पाल्पाको रिब्दीकोटमा दुई दिने बुद्ध परियति शिक्षा संचालन

Read Time:1 Minute, 24 Second

पाल्पा, पुस २४- रिब्दीकोट- ठिमुरे घोर्लीखरकको रिब्डीकोट बुद्ध बिहारमा दुई दिने परियति शिक्षा सन्चालन भएको छ ।

विहारका अध्यक्ष हुमबहादुर पचभैयाको अध्यक्षतामा अन्तर्राष्ट्रिय परियति उदय विहार रूपन्देही शंकरनगरका महासचिव एवं बरिष्ठ मगर वापा याम बहादुर बाकाबल मगरले परियति शिक्षाको प्रशिक्षण दिनुभएको छ । प्रशिक्षण २४ र २५ गरि दुई दिन सम्म चल्ने छ । प्रशिक्षणमा विहारको सचिव जुद्ध बहादुर पचभैया मगर , कोषाध्यक्ष मिना राना मगर , वापा टंक बहादुर राना मगर सहित ११ जना बिध्यार्थीले प्रशिक्षण लिईरहेका छन । प्रशिक्षकज्यूले विहारका अध्यक्षलाई बिध्यार्थीहरुलाई दिन कापी कलम हस्तान्तरण गर्नुभयो ।
परियति शिक्षा प्रशिक्षण दिनु अघि प्रशिक्षक तथा वापा यमबहादुर बाकाबलज्यू द्वारा परिक्षार्थी र अनागरिकहरु संग बुद्ध पुजा गरिएको थियो ।


भवतु सब्ब मङ्गलम् ! साधु साधु साधु !!

7 0
Happy
Happy
71 %
Sad
Sad
0 %
Excited
Excited
29 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %