वातावरणिय कथाहरूको संग्रह ‘ब्लु प्लानेट’माथि परिचर्चा

Read Time:5 Minute, 23 Second

विजय हितान

पोखरामा पर्या लेखक विजय हितानको कृति ‘ब्लु प्लानेट’ माथि परिचर्चा गरिएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालकोआयोजनामा पोखरा थियटरमा हितानको कृतिमाथि विमर्श गरिएको हो । ‘ब्लु प्लानेट’माथि प्राध्यापक कल्याण पन्तले कार्यपत्र प्रस्तुतगरेका थिए । यो हितानको वातावरणीय मुद्दामा केन्द्रित दोस्रो कथा कृति हो । यी वाहेक उनका अन्य विषय वस्तुमा ८ कृतिहरू प्रकाशिभैसकेका छन् । १५ कथा संग्रहित ‘ब्लु प्लानेट’माथि बोल्दै पन्तले वातावरण असन्तुलित हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

‘समाज, गाउँ देश, विदेशमा डुल्दा वातावरण विचलनका कुराहरु हुन्छन् । बाहिर नक्कली रुप देखिन्छ । तर, वातावरण भित्रभित्रै दोहनभइरहेको छ,’ उनले भने । लेखकको वातारणसम्बन्धी गहिरो बुझाइ रहेको भन्दै उनले खुसी व्यक्त गरे । उनको कथा संग्रहमा पृथ्वीकोपर्यावरणमा असन्तुलन देखापरेको र वातावरण दोहन हुँदै गएकोमा चिन्ता प्रकट भएको उनले बताए ।

लेखनमा केही ठाउँमा चुके पनि समग्रमा राम्रो र पढ्नै पर्ने कृति आएको उनको भनाई थियो । लेखकीय अनुभूति सुनाउँदै लेखक हितानलेपर्या लेखन अरुले पनि लेख्नुपर्ने बताए । उनले पर्यावरण साहित्यको महत्व र आवस्यकतामाथि प्रकाश पार्दै यसलाई जोगाउनका लागिसबै जना लाग्नुपर्ने बताए । ‘साहित्यीक संस्थाले अव भानु जयन्तिको साथै भालु जयन्ति पनि मनाउनपर्छ । हामीले मोति जयन्ति मात्रैहोइन माटो जयन्ती पनि मनाउन पर्छ । हामिले पर्या केन्द्रित भएर लेख्यौं भने प्रकृती संरक्षणमा मद्दत पुग्छ,’ उनले भने । 

कार्यक्रमको संयोजन पिएन क्यामेपसका लेक्चरर तथा अधिवक्ता दिपक पराजुलीले गरेका थिए । यसको संचालन जरोटुप्पोकामहासचिव मदन भन्डारीले गरेका थिए भने सभापतित्व यसै संस्थाका अध्यक्ष नारायण प्रसाद अधिकारीले गरेका थिए । वरिष्ठसाहित्यकार सरूभक्तको प्रमुख आतिथ्यमा सम्पन्न यस परिचर्चा कार्यक्रममा पोखरेली साहित्य अनुरागिको वाक्लो साथै उत्साहवर्धकउपस्थिती थियो । 

स्मरण रहोस एक हप्ता अघि वुटवलमा पनि ‘ब्लु प्लानेट’ उपर परिचर्चा गरिएको थियो । जसको आयोजना माधव गौतम र गिरी श्रिषकोसंयोजकत्वमा पाठक मंच द्वारा गरिएको थियो । हितानले वुटवलकै वाणिज्य क्याम्पसमा पनि लेक्चरर माधव पौड्याल र मायाआचार्यको संयोजनमा स्नाकोत्तर पढदै गरेका विध्यार्थिबिच पर्यालेखनबारे अन्तरकृया गरेका थिए । 

इको राइटिंगका अभियन्ता हितान पूर्व ब्रिटिस गोर्खा सैनिक हुन् । ग्रिनविच युनिभर्सिटीबाट वातावरण विज्ञानमा स्नाकोत्तरस्तरको अध्यनगरेका  हितान हाल बेलायतको इन्भायरोमेन्ट एजेन्सीमा वातावरण व्यवस्थापन विभागमा कार्यरत छन् ।
धन्यवाद ! 

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %