नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष घर्तीमगरलाई आर्थिक सहयोग

Read Time:1 Minute, 37 Second

राज्यसत्ता,
काठमाडौँ, असोज १५ । नेपाल मगर संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष गुरुप्रसाद घर्तीमगरलाई नेपाल मगर भूपूू सैनिक तथा प्रहरी संघद्वारा रु. २९,९६०।– (उनन्तीस हजार नौ सय साठी रुपैयाँ) आर्थिक सहयोग गरेको छ ।

नेपाल मगर भूपूू सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिको मिति २०७९ असोज ६ गते चितवन जिल्ला, भरतपुरमा बसेको दोस्रो साधारणसभाले वरिष्ठ उपाध्यक्ष घर्तीमगरलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

दाङ जिल्लामा रहेको स्वयम् घर्तीमगरको ज्योति विकास बैंक लि. खाता नं. ०४२११४००११४१२२०००००६ मा असोज १३ गतेका दिन संघका अध्यक्ष हुमबहादुर थापामगरले बैँकमार्फत पठाइदिएका हुन् ।

उक्त रकम पठाउन नेपाल मगर भूपूू सैनिक तथा प्रहरी संघका पूर्व केन्द्रीय सदस्य एवम् नेपाल मगर संघ, केन्द्रीय समितिका कोषाध्यक्ष कमला थापाले पनि सहयोग गरेकी थिइन् । वरिष्ठ उपाध्यक्ष घर्तीमगरले सहयोग रकम प्राप्त गरी सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिनुभएको छ । गुरुप्रसाद घर्तीमगर लामो समयदेखि दुवै मृगौलाको उपचारार्थ हुनुहुन्छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %