लोकतान्त्रिक पद्धती अनुसार दर्ता पार्टीहरुलाई चुनाव चिन्ह नदिइनु पञ्चायतको एक दलिय शासनको झल्को– अध्यक्ष पालुङ्वा

Read Time:9 Minute, 10 Second

महाराजगञ्ज, काठमाडौं
२०७८ फागनु ४
पूर्ण बहादुर राना

राष्ट्रिय जनमुक्ति पार्टीको संघीय परिषदको दोश्रो बैठक पार्टी अध्यक्ष के. पि. पालुङ्वा लिम्बुको अध्यक्षतामा महाराजगञ्ज काठमाडौंमा आजबाट सुरु भएको छ । कार्यक्रममा अध्यक्ष पालुङ्वाले वर्तमान राजनीतिक परिस्थिति र अवस्थाबारे प्रष्ट्याएका थिए । पार्टी अध्यक्ष पालुङ्वाले आसन्न २०७८ वैशाख ३० गते हुने भनिएको स्थानिय तहको निर्वाचन सम्बन्धमा पार्टी गम्भिर भएर लाग्नुपर्ने बताएका थिए । २०७४ को दलगत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र लगाएत १९ दलहरु स्थानिय तहमा निर्वाचन जितेका थिए । कथित ठूला दल भनाउँदा राष्ट्रिय पार्टीको मान्यता प्राप्त दल ६ वटा दलले मात्र चुनाव चिन्ह पाउने भएको र बाँकी दलहरुले चु्नाव चिन्ह नपाउने भएको प्रति राष्ट्रिय जनमुक्ति पार्टीको विरोध रहेको अध्यक्ष पालुङ्वाले बताए । यसको लागि राष्ट्रिय जनमुक्ति पार्टी लगयात अन्य १३ वटा दल र अन्य निर्वाचन कार्यालयमा दर्ता भएका सयौं दलले चुनाव चिन्ह नपाउने भएकोले सडक आन्दोलन वा अदालति बाटो मात्र भएको ठहर गरेको छ । यसले कथित ठ्रूला दल भन्नेहरु राष्ट्रिय पार्टी भएको र अन्य पार्टीहरुलाई अराष्ट्रिय दलको रुपमा दर्ज गरेको प्रति जनमुक्तिले घोर भत्सर्ना गरि पार्टीगत चुनाव चिन्ह अनिवार्य पाउनु पर्ने जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपेदफा (१) देखि उपदफा(७) मध्य उपदफा (६)ले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्र आफनो दलको निर्वाचन चिह्न पाउने तर अन्य दलले दलगत चुनाव चिन्ह नपाउने उल्लेख गरि साना दलहरुलाई घाँटी निमोठ्ने काम भएको छ ।
उक्त ऐनको दफा२६ (६) मा यस्तो भनिएको छ–उपदफा (५)मा जुनसुकै कुरा लेखिएको भए तापनि यस दफाबमोजिम निर्वाचन चिह्न वितरण गर्दा राजनीतिक दलसम्बन्धी प्रचलित संघीय कानूनबमोजिम राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गरेको दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिह्न वितरण गरिनेछ। यसरी वितरण गरिएको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमार्फत प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ उपदफाहरुमा निर्वाचन चिन्ह बारे यस्तो उल्लेख गरिएको छ ।
२६. निर्वाचन चिन्ह ः (१) यस ऐन बमोजिम हुने निर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारलाई वितरण गर्ने निर्वाचन चिन्ह आयोगले निर्धारण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्धारण गरिएको निर्वाचन चिन्ह दल र उम्मेदवारलाई तोकिए बमोजिम प्रदान गरिनेछ ।
(३) उपदफा (२) बमोजिम प्रदान गरिएको निर्वाचन चिन्ह त्यस्तो दलका उम्मेदवार वा दल बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन ।
(४) उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा सो निर्वाचन चिन्ह परिवर्तन हुन सक्ने छैन । त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाण सहित आयोगमा उजूरी दिएमा निजको सदस्यता खारेज हुनेछ ।
(५) यस दफा बमोजिम निर्वाचन चिन्ह वितरण गर्दा आयोगमा दर्ता कायम रहेको दलको उम्मेदवारलाई आयोगबाट निर्वाचनको प्रयोजनका लागि वितरण गरिएको निर्वाचन चिन्ह वितरण गर्नु पर्नेछ । यसरी निर्वाचन चिन्ह वितरण गर्दा कुनै गल्ती भएको वा फरक पर्न गएको भन्ने आयोगलाई लागेमा आयोगले त्यस्तो चिन्ह परिवर्तन गर्न सक्नेछ ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम निर्वाचन चिन्ह वितरण गर्दा राजनीतिक दल सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिन्ह वितरण गरिनेछ । यसरी वितरण गरिएको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा समावेश गरिनेछ ।

तर यो ऐन प्रारम्भ भएपछि हुने पहिलो पटकको निर्वाचनको हकमा व्यवस्थापिका– संसदमा प्रतिनिधित्व गर्ने सबै दलको उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिन्ह वितरण गरिनेछ । यसरी वितरण गरिएको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्दा त्यस्तो दलले संविधान सभा सदस्य निर्वाचन २०७० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा समावेश गरिनेछ ।
(७) उपदफा (६) बमोजिम निर्वाचन चिन्ह प्राप्त नगर्ने दलको उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र रुपमा खडा भएको उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरिएका निर्वाचन चिन्हको समूहबाट तोकिए बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नेछ ।

लोकतान्त्रिक विधि र पद्धती अनुसार दर्ता भएको पार्टीहरुलाई उसको चुनाव चिन्ह दर्ता गर्दाको बखत निर्वाचन आयोगले जे प्रदान गरेको छ सोहि दलगत चुनाव चिन्ह स्थानीय तहको निर्वाचन देखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सम्बन्धित दलगत चुनाव चिन्हनै प्रदान गरिनु पर्ने बैठककले ठहर गरेको छ ।


बैठकमा कार्यकारी अध्यक्ष केशव सुर्यवंशी, बरिष्ठ अध्यक्षद्धय कमला थापा, मोहन धिमाल, उपाध्यक्षहरु हो माया गुरुङ, मोहम्द हसिन, मनिराम चौंलागाई, भिम बहादुर राना मन्धरी आले, महासचिवत्रय टोप अस्लामी, रामु परियार, पदम जबेगु र सचिवहरुमा मोजिव अलि, गिता सारु, पूर्ण बहादुर राना, कोषध्यक्ष मान बहादुर राई उपस्थित थिए भने प्रदेश न.ं ३ र ५ का अध्यक्षद्धय एस. के. महर्जन र झम बहादुर गुरुङ उपस्थित थिए ।
मन्तव्य राख्नेमा केन्द्रीय सदस्यहरु मधु रुाना, धनी आले, गोकर्ण राई, दिपिन कुमार राई, लुम थापा, मन कुमारी पाइजा, कलावती पुन, राजकुमार मोक्तान, दिपिन कुमार राई, बल बहादुर थापाले मन्तव्य राखेका थिए । बैठक भोलिसम्म चल्ने छ ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %