यी आन्दोलनकारीले हिजाे ठान्थे हाेला तर अब..

Read Time:1 Minute, 9 Second

काङ्ग्रेस मेरै पार्टी हाे
काङ्ग्रेस नेता मेरै नेता हाे
रूख मेरै चिन्ह हाे
भाेट रूखमै हाे ।

एमाले मेरै पार्टी हाे
एमाले नेता मेरै नेता हाे
सुर्य मेरै चिन्ह हाे
भाेट सुर्यमै हाे ।

माओवादी मेरै पार्टी हाे
माओवादी नेता मेरै नेता हाे
हँसियाहथौडा मेरै चिन्ह हाे ।
भाेट हँसियाहथौडामै हाे ।

तर अहिले
रूख, सुर्य र हँसियाहथौडामा
हालेकाे भाेटकाे सरकारले
टाउकाे फुटाएकाे छ
ढाड भाँचिदिएकाे छ
जिउभरि निलडाम बनाई दिएकाे छ ।
ज्यान लिईदेकाे छ ।

अब यी आन्दोलनकारिले भन्दैछ
अब त पख्लास!
अब त हेर्लास!
अब त खालास!
अब त पाउलास!
अब त ख्यास्लास!
अब त देख्लास!
भन्दैछ
काङ्ग्रेस र एमाले
माओवादीकाे
काउन्टडाउन सुरू भएकाे छ
उत्थानबाट पतन हुँदैछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %