जनमुक्ति पार्टीद्धारा राष्ट्रघाति एमसिसि सम्झाैता खारेजीको माग

Read Time:11 Minute, 46 Second

माइतीघर, काठमाडौं
२०७८ फागु्न ८

राष्ट्रिय जनमुक्ति पार्टीले राष्ट्रघाति एमसिसि सम्झाैताकाे खारेजी माग गर्दै माईतिघर काठमाडौंमा विराेध कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा पार्टी सचिव गजेन्द्र अाङ्बुहाङ्ले एमसिसि पास गराउन खाेज्नुकाे मुख्य कारण जुनसुकै शासन व्यवस्थामा पनि उहीँ नेतृत्व रहेकाले यस्तो भएको बताए । विश्व ईतिहासमा शासन र सत्ता परिवर्तन हुुँदा पहिलाका शासक कित काटिएका कित लखेटिएका ईतिहास छ । तर नेपालमा जुनसुकै शासनसत्तामा पनि उहीँ शासक रहेकाेले एमसिसि जस्ता राष्ट्रघाति सम्झाैता पास गर्न उद्दत रहेकाे बताए ।


यसरिनै अर्का बक्ता पार्टी सचिव एवं नेपाल विद्यार्थी माेर्चाका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर रानाले एमसिसि सम्झाैता साँढेको जुधाई बाछाकाे मिचाई भएकाे बताए । रानाले अाज एमसिसि सम्झाैता अब नेपालकाे मात्रै सवाल नभई शक्तिशाली राष्ट्र अमेरिका र चिनकाे टकराबकाे विषय बनेकाे बताए । एमसिसि सम्झाैताकाे जरिया मूलत: शक्ति राष्ट्रहरूले वायुमण्डल अर्थात् खुल्ला अाकाश पनि नियन्त्रण गर्ने, जमिन, जंगलका स्राेत पनि लुट्ने र सामुन्द्रिक स्राेत पनि लुट्ने, व्यापारिक साम्रराज्य फैलाउने हाेडबाजिले एमसिसि जस्ता सम्झाैता अघि बढेकाे बताए । दलाल राष्ट्र घाति शासक भईनजेल यस्ता राष्ट्रघाति सम्झाैता ईतिहासमा पनि भएकाे रअहिले पनि हुन खाेजेकाे र भविष्यमा हुने बताए । अमेरिकि दस्तावेजमा एसिया प्यासिफिक समुन्द्रलाई ईण्डाेप्यासिफिक भनेर चाईनालई पेलिरहने र चाईनाले यसक्षेत्र भित्र पर्ने समुन्द्रकाे केही भागलाई साउथ चाईना सि भनिरहने जस्ता टकराब रहेकाे छ । शक्ति राष्ट्रहरू समुन्द्र भित्र रहेका सिफुड्स(समुन्द्री खाद्यहरू), मिनरल्सहरू, समुन्द्र भित्र रहेका ग्याँस, काेईला तेलहरूमा अाँखा गाडेकाे कारण यस्ता सम्झाैता गर्न तल्लिन रहेका छन् भने काङ्ग्रेस र कम्युनिस्टहरू सस्ताे लाेकप्रियताका लागि र चुनाव जित्ने खर्चफर्च पाउने अाशमा राष्ट्रघाति सम्झाैताहरूलाई राष्ट्रवादि सम्झाैता भनिरहेका छन् । नेपाली काङ्ग्रेसका केही नेताले एमसिसि राजा ज्ञानेन्द्रकाे पालबाट सुरू भएकाे बताएका छन् । पछि माअाेवादि र काङ्ग्रेस सरकारले एमसिसि परियाेजना ल्याउन सफल भएकाे गर्व गरेका छन् । प्रधानमन्त्री देउवाले त झन नेपाली काङ्ग्रेसले राष्ट्रघाति सम्झौता कहिले नगरेकाे बताएका छन् । नेपाली काङ्ग्रेसले देशकाे सार्वभौम अधिकारलाई जहिले ख्याल गरेकाे भन्ने भनाइ प्रती रानाले राेष प्रकट गरे । रानाले भने काेशि सम्झाैता ९९ वर्षकाे लागि गरेकाे तर पछि ९९ अंक अगाडि १०० वर्ष थपि १९९ वर्ष बनायाे । वर्षातमा काेशि क्षेत्र डुबानमा पर्ने गरेकाे छ । के अहिले काेशि ब्यारेज ताेड्न र सम्झाैता खारेज गर्न नेपाली काङ्ग्रेससंग ह्याउ छ भनी रानाले प्रति प्रश्न गरे । रानाले नेपाली काङ्ग्रेस र कम्युनिस्टले गरेका गण्डक सम्झाैता, एकीकृत महाकाली सम्झाैता, टनकपुर सम्झाैता, पञ्चेश्वर सम्झाैता सबै सम्झाैता राष्ट्रघाति सम्झाैता भएकाे बताए । अनि यी बदमास काङ्ग्रेस र कम्युनिस्टलाई कसरी विश्वास गर्ने एमसिसि राष्ट्रवादी सम्झाैता हाे भनेर । काङ्ग्रेस र कम्युनिस्टहरू साेझा र ईमानदार नेपाली जनतामाथि झुटकाे खेति गरेकाे बताए ।

अर्काे प्रसङ्गमा रानाले अहिले हाम्राे अगाडि उभिरहेका एक जना प्रहरी जवानसँग मैले तलबकाे कुरा गर्दा महिना २८/३० हजार हुने बताए । मानिलिनुहाेस के तपाईं प्रहरिहरूकाे समस्याकाे लागि तपाईकाे जापन बस्ने अाफन्तले १० लाख सहयाेग गर्याे भने तपाईंलाई जिन्दगिभर पुग्छ? पुग्दैन । तपाईंकाे अाफ्नाे समस्या अाफैले समाधान गर्ने हाे । मेराे घरकाे समस्या म अाफैले गर्ने हाे । कसैकाे घरमा नुन सिद्धिएकाे छ भने कसैले किनि नदिने बताए । खाने कुरामा सस्ताे चिज नुन हाे भने त्याे त सधैं कसैले किनि दिन सक्दैन भने अन्य चिजकाेत के कुरा गराैं । अमिरिकाकाे ५५ अरबले देश विकास हुन्छ? हुँदैन । अमेरिकाले सर्तसहित दादागिरी र भालेपन देखाउन याे एमसिसि सम्झाैता गर्न खाेजेकाे छ । साँच्चै नेपाल र नेपालीलाई माया लागेर तथा नेपाल र नेपाली जनताकाे हित र जितलाई ध्यान दिएर सहयाेग गर्न खाेजेकाे भने सर्तरहित ५५ अरब हाेईन ५५ हजार अरब वा खरब दान वा अनुदान दिए नेपाली जनताले स्विकार्ने बताए । सर्तरहित सहयाेग, दान, अनुदानमा जनमुक्ति पार्टी कुनै पनि छिमेकि मुलुकले दिएमा त्यसकाे खिलापमा कहिले नरहेकाे र नरहने बताए । जनमुक्ति पार्टीले असंलग्न परराष्ट नीति र पञ्चशिलकाे सिद्धान्तमा विश्वास गर्ने पार्टी भएकाेले चाईना, ईण्डिया, अमेरिका अादि देशसँग उठबस र बाेलि व्यवहार गर्नै हुँदैन भनेकाे हाेईन । हामी सबै छिमेकी मुलककाे सार्सवभाैमलाई सम्मान गर्छाैं र सर्तरहित सहयाेग जुनसुकै देशले अनुदान दिए पनि नेपाली जनता र जनमुक्ति पार्टीले सदैव स्विकार्ने बताए । बरू जुनसुकै मुलुकले सर्तरहित अनुदान देअाेस र अार्थक पाटाेमा हुने घाेटला र भ्रष्टाचार हुन नदिन सम्बन्धित मुलुकनै अग्रसर बनाेस यसमा हाम्रो अापत्ति छैन । याे स्वभाविक हाे कि सहयाेग गर्ने दाता मुलुकहरूले नेपालकाे शासक र प्रशाशक भ्रष्ट छन् भनेर बुझेका छन् ।
तर कम्युनिस्ट नेता अाेलि र प्रचण्डले दाेहाेराे चरित्र देखाएकाे प्रति रानाले अापत्ति प्रकट गरे । काङ्ग्रेस त एमसिसि पास गर्नै पर्छ भनेर डल्लै पार्टी अडानमा छ तर प्रचण्ड एमसिसि पास गर्छाै भनेर लुकिछिपि हस्ताक्षर गर्ने बाहिर एमसिसि पास हुनु हुँदैन भनेर बाेल्ने । याे त नेपाली उखान खानेमुख पनि बाेल्ने अनि के पनि बाेल्ने भनाइलाई चरितार्थ गरेकाे बताए । अाेलि पनि जिब्रो चपाएर बाेलेकाे बताए । २०७४ काे प्रतिनिधिसभाकाे निर्वाचनमा अाफु तनहुँमा उम्मेद्वार हुँदा अाेलि चुनावि भाषण गर्न पाेखरा जाँदा उनले भनेका थिए काठमाडौं देखि पाेखरामा रेल अाउने र पाेखराबाट म्याग्दि बाग्लुङ रेल पुग्दा पर्वतमा रेल पुग्दैन? कुश्माकाे बाटाे भएर रेल जाँदा कुश्मामा त रेलकाे स्टेसननै हुने बताएका थिए । त्यतिबेला उनले विदेशिले सहयाेग गर्ने बताएकाे थिए । पछि उनी प्रधानमन्त्री हुँदा एमसिसि अबुझ र पढ्न नजान्नेले मात्र बिराेध गरेकाे भनाई राखेका थिए । तर अाज कम्युनिस्टहरू चुनावमा भाेट घट्छ भनेर एमसिसिकाे विराेध गरि नाटक गरेकाे बताए । रानाले काङ्ग्रेस र कम्युनिस्ट सबै एमसिसिका पक्षधर हुन् र एमसिसि पास गर्ने हाे भने एकमत हुने बताए । ठिक छ कम्युनिस्ट र काङ्ग्रेसले एमसिसि पास गर्ने भए गरे हुन्छ तिमिहरूसँग सरकार र सदन छ हामी जनमुक्तिसँग त केवल भएकाे सडक मात्रै हाे । के हेरि बस्याछाै? भनेर प्रतिप्रश्न गरे । तर ख्याल गराेस कम्युनिष्ट र काङ्ग्रेसहरूले सरकार र सदन भन्दा ठूलाे सडक हुन्छ । ढिलाे चाँडाे मात्रै हाे नेपाली जनताले काङ्ग्रेस र कम्युनिस्टलाई दण्डित गर्ने बताए ।

अर्का बक्ता पार्टी केन्द्रीय सचिव माेजिव अलिले बुद्धकाे देश नेपालमा केही डलरवादि दलालि नेताहरूले राष्ट्रघाति एमसिसि सम्झाैता टेबल गरेकाे बताए । अलिले २००१ सेप्टेम्बर ११ मा ट्विन टावर अाक्रमण गरि गरिब देशमा रहेकाे सुन खानि, हिरा खानि, तेल खानिल अादि लुट्नकाे लागि एमसिसि परियाेजना अगाडि सारेकाे मलेसियाका राष्ट्रपति महाथिरले अलजजिरा टिभिमा भण्डाफाेर गरेका थिए । अहिले नेपालमा त्यहि एमसिसि बारे बहस भएकाे छ ।
पार्टी महासचिव टाेप अस्लामिले सञ्च ालन गरेकाे विराेध कार्यक्रममा पार्टी अध्यक्ष के.पि. पालुङ्वा, कार्यकारी अध्यक्ष केशव सुर्यवंशी, उपाध्यक्ष प्रकाश येङदेन, महासचिवद्धय रामु परियार, पदम जबेगु, उपमहासचिव गंगा खासु, कोषाध्यक्ष मान बहादुर राई, सहकाेषाध्यक्ष डिके सुर्वियवंशि, विदेश विभाग प्रमुख हुम थापा, केन्द्रीय सदस्यद्धय मैनाकुमारी रसाईलि र श्याम परियार, नेवा–तामसालिङ राज्य परिषदका अध्यक्ष एस. के. महर्जन, सदस्य अर्जुन शेर्मा, अनुगमन विभागका सदस्य सञ्जोग लाफा उपस्थित रहेका थिए ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %