नेपालका प्रथम शहीद लखन थापाथापा मगरको १४५औं स्मृति दिवसको अवसरमा – प्रेष विज्ञप्ति

Read Time:3 Minute, 22 Second


२०७८ फागुन २ गते, सोमबार राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामीले पार्टीकाे तर्फबाट नेपालका प्रथम शहीद श्रद्धेय लखन थापा मगरको १४५औं स्मृति दिवसको अवसरमा प्रेष विज्ञप्ति निकाल्नु भएको छ , हेरौ पुर्ण पाठ :

नेपालमा क्रुर एवं निरंकुश जहाँनिया राणा शासनको अन्त्यका लागि र जनताको शासन व्यवस्था (हाल प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र) स्थापनाका लागि महान सुत्रधार, तत्कालिन राणा शासकद्वारा मारिनु भएका महान सपुत नेपालका प्रथम शहीद श्रद्धेय लखन थापा मगरको १४५औं स्मृति दिवसको अवसरमा उहाँप्रति राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौं ।
क्रुर एवं निरंकुश जहाँनिया राणा शासनको अन्त्यका लागि र नेपाली समाजको विविधता अनुसारको शासन प्रणाली स्थापनाका लागि आफ्नै नेतृत्वमा अभ्यास समेत गर्नु भएका श्रद्धेय लखन थापा मगरलाई नेपाल सरकारले २०७२ साल असोज ३ गतेका दिन नेपालको प्रथम शहीदको मान्यता समेत दिईसकेको हामी सबैलाई सर्वविदितै छ । तर देशको प्रथम शहीदलाई आम जनतामा चिनाउने बारेमा र नेपालमा आम जनताको पक्षमा न्याय र समानता स्थापना गर्नका लागि उहाँले गर्नु भएको संघर्षका प्रयासहरु साथै बलीदानीको जानकारी गराउने सन्दर्भमा राज्यले उदासिनता देखाईरहेको पनि हामी सबैलाई छर्लङ्ग छ । देशको प्रथम शहीद प्रति राज्यको हदैसम्मको उदासिनता खेदजनक छ ।
जनता र देशको उचित राज्य व्यवस्था, जनताको न्याय–समानता एवं मुक्तिका लागि लड्नु भएका प्रथम शहीदलाई अमर बनाईराख्नु हरेका नेपालीको कर्तव्य हो । नेपालका प्रथम शहीद लखन थापा मगरलाई राज्यले राष्ट्रिय विभूति घोषणा गर्नु पर्छ । यसका साथै जयसिं चुमी मगर लगायतका सात जना समकालिन शहीद एवं महान सपुतहरुलाई पनि राज्यले शहीद घोषणा गरी उचित सम्मान दिन जरुरी छ । उहाँहरुका घर परिवारमा समेत राज्यको ध्यान पुग्नु पर्दछ ।  विद्यालय, क्याम्पस या विश्वविद्यालयका पाठ्यक्रममा प्रथम शहीदका बारेमा पठनपाठन गराईनु पर्दछ । प्रथम शहीदको सम्मानमा कम्तिमा एक दिन राष्ट्रिय विदा दिने व्यवस्थाका सहित न्यायोचित सम्मानका लागि हामी जोडदार माग गर्दछौं ।

मिति २०७८ फागुन २ गते, सोमबार ।
टोप अस्लामी
महासचिव, राष्ट्रिय जनमुक्ति पार्टी

3 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %