२०२३ काे मिस नेपाल श्रीच्छा प्रधान बनिन्

Read Time:1 Minute, 57 Second

जेठ १४, २०८०
राज्यसत्ता संवाददाता
मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् । शनिबार गोदावरीस्थित आयोजित प्रतिस्पर्धामा २३ वर्षीया प्रधानले मिस वर्ल्ड २०२३ हात पारेकि हुन् । उनलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिएकि थिईन । यश सुन्दरी प्रतियोगितामा २४ ले प्रतिस्पर्धा गरेका थिए ।

मिस नेपाल श्रीच्छा प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरेकि थिईन । मिस नेपाल विजेता श्रीच्छा प्रधान काठमाडौँकी स्थायी बासिन्दा हुन् । उनले वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।

मिस नेपाल प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पारेकी छिन् । यसरिनै प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जितेकि छिन् । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएकाे थियाे ।

मिस नेपाल कार्यक्रमको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्दै आएको छ । यस वर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउने छिन् । यस पटकको नयाँ मिस नेपाल प्रधानलाई अर्को वर्षको मिस वर्ल्डमा पठाइने द हिडन ट्रेजर कम्पनीले जानकारी दिएको छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %