नेपाल मगर संघको १२ औँ महाधिवेशन विधानम्मत गर्न निर्देशन

Read Time:6 Minute, 51 Second

काठमाडौँ सम्वाददाता
चैत्र २४ गते, काठमाडौँ । नेपाल मगर संघले यही चैत्र २५ देखि २७ गतेसम्म आयोजना गर्न गैरहेको १२ महाधिवेशनलाई जिल्ला प्रशासन कार्यालयबाट विधानसम्मत गर्न निर्देशन जारी भएको छ । यता प्रशासनको निर्देशनलाई ठाडो उलङ्घन गर्दै गाउँपालिका/नगरपालिकाका प्रतिनिधिहरूविनै महाधिवेशन गर्न संघका अध्यक्ष नवीन रोकामगर, महासचिव ज्ञानेन्द्र पुनलगायतका पदाधिकारीहरू दाङतिर लागेका छन् ।

मगर संघको ११ औँ महाधिवेशनबाट निर्वाचित नवीन रोकामगर अध्यक्ष रहेको कार्यसमितिमा अध्यक्ष नवीन रोकामगर, महासचिव ज्ञानेन्द्र पुन र विदेश विभाग सचिव रक्षा रैकामगरले विगत ६ वर्षदेखि संघमा निरन्तर रूपले आर्थिक हिनामिनाका कार्य गर्दै आएका छन् । आर्थिक हिनामिनालाई छोपछाप गर्नका लागि यिनीहरूले विधानविपरीत अनेक कार्य गर्दे आएका छन् । यिनीहरूले आर्थिक हिनामिनाबाट टाउको जोगाउनका लागि जसरी पनि ज्ञानेन्द्र पुनलाई १२ औँ महाधिवेशनबाट संघको अध्यक्ष बनाउने प्रपञ्च बुनेका छन् । यही कारण यिनीहरूले आफूहरू प्रतिकूल हुनसम्म महाधिवेशनको मिति तोक्दै र सार्दै आए भने विधानसम्मत कार्य कार्य होइन, जसरी पनि आफूहरू शक्तिमा रहिरहने भन्नेतिर ज्यान फालेरै लागेका छन् ।

गत माघ १८ गते नेपाल मगर संघ केन्द्रीय कार्यसमितिको बैठक बसी सङ्गठन सचिव जगत् रेश्मी संयोजक, विदेश सचिव रक्षा रैका सदस्यसिचव र टेक नाम्जाली, खगेन्द्र पुन, कमल थापालगायत ७ जना सदस्यहरू रहने गरी गाउँपालिका/नगरपालिकाका प्रतिनिधि अनुगमन टोली गठनको नाटक त गरे तर अनुगमका लागि कुनै निकायमा टोली पठाएनन् । स्थानीय निकायबाट प्रतिनिधि आउँदा आफूहरू चुनावमा नराम्ररी हार्ने भन्ने तथ्याङ्क पाइसकेपछि यिनीहरूले यही २०७८ चैत्र ३ को केन्द्रीय समितिको २० औँ बैठकमा विधान मिचेर स्थानीय निकायलाई महाधिवेशनबाटै बञ्चित गर्ने अप्रजातान्त्रिक र अवैध निर्णय गरे ।

आफ्ना व्यक्तिगत स्वार्थका लागि अध्यक्ष, महासचिव र विदेश विभाग सचिव आम मगरका प्रजातान्त्रिक हकअधिकार खोस्दै नेपाल मगर संघमा गाँजो गाढेर बस्ने षड्यन्त्रमा लागेको वास्तविकता छर्लङ्ग हुँदै आउँदा संघका गाउँपालिका/नगरपालिका र जिल्ला समन्वय समितिहरू रुष्ट हुन थाले । यसैको परिणामस्वरूप यही चैत्र २२ गते नेपाल मगर संघका ६ वटा जिल्ला समन्वय समिति र नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संघले आसन्न महाधिवेशनका लागि विधान मिचेको भन्दै अध्यक्ष नवीन रोकामगर, महासचिव ज्ञानेन्द्र पुन, विदेश विभाग सचिव रक्षा रैकामगर र सङ्गठन सचिव जगत् रेस्मीमगरलगायतका पदाधिकारीहरूलाई बोलाई सातै प्रदेश, जिल्लाहरू साथै केन्द्रीय समितिमा बुझाइएका आजीवन सदस्यहरूको अभिलेखीकरण झिकाई बुझी निजहरूलाई विधानअनुसार आवश्यक कानुनी कारबाही गरी पाऊँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा दायर गरे ।

चैत्र २३ गते जिल्ला प्रशासन कार्यलयले दुवै पक्षलाई बोलाई छलफलमा राख्यो तर अध्यक्ष नवीन रोका, महासचिव ज्ञानेन्द्र पुनलगायतकाहरूको हठका कारण समस्या समाधन हुन सकेन । जिल्ला प्रशासन कार्यालयको मुद्दालाई वेवास्ता गर्दै आज बिहानैदेखि अध्यक्ष नवीन रोका, महासचिव ज्ञानेन्द्र पुनलगायतका पदाधिकारीहरू महाधिवेशनका लागि व्यक्तिगत फोन, सामाजिक सञ्जाल फेसबुकलगायतका माध्यमबाट महाधिवेशन गरेरै छाड्ने र महाधिवेशनमा स्वागत छ भन्दै महाधिवेशनस्थाल दाङतिर लागेका छन् । यता जिल्ला प्रशासन कार्यालयले महाधिवेशन विधानसम्मत गर्नू भनी निर्देशन जारी गरेको छ । वैदेशिक शाखा इजरायल, विभिन्न जिल्ला समन्वय समितिहरू र भातृ संघहरूले भने प्रेस विज्ञप्ति निकालेर विधानविपरीत आयोजना गरिएको महाधिवेशनमा सहभागी नहुने कुरा जनाएका छन् । अध्यक्ष, महासचिव र विदेश विभाग सचिवका अप्रजातान्त्रिक मात्र होइन, सामन्ती क्रियाकलाप, चरम आर्थिक हिनामिना र बलमिचाइका कारण नेपाल मगर संघमा ठूलो भाँडभैलो मच्चेको छ ।

स्मरण रहोस्, अध्यक्ष नवीन रोका, महासचिव ज्ञानेन्द्र पुन र विदेश विभाग सचिव रक्षा रैकामगरको नियोजित र एकलौटी निर्णयले नेपाल मगर संघको वैदेशिक शाखा मगर संघ हङकङलाई दुई फ्याक बनाई क्षतविक्षत पारेका थिए । स्वयम् अध्यक्ष, महासचिव र विदेश विभाग सचिव भएको यस नेपाल मगर संघमा पनि यिनीहरूले आफ्ना स्वार्थका लागि अनेक हर्कत गर्दै आएका छन् । यदि संघमा कुनै समस्याका कारण अप्रिय घटना घटे ती घटनाहरूको जिम्मेवारी यिनै तीन पदाधिकारीले लिनुपर्ने आम मगरहरूको माग छ ।

6 0
Happy
Happy
40 %
Sad
Sad
20 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
40 %
Surprise
Surprise
0 %