रेशम चौधरीसहित ५ सय १ जनाकाे राष्ट्रपतिद्वाराकैद माफी

Read Time:1 Minute, 5 Second

जेष्ठ १४, २०८०
राज्यसत्ता संवाददाता
मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गते बसेकाे बैठककाे सिफारिस अनुसार कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद राष्ट्रपति रामचन्द्र पौडेलले माफी गरेका छन् । गतेको सिफारिस अनुसार चौधरीलगायतको कैद माफी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पाैडेलले गणतन्त्र दिवसको अवसरमा आइतबार नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरि दिएका हुन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %