मगर संघ बेलायतको छात्रवृत्तिबाट पाँचजना मगरहरू लाभान्वित

Read Time:2 Minute, 33 Second

राज्यसत्ता ललितपुर, असोज २५ – मगर संघ बेलायतको ‘मगर मास्टर डिग्री/पीएचडी ट्रष्ट फण्ड छात्रवृत्ति’बाट यस वर्ष पाँचजना मगरहरू लाभान्वित भएका छन् ।

लाभान्वित हुनेहरूमा वरिष्ठ पत्रकार, अधिवक्ता एवम् भर्तीको फन्दा र मगर इतिहास नामक पुस्तकका लेखक मनोज घर्तीमगर पिएचडी सोधार्थी पोखरा,

मास्टर इन एजुकेशन मेजर हेल्थमा दोस्रो सेमिस्टामा अध्ययनरत सुशिला आलेमगर धनकुटा,

कृषि (कृषि विभाग, मेजर वेज विज्ञान) मा तेस्रो सेमिस्टारमा अध्ययनरत मदनकुमार आले मगर पाल्पा,

स्नातकोत्तर अङ्ग्रेजी साहित्य दोस्रो सेमिस्टरमा अध्ययनरत कस्मिरा खासुमगर गुल्मी र

मास्टर डिग्री मानविकीअन्तर्गत रुलर डेभलपमेन्टको दोस्रो सेमिस्टारमा अध्ययनरत सुवानी पुनमगर प्यूठान रहेका छन् । ‘मगर मास्टर डिग्री/पीएचडी ट्रष्ट फण्ड छात्रवृत्ति’बाट लाभान्वित भएकाहरु दोष्रो ब्याजका हुन ।

२०२० – २०२२ को पहिलो ब्याजका छात्राहरुमा अमृता सारु मगर पाल्पा र मेनुका राना मगर स्याङजाले विज्ञान विषयबाट उच्च अंक प्राप्त गरि स्नाकोत्तर उतिर्ण गरिसकेका छन ।

मगर मास्टर डिग्री एण्ड पिएचडी ट्रष्टका अध्यक्ष मेजर कृष्णकुमार आलेमगरको अध्यक्षतामा ट्रष्टका कोषाध्यक्ष मेजर रामबहादुर पुलामीमगर ट्रष्टका सदस्य हुमबहादुर थापामगर, भिक्षु मध्यङ्कर स्थविरका साथै साहित्यकार एवम् पत्रकार भावेश भुमरीसमेतको उपस्थित रहेको थियो ।

२०७९ असोज १ गतेका दिन एकान्तटोल, एकान्तकुना जावलाखेल, ललितपुरमा छात्रछात्राहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

योग्य मानिसलाई दान दिए पुण्य प्राप्त हुन्छ – भिक्षु भेधङ्कर स्थबिर (नारायण बहादुर आले मगर)#१असोज ०७९

5 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %