मानिसकाे जिवननै सबैपक्षकाे ऋणैऋणमा रहेछ तथा मानिस ईर्ष्यालु र लाेभिपापी रहेछ

Read Time:5 Minute, 38 Second

पूर्ण बहादुर राना

मानिस आमाको काेखकाे साथदेखि शाेककाे घाटसम्म ऋणैऋणमा छ ।

१. पहिलाे ऋण हामीलाई हाम्रा बाबाआमाले जन्माएर, बुद्धि ज्ञान दिएर र हुर्काएर लगाई दिनु भयाे ।
२. दाेश्राे ऋण शिक्षकहरूले शिक्षा दिएर ऋण लगाई दिनु भयाे ।
३. तेश्राे ऋण गार्हाेसार्हाे अप्ठ्यारो र आपतविपतमा सहयोग गर्ने आफन्त, छरछिमेक, साथीभाईले आर्थिक, भाैतिक र नैतिक ऋण लगाई दिनुभयाे ।

४. चाैंथाे सरकारले नेपाली नागरिक बनाएर, सुरक्षा दिएर अनि लगानी गरेर ऋण लगाई दिएको छ । हामी पनि अनाैंठाे छाैं । सरकारले राष्ट्रिययता दियाे, नागरिकता दियाे, शिक्षादीक्षा र सुरक्षामा लगानि गरिदियाे । फेरि त्यहि सरकमरसँग जागिरकाे आस गर्छाैं । हामी नेपालीले जागिर सिर्जना गर्ने तर्फ ध्यानै दिएनाैं । जागिर सिर्जना गर्ने व्यापार व्यावसाय, उद्योगधन्दा कलकारखाना खाेल्ने, सिर्जनशील हुने, आविस्कार गर्ने, नवपर्वतक हुने काेसिस नै गरेनाैं ।

५. पाँचौ हाम्रा पितापुर्खा र बाबाआमाकाे अस्तित्व, मानव जातिकाे अस्तित्व, बनस्पति र जिवजनवारकाे अस्तित्व अर्थात सजिव निर्जिव सबैकाे अस्तित्व कायम गरि दिने याे प्रकृतिले हामीलाई ऋण लगाई दिएकाे छ । याे प्रकृति(भगवान, अल्लाह, परमेश्वर, सुम्निमा पारूहाङ)ले पर्यावरण र वातावरण बनाई हामीलाई सास फेर्नलाई अक्सिजन, तिर्खा लाग्दा पिउने पानी, भाेक लाग्दा खानकाे लागि खाद्यान्न, नाङ्गो शरीर ढाक्न लत्ताकपडा, बिरामी पर्दा अाैषधि र बास बस्नकाे लागि ठाउँ(घर) दिएको छ । कुनै जिवलाई पानीको बास बनाई दिएकाे छ । कुनै जिवलाई रूखकाे हाँगा, कुनैलाई ओडार,कुनैलाई माटाे मुनि दुलाे, कुनैलाई रूखकाे ताेंड्का, कुनैलाई जिवलाई भुँई आदि ईत्यादि बनाई दिएकाे छ ।

तर यसरी जीवन र प्राण दिने प्रकृति बिगार्ने मानिसनै हाे । बढि ईर्ष्यालु, बढि तृष्णा(लाेभलालच) भएकाे जाति मानिसनै हाे । वातावरण बिगार्नेमा मानिसकाे हात छ । आफ्नो सुरमा बगेकाे पानीलाई थुनेर बिजुलि निकाल्ने, यताउता गर्ने काम मानिलेनै गर्छ। नत याे काम चील, ढुकुर, फिस्टेले गिद्धले गर्छ । नत हात्ती गैंडाले गर्छ । नत ह्वेयल, भ्यागुता, माछा र गाेहिले गर्छ । ढुङ्गामाटाेलाई चलाएर यताउता गर्ने स्वार्थि लाेभि पापी हामी मानिसनै हाे ।

कति ईर्ष्यालु हामी मानिस सर्प, गाेहि, चितुवा, बाघ, हरिण, मृग खरायाे दगुरेकाे देखेर रेल, गाडि बाईक, साईकल बनाएर प्रकृतिलाई दाेहाेन गर्याे ।

चिल, गिद्ध, चरा आदि उडेकाे ईर्ष्या गरेर रकेट, हेलिकप्टर र जहाज बनायाे । फेरि प्रकृतिलाईनै दाेहाेन गर्याे ।

पानीमा ह्वेल, माछा, गाेहि पाैडेकाे ईर्ष्या गरेर उनिहरूझैं पाैडिनकाे लागि पानीजहाज,स्टिमर, डुङ्गा बनायाे । र फेरि पनि प्रकृतिकै दाेहान गरिरह्याे ।

कति ईर्ष्यालु र लाेभि मानिस आकाशमा रहेकाे चन्द्रमाकाे ज्याेति देखेर, ताराकाे ज्याेति देखेर बिजुलि निकाल्याे । बल्ब बनायाे । लाईट बनायाे ।

अब प्रकृति तर्फ फर्काैं । बढि यातायातको साधन प्रयाेग नगराैं । मानिस दैनिक जिवनमा ५ किलोमिटर भन्दा बढि हिंडेर अफिस वा आफ्नो कर्मथलाे(काम गर्ने ठाउँमा) जानू पर्दैन । त्यति ५ किलोमिटर हिंडाैं यदि हामी अपाङ्ग वा राेगि छैन भने । बरू सकेकाे दुरि खुट्टैले हिंडाैं । घाेडामा हिंडाै । गाडामा हिंडाै । ठूलाठूला जलाशययुक्त विद्युत उत्पादनकाे विकल्प खाेजाैं । उर्बर ठाउँलाई कङ्क्रिटाईज (गिटिबालुवा र अलकत्रा)ले नभराैं ।

पानीलाई आफ्नै बाटाेमा बग्न दिअाैं । ढुङ्गा माटाेलाई जहाँ छ त्यहीँ रहन दिउँ । अनविकरणीय(Non renewable) स्राेत(पेट्रोल, डिजेल, ग्याँस) काे प्रयाेग कम गर्दै जाउँ । बरू जति प्रयाे गरे पनि प्रकृतिले दिएकाे साैर्य उर्जा, हावा र पानी र अन्य बनस्पतिजन्य विकरणिय(Renewable) ईन्धनकाे खाेजि गराैं । स्वास्थ प्रकृति, पर्यावरण र वातावरण त हामीलाई मात्रै हाेईन भविष्यका सन्ततिलाई पनि चाहिएला ।

2 0
Happy
Happy
50 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %