गर्व गर मगर, गर्व गर-कविता

The Magars Association’s Flag

पुर्वकाे मगरलाई चिमाेटे
पश्चिमकाे मगरकाे चित्त दुख्नुपर्छ
पश्चिमकाे मगरलाई चिमाेटे पुर्वकाे मगरकाे चित्त दुख्नु पर्छ ।
यस्तै साेंच पुर्वपश्चिम उत्तरदक्षिण देश विदेश र हिमाल पाहड तराईमा बस्ने मगरकाे पनि हुनुपर्छ ।

अहिले मगरले अरूलाई ठग्न सक्दैन
मगरले मगरलाई नै ठग्छ
मगरले मगरलाई धाेका दिनु हुँदैन
एकआपसमा माया र साथ सहयाेग दिनुपर्छ
मगरले असत्य र अन्याय काममा अघि बढ्ने हाेईन
न्याय र सत्यकाे बाटाे समाउनु पर्छ ।

जसले गरेपनि राम्राे, न्याय र सत्यलाई साथ दिनुपर्छ ।

अब मगरले मगरलाई विश्वास गर्नु पर्छ
अरूलाई विश्वास गर्ने मगरलाई नगर्ने हाेईन

मगर आफू मगर भएकोले सानाे साेच्ने हाेईन
मगर भएकाेले आफैलाई असक्षम साेंच्ने हाेईन
मगर भएकाेले कमजाेर साेंच्ने हाेईन
अब त आफुले आफैलाई
असल, सक्षम र ईमानदार साेंच्ने बानि गर्नुपर्छ ।

मगरले मगर भएकाेमा गर्व गर्नुपर्छ
किनकि
पहिलाे प्रधानमन्त्री भिमसेन थापा मगर थिए
पहिलाे अँग्रेजि भाषा भित्र्याउने गरूणध्वज राना मगर थिए
नेपालकाे पहिलाे गण मगर गण गाेरखगणनै थियाे
पहिलाे सहिद लखन थापा मगर थिए

1st Martyr of Nepal, Lakhan Thapa Magar


आदिवासीमा पहिलाे पार्टी राष्ट्रिय जनमुक्ति पार्टी खाेल्ने मगर थिए
जुन पार्टी
जनमुक्तिले पार्टीले संघीययता कुरा उठायाे
धर्मनिरपेक्षता कुरा उठायाे
स्थानीय स्वायत्तता उठायाे
६० वर्षमा बृद्धाभबत्ताकाे माग उठायाे
मातृभाषामा शिक्षाकाे माग उठायाे
जातीय समानुपातिक प्रतिनिधित्वको माग उठायाे ।

गर्व गर मगर गर्व गर
आफ्नो जातिले गरेकाे सहि काममा गर्व गर ।

मेल्क्हाट सिंजालि मगर