विश्व कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान (फोटो फिचर सहित)

Read Time:2 Minute, 57 Second

हुम थापा

ललितपुर, १७ जेठ – विश्व कीर्तिमानी सगरमाथा आरोही बेलायती सेनाबाट अवकाशप्राप्त हरि बुढामगरलाई ललितपुर, जावलाखेलस्थित रिडी लवन्ज ताम्राकार भवनमा एक कार्यक्रमबीच भव्य रुपले सम्मान गरिएको छ ।

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ, केन्द्रीय समिति, मगर समाज सेवा केन्द्र, नेपाल र नेपाल मगर बौद्ध समाज सेवा समितिद्वारा संयुक्तरुपमा १६ जेठ, २०८० का दिन बुढामगरलाई सम्मान गरिएको हो ।

बुढामगरलाई सम्मान गर्न नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ, केन्द्रीय समितिका साथै लुम्बिनी, गण्डकी र बाग्मती प्रदेश समितिका पदाधिकारी सदस्यहरू उपस्थित हुनुभएको थियो । सम्मान कार्यक्रममा तिनै संस्थाका अध्यक्ष, पदाधिकारी र सदस्यहरू का साथै सुरप्रभा पोष्ट डटकमका प्रधान सम्पादक भावेश भुमरीले आरोही बुढामगरलाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रम नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ, केन्द्रीय समितिका अध्यक्ष हुमबहादुर थापामगरको सभाध्यक्षमा महासचिव क्या. भीमबहादुर रानामगरले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष सु. लुमबहादुर सारुमगरले स्वागत मन्तव्य दिनुभएको थियो ।

बेलायती सेनाको तर्फबाट अफगानिस्तानको गृहयुद्धमा भाग लिनुभएका आर्मी नं. २११७०१७८ कर्पोरल हरि बुढामगरले २०१० मा घुँडाभन्दा माथिबाटै दुवै खुट्टा गुमाएपश्चात् सेनाबाट अवकाश लिनुभएको थियो ।

बुढामगरले २०८० जेठ महिनाको ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोलाई कीर्तिमानीका साथ २५ घण्टा लगाएर चुम्न सफल हुनुभएको थियो ।

रोल्पाको मिरुल गाउँमा ई. सं. १९७९ मा जन्मनुभएका बुढामगर १९ वर्षको उमेरमा बेलायती सेनाको रोयल गोरखा राइफल पल्टनमा ई. सं. १९९८ मा भर्ती हुनुभएको थियो । ४३ वर्षका बुढामगर सपरिवार बेलायतको केन्टबरीमा बस्दै आउनुभएको छ ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %