त्रिभुवन विमानस्थलबाट क्यानडियन नागरिक ९ केजीे सुनसहित पक्राउ

Read Time:1 Minute, 54 Second

माघ १९, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — क्यानेडियन नागरिक ९ केजि सुन सहित त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् । उनी युएई मूलका क्यानडेली नागरिक हुन् । उनी दुबईबाट जहाजमा आवराति काठमाडौं आएका थिए । युएई मूलका क्यानडेली नागरिक हमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाे भनाई अनुसार मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरेका थिए ।

ती क्यानेडियन नागरिकले आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन कम्मरमा फल्स बटन बनाएर ल्याएका थिए उनले ल्याईएकाे नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको पाण्डेले बताए ।
अहिले उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

ती क्यानेडियन नागरिकले उक्त सुन भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाइँदै आइएका थिए । गत महिना दुई सुडानी १९ केजी सुनसहित पक्राउ परेका थिए । अनुसन्धानमा खटिएका अधिकारीका अनुसार बुधबार राति बरामद गरिएको सुन पनि १९ केजि सुनकै निरन्तरता हुन सक्ने बताए । अनुसन्धान अधिकारिहरूले सुडानी र क्यानडेली नागरिकको संलग्नता र नेक्ससमामाथि केन्द्रित भएर पनि अनुसन्धान थालेका छन् ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %