
पुस १७, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिन सरकारसमक्ष रेल निर्माण प्रक्रिया छिटाे सम्पन्न गर्न अपिल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले साे कुरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन क्रममा बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले चीनले नाकाहरु खोल्ने र रेलवे निर्माणका लागि सर्वे प्रक्रिया अघि बढाएको छ । अन्य ठूला परियोजना अघि बढेको छ,’ दाहालले भने, ‘म चीन सरकारसँग अपिल गर्न चाहान्छु यसलाई गति दिएर सम्पन्न गरेर नेपाली युवाहरुका लागि रोजगारी सिर्जना गर्ने र नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्ने सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्न चाहान्छु ।’
प्रधानमन्त्री प्रचण्डले पाेखरा धेरै राष्ट्रसँग सिधै सम्पर्क गर्ने केन्द्र बनेको बताए । पर्यटकिय नगरि पाेखराले कास्की, गण्डकी प्रदेश र नेपालकै अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने सुनिश्चित रहेको प्रचण्डको भनाइ थियो ।
पोखरा विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको विमानस्थल हो । यो विमानस्थल सहित नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् ।
