण बाहेक अन्य सामाजिक शिक्षा केही कुनै छैन। यिनको ब्राह्मणवादी धर्म नै समाज टुटाउ- फुटाउ र राज गर नै हो ।

यहाँ स्मरण गराउ-  बुद्ध शिक्षाले नै सबै जातजातिहरुलाई एकतामा जोडेर राख्दछ बिखण्डन हुन दिदैन भनेर नै हामीले समाजमा बुद्ध शिक्षा बौद्ध जागरण अभियान निरन्तर  चलाइरहेका छौँ ।

१२५ जातिमा बिभाजित नेपाली समाज आज झनै बढेर १४२ जातिमा बिभाजित भएको छ ।  ब्राह्मणवादले सृजना गरेको  जातिवादको चक्रव्युहमा हामी फस्दै गैरहेका छौँ । बुद्धले हामीलाई  जातिवादबाट मुक्त हुने शिक्षा दिनुभयो । हामी जातिवादको अनुयायी बनेर जातीय संघमा आवद्ध हुने होइन कि जातजाति मिलेर जाति विहिन बौद्ध संघमा आवद्ध हुन आवश्यक छ । यी दुईमा यति फरक  छ कि-  जातीय संघमा जातजातिका कविला संकुचित कुराहरु हुन्छन् भने बौद्ध संघमा  बुद्धका मानव लोककल्याणकारी वहुजन हिताय वहुजन सुखाय विषयका उदार कुराहरू हुन्छन् ।

अहिलेको राज्यसत्ताले पुनहरुलाई छुट्टै पहिचान दिएर मगरबाट अलग गरि म्याग्दी जस्तो मगर बाहुल्य जिल्लालाई मगर र मगरात भूगोलबाट अलग गर्ने काम गर्दैछ । यो जाती फुटाउ र शासन गर भन्ने ब्राह्मणवादी शासक वर्गको सुन्योजित षड्यन्त्र देखिन्छ । अहिले पुन र मगर फुटाउने बिग्रह गराउने जातिय द्वन्द्व सृजना गरेर ब्राह्मणवादी राज्यसत्ता आफुलाई मजबुत बनाउन खोजिरहेको छ । हामी यो गलत भ्रममा नपरौ । हामी पुन भनेकै मगर हौं । हामी मङगोल बंशका एउटै पू्र्खाका सन्तान मङगोल हौं । यहाँ पुनलाई मगरले अन्याय अत्याचार र शासन गरेको होइन । यो देशको एकल जातिय नश्लवादी ब्राह्मणवादी हिन्दु राज्य सत्ताले हामीलाई पर राखेर हामी माथी शासन गरेको छ । हामी फुटेर होइन एकजुट भएर ब्राह्मणवादी राज्य ब्यबस्था विरुद्ध आफ्नो हक अधिकारका लागि लड्नु पर्दछ ।

जय मगरात !

5 0
Happy
Happy
25 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %