विकृत पारिएको समानुपातिक

Read Time:12 Minute, 50 Second

पूर्ण बहादुर राना

काठमाडौं
२०७९ मंसिर २९

नेपालमा दुई प्रकारको निर्वाचन प्रणाली अभ्यासमा छन् । यसलाई मिश्रित निर्वाचन प्नणाली पनि भनिन्छ । जुन यस प्रकारको छ ।
१. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली
२. समानुपातिक निर्वाचन प्रणाली
अहिले अभ्यासमा रहेकाे पहिलाे हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा जाति, भाषा, धर्म, लिङ्ग र क्षेत्रको आधारमा नभइ सबै निर्वाचन क्षेत्रबाट एउटै जातिका उम्मेदवार भए पनि केहि फरक पर्दैन । निर्वाचन आयाेगलाई स्विकार्य हुन्छ । यो निर्वाचन प्रणाली नेपाल जस्तो असमान र विभेदको खाडल भएको मुलुकमा उचित हुँदैन । किनकि यो निर्वाचन प्रणालीले शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक रुपमा सचेत जातिय समुदाय ब्राह्मण जाति जस्तालाई सजिलोसँग चुनाव जित्न सघाउ पुर्याउँछ भने शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक रुपमा सचेत भइ नसकेका जातिहरु(आदिवासी, मुस्लिम, मधेसी, दलित, अल्पसंख्यक राउटे, चेपाङ, वादी) जस्ता जातिय समुदायहरुलाई चुनाव जित्न महाभारत युद्ध सरह हुने गर्दछ ।


पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा अल्पमतले शासन चलाउँछ भने बहुमत हारेर बस्नु पर्ने हुन्छ । जस्तै एकलाख(१,००,०००)मत भएको क्षेत्रमा ५ जना (सुगम, समित, श्याम, राम र गीता) नाम गरेका उम्मेदवार भएका छन् । सुगमले ३० हजार मत ल्यायो । समितले २८ हजार मत ल्यायो । श्याम भन्ने उम्मेदवारले २० हजार मत ल्यायो । राम भन्ने उम्मेदवारले १४ हजार मत ल्यायो । र गीता नामका उम्मेदवारले ८ हजार मत ल्यायो । यस तथ्याङ्कमा समित, श्याम, राम र गीताको मत क्रमशः २८,०००+२०,०००+१४,०००+८,००० जोड्दा ७० हजार मत हुन्छ । यस निर्वाचन प्रणालीले सुगमले प्राप्त गरेको ३० हजार मत निर्णायक हुन्छ । अन्य उम्मेदवारहरूले प्राप्त गरेको ७० हजार मत कमजोर हुन जान्छ । ७० हजार मतकाे लेखाजाेखानै हुँदैन ।


पहिलो हुने निर्वाचित हुने निर्वााचन प्रणालीमा तडक भडक, भड्किलो, बढि खर्चिलाे, धाकधक्कु लगाउने र रवाफ देखाउने खालको हुन्छ । यस निर्वाचन प्रणालीले गर्दा चुनावको बेलामा धेरै ब्रोइलर कुखुरा, सिंगानी बाख्रा, लाम्टि सुँगुर र लिखे भैंसि काट्नेमार्ने काम हुन्छ । यो निर्वाचन प्रणालीले नेपाली दाजुभाई र दीदिबहिनी बिच बोलीचाली बन्द, मेलापात र अर्मपर्म बन्द हुन्छ । कहिलेकाँहि टाउको फुटाफुट, हातखुट्टा भाँचाभाँच र कतिपय अवस्थामा ज्यानै लिने गरेको घटना छ । यस निर्वाचन प्रणालीमा एउटा सांसद जित्न दशौं करोड खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अविकसित र अशिक्षित मुलुकमा याे निर्वाचन प्रणाली बढि खर्चिलाे हुने भएकोले खारेज गर्नु माग उठ्ने गर्छ ।

२. नेपालमा समानुपातिक निर्वाचन प्रणाली पनि अभ्यासमा छ । वास्तवमा समानुपातिक सहअस्तित्व र आरक्षणकाे उच्चतम रूप हाे । समानुपातिक निर्वाचन प्रणाली विकृत(Distort) पारिएको छ । विकृतकाे अर्थ बिगारेकाे हुन्छ । विकृतको बारेमा म एउटा किस्सा भन्न चाहान्छु । कुनै एक शहरमा एउटा केटा र एउटा केटी शहरकाे एउटै टाेलमा बस्दारहेछन् । केटी असाध्य राम्री तर केटो नराम्रो रहेछ । केटाले केटीलाई असाध्य मन परेछ । अनि केटाले केटीलाई धेरै पटक लभको प्रस्ताव गरेछ । तर केटीले मानेनछ । केटाले धेरै पटक आइ लभ यू भने । प्रस्ताव गरे । फकाए । तर केटीले मानिनन् । केटीलाई धेरै फकाउँदा पनि नमाने पछि यो केटी यसै मेरो नहुने उसै मेरो नहुने बरु कसैको पनि नहोस भनेर मनमनै केटाले केटीको सुन्दर अनुहार विकृत पारिदिने निधो गरे । अनि उसले एक सिसि तेजाव लिएर केटीको अनुहारमा छर्किदिएछ । केटीको अनुहार विकृत अर्थात कुरुप भएछ ।


अहिले प्रचलनमा रहेको समानुपातिक निर्वाचन प्रणालीलाई काङ्ग्रेस र कम्युनिस्टले कुरुप पारेकाेछ । विगारेकाे छ । विकृत पारेको छ । विशेषत जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने तर दललाई खसेकाे मतकाे आधारमा समानुपातिक प्रतिनिधित्वकाे व्यवस्था छ । समानुपातिक सांसद हुनको लागि कुन दलमा सक्रिय छ । दलमा पनि कुन समुहको र कुन नेताको नजिक छ सो कुराले निर्धारण गर्दछ । शक्तिशालि नेताकाे पछि लाग्ने काे सिट सुरक्षित हुन्लाछ ।अहिले लागु भएको समानुपातिक प्रणालीले जातीय मुक्ति नभई दलिय मुक्ति दिन्छ । समुदायलाई शक्तिशाली नभई शक्तिहिन बनाएकाे छ । सत्तासिन दलको प्रमुख नेतालाई बढि शक्तिशाली बनाएको छ । त्यसैले त उत्पिडित महिलाले पाउनुपर्ने समानुपातिक सिटमा प्रधानमन्त्रि एवं काङ्ग्रेस सभापति शेर बहादुर देउवाकी श्रीमति आरजु राणा देउवा पर्छिन भने उत्पिडित मधेसी समुदायबाट बिमलेन्द्र निधि पर्छन् । यसमा अनौठौ मान्नु मान्नुपर्ने छैन ।

वास्तवमा मानुपातिक निर्वाचन प्रणालीले पिंध र फेंदमा परेका समुदायका व्यक्तिलाई समेट्नु पर्ने थियो । तर राज्यसत्तामा कुण्डलि मारेका पहुँचवालाकाे बाेलाबाेल छ ।
जनमुक्ति पार्टीले स्थापनाकालदेखि पूर्ण जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व माग गरेकाे छ । अर्थात २७५ संसद सिटलाई १००% मानेर जातिय जनसंख्याको आधारमा समानुपातिक सिटको बाँफाँडकाे माग गरेको हो । तर काङ्ग्रेस, एमाले र माओवादिले २७५ सिटबाट ४०% छुट्याई ११० सिटलाई समानुपातिक मानेको छ । यसको अर्थ २७५ को ४०% लाई १००% मानेको छ ।
(क) काङ्ग्रेस र एमाले माओवादीको समानुपातिक
प्रतिनिधि सभाको जम्मा २७५ सिटको ४०% अर्थात् ११० सिटलाई समानुपातिक मानि लागू गरेकाेले कुन समुदायले कति सिट पाउँछ अवलोकन गराैं ।
(अ) ११० सिटको समानुपातिक
काङ्ग्रेस, एमाले र माओवादीको समानुपातिक

काङ्ग्रेस, एमाले र माओवादीले लागु गरेको समानुपातिकदलित


१३.८%
आदिवासी जनजाति

२८.७ %


खस आर्य
३१.२ %


मधेसी

१५.३ %

थारु


६.६ %
मुस्लिम


४.४ %
अहिले सिट संख्या१५ ३० ३४ १६



अहिले लागु भएको ११० सिटको समानुपातिक

११० लाई १०० % मानि दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी थारु मुस्लिमलाई प्रतिशतको आधारमा बाँडफाँड गरेपछि बाँकि रहेको ३ सिट पिछडिएको क्षेत्र र आपाङ्ता व्यक्तिलाई प्रतिनिधित्व गराउँदा ११० सिट हुन्छ ।

(ख) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको १६५ सिटलाई पनि समुदायगत समानुपातिक प्रणाली लागु गरिएको भए कुन समुदायले कति पाउने थिए । हेरौं ।

काङ्ग्रेस, एमाले र माओवादीले समानुपातिक लागु गर्न नचाहनुको कारणदलित

१३.८%
आदिवासी जनजाति
२८.७

खस आर्य
३१.२ %

 मधेसी

१५.३ %

थारु

६.६ %
मुस्लिम
४.४ %
पाउनु पर्ने सिट संख्या२२ ४७ ५१
२५
१०
अहिले पाएको सिट संख्या४१९५२८सुन्य
काङ्ग्रेस, एमाले र माओवादीले लागु गर्न नचाहेको समानुपातिक


(ग) जनमुक्तिकाे जातिय जनसंख्याको आधारमा समानुपातिक

जनमुक्ति पार्टीले प्रतिनिधि सभाको जम्मा २७५ सिटलाई नै सत प्रतिशत(१००%) जातिय समानुपातिक निर्वाचन प्रणाली मानि लागु गर्नुपर्छ भन्ने माग हो ।
(आ) २७५ सिटको समानुपातिक

जनमुक्तिले नेपाललाई एक निर्वाचन क्षेत्र मानि लागु गर्ने
समानुपातिक
दलित
१३.८%
आदिवासी जनजाति
२८.७ %
खस आर्य
३१.२%
मधेसी
१५.३%
थारु
६.६ %
मुस्लिम
४.४ %
पाउने सिट संख्या३७ ७८  
८५
 ४२  १८   १२
जनमुक्तिको समानुपातिक

२७५ सिटमा समुदायगत प्रतिशको आधारमा सिट बाँडफाँड गर्दा बाँकि ३ सिट पिछडिएको क्षेत्र र अपाङ्गता व्यक्तिलाई प्रतिनिधित्व गर्दा २७५ हुन्छ ।

उपर्युक्त तालिका अध्ययन गर्दा गत मंसिर ४ गते सम्मपन्न निर्वाचनमा खस आर्यले ९५ सिट जितेको छ भने आदिवासिले ४१ सिट, मधेसिले २८ सिट, थारुले ६ सिट, दलितले १ सिट र मुस्लिमले सुन्य सिट जित जितेको छ । यदि जनमुक्ति पार्टीको बिचार जातीय समानुपातिक लागु भएको भए खस आर्यले ८५ सिट, आदिवासिले जनजातिले ७८ सिट, मधेसिले ४२ सिट, थारुले १८ सिट, १ सिट पाएको दलितले ३७ सिट र सुन्य सिट पाएको मुस्लिमले १२ सिट पाउने थिए । कुुनै पनि समुदायले शून्य सिट भनेर बस्नुपर्ने अवस्था हुने छैन् । सबैले भाग पाउने छन् । समानताको माग गर्ने जनमुक्ति पार्टीलाई किन विराेध गर्ने ? सबै जातिलाई प्रतिनिधित्व गरि माग्ने समानुपातिक सिद्धान्तलाई किन विराेध गर्ने?

तसर्थ सत्ताविहिन शासित जातिहरूले जनमुक्ति पार्टीलाई विराेध गर्नु भनेकाे जातीय समानुपातिक सिद्धान्तलाई विराेध गर्नु हाे । समानुपातिकलाई विराेध गर्नु भनेकाे हामीलाई अधिकार चाँहिदैन भन्नू हाे । शासक जातिले जनमुक्ति पार्टी र समानुपातिकलाई विराेध गर्नु भनेकाे नश्लिय एकाधिकारवाद कायम राखि रहनु हाे ।

4 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
17 %
Angry
Angry
33 %
Surprise
Surprise
0 %