फुटबलका ‘काला मोती’ पेले, विश्वकपमा सबैलाई पेले

Read Time:2 Minute, 49 Second

पुस १६, २०७९
राज्यसत्ता संवाददाता


´यदि तपाईं पहिलो हाे भने तपाईं पहिलोनै हाे । यदि तपाईं दोस्रो हाे भने, तपाईं केहि पनि हाेईन ।` याे भनाई फुटबलका कालाे माेति भनेर चिनिने पेलेकाे हाे । उनकाे याे भनाईले उनकाे आफ्नो जीवनकाल भरि फुटबल खेलमा दाेश्राे नभई पहिलाेनै हुनु पर्ने दृढ संकल्प हाे ।

यस्ताे अटल विश्वास रहेका पेले क्यान्सर राेगकाे कारणले विश्व फुटबलका बादशाह ८२ वर्षे पेले सदाकाबिहीबार मध्यरातमा निधन भयाे ।

सन् १९६३ अप्रिलमा ब्राजिल र फ्रान्सको फुटबल प्रतियोगिताबीच रेफ्रीको भनाइ सुन्दै पेले । तस्बिर : एएफपी/रासस

फुटबल खेलका महाराजा पेलले सन् १९५८, १९६२ र १९७० मा गरी तीनपटक ब्राजिललाई विश्वकप दिलाए थिए । फुटबलको विश्वकपमा तीन पटक विश्वकप उपाधि जित्ने सौभाग्य उनलेझैं अरूले पाएका छैनन् । उनी १७ वर्षकाे हुँदा पहिलो पटक जितेका थिए । हालसम्म यति सानाे उमेरमा विश्वकप फाइनल खेल्ने र गोल गरेको कीर्तिमान कसैले कायम गर्न सकेकाे छैन्  ।

सन् २०१२ जनवरी ९ मा जुरिकमा आयोजित फिफा बलोन डि’ओर अवार्डको कार्यक्रममा अर्जेन्टिनाका फर्वार्ड लियोनल मेसी (बायाँ)‚ ब्राजिलियन फर्वार्ड पेले (बीचमा) र ब्राजिलियन फर्वार्ड नेयमार (दायाँ) । तस्बिर : एएफपी/रासस

पेले अश्वेत नागरिक भएर पहिलाे पटक सन् १९९४ देखि १९९८ सम्म पेले ब्राजिलको खेलकुदमन्त्री बनेका थिए । उनका समकालीन साथि डिएगाे म्याराेडाेना र पेले काे सर्वाेत्कृष्ट भन्ने बहस ब्राजिलमा लामाे समयसम्म चल्याे । पेले र मयाराडोनामध्ये ‘को सर्वोत्कृष्ट’ भन्ने बहस सधैंका लागि अन्त्य गर्नका लागि पेलेले आफ्नो आमासँग साेध्न पठाज्ञका थिए । र कुटनैतिक उत्तरमा उनले भनेका थिए, ‘मेरो आमालाई सोध्नुहुन्छ भने मै उत्कृष्ट हुँ, पेलेको आमालाई सोध्नुहुन्छ भन्ने पेले नै उत्कृष्ट हुनेछन् ।’

विश्वकपमा आफ्नो मुलुकलाई पहिलो उपाधि दिलाउन अन्य मुलुकलाई पेलेले सबैलाई नाम अनुसारै पेले ।

2 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %