जनमुक्तिको हार भनेको सारा नेपालीको हार हो

Read Time:4 Minute, 17 Second

पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नेपाली जनताले हाम्रो अधिकार, मुद्धा, र एजेण्डा बोक्ने पार्टी र अनुहार होइन हाम्रो अनुहार र थर मात्र बोकेको उम्मेदवार चाहिएको रहेछ । तसर्थ तन (शरिर) उत्पिडित जातिको मन (पिडक) जाति र पार्टीको वा खोल (शरिर) सत्ताविहिन जातिको सोल(आत्मा) सत्तासिन जातिको अझ भनौ ज्यान(शरिर) जनजाति, दलित मुस्लिम, मधेसि, महिला, सिमान्तकृत र किनाराकृतको ज्ञान(नीति) सत्ताधारि केन्द्रीकृत जातिको उम्मेदवारहरुले जित हासिँल गरे । जुन उम्मेदवारहरुले बहुभाषिक विश्वद्यालय, उत्पादनमूलक शिक्षा, भुगोल, माटो, हावा, पानी र सामाजिक परिवेश सुहाउँदो संघीय शिक्षा, प्राविधिक शिक्षा (नयाँ कम्प्यूटर, घडी, कार, मोबाइल कसरी बनाउने भन्ने शिक्षा), बैज्ञानिक, व्यवहारिक(पशुपालन, माछा, फलफुल खेती, पशुपंशी पालन कसरी गर्ने शिक्षा) शिक्षा लागु गर्नुपर्छ भन्ने राष्ट्रिय जनमुक्ति पार्टीको उम्मेदवारहरुले चुनाव हारे । जुन पार्टीको उम्मेदवारले संघीय, पहिचान, जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, समानता सबैखाले विभेदरहित समाजको कल्पना ग–यो त्यो पार्टी जनमुक्तिले हा–यो । यो चुनाव जनमुक्तिले हारेको होइन सबै जातिलाई सत्तामा पुर्याउनु पर्छ भन्ने समानुपातिक सिद्धान्तले हारेके हो । यो चुनाव जनमुक्तिका उम्मेदवारहरुले हारेको नभई सबै भाषामा शिक्षा, एकल जातिको सरकार नभइ बहुल जातिको सरकार बनाई नेपाललाई समृद्ध, शान्ति र विकसित मुलुक बनाउनु पर्छ भन्ने बिचारले हारेको हार हो ।सारा नेपालीको हार हो ।

जनमुत्तिले के अपराधिक माग गर्यो सबै जातिलाई समानुपातिक समावेशि आधारमा राज्यसत्तालगाएत सबै क्षेत्रमा प्रतिनिधित्व गनुपर्छ भन्दा ?
जनमुक्तिले के अन्याय माग गर्यो सबै भाषामा शिक्षा व्यवस्था गनुपर्छ भन्दा ? जनमुत्ति पार्टी यसका उम्मेदवारहरुले के अमानविय माग गर्यो धर्मनिरपेक्षता, स्थानिय स्वयत्तता, ६० वर्षमा वृद्धाभक्ता (भलै मनमोहन सरकारको पालाम एमालेले यो सिद्धान्त चोर्यो), बेरोजगार युवालाई बेरोजगार भत्ता दिनु पर्छ भनि २०४७ साल देखि आफ्नो आवाज बुलुन्द गर्दा ? कुन आदिवासि जनजाति, दलित, मुस्लिम, महिला, मधेसि, सिमान्तकृत तथा किनाराकृत जातिलाई घाटा थियो यि मुद्धा स्थापित भई व्यवहारमा लागु हुँदा ? सोचौं आ–आफ्नो दृष्टिकोणबाट ! अझ दुरदृष्टि लिएर सोचौं यी मुद्धा अरु पार्टीले लागु गरेनी हुन्छ यसम जनमुक्ति पार्टीको कुनै गलफक्ति र आपत्ति छैन् । यो जिम्मेवारी सबैको पार्टी र जातिको हो । कुनै पार्टीले यि मुद्धा पूरा नगरे अवस्य जनमुक्तिले एक दिन पूरा गर्ने छ ।

द्रष्टव्य: २०७४ जेष्ठ १२ गते मेराे फेसबुकमा प्रकाशित लेख हाे । समय सान्दर्भिक लागेकाले राज्यसत्तामा प्रकाशन गरेकाे हुँ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %