नेपाल मगर संघमा स्वेच्छाचारिता र आर्थिक अपारदर्शिता

Read Time:9 Minute, 43 Second

काठमाडौँ सम्वाददाता
जातीय उत्थान र हितका लागि दीर्घसोच राख्ने हाम्रा अग्रजहरूको कडा मेहनतबाट स्थापित नेपाल मगर संघ अहिले ती अग्रजहरूका परिकल्पना, सपना, योजना, लक्ष्य र उद्देश्यभन्दा धेरै टाढा भइसकेको छ । यसमा कार्यरत पदाधिकारीहरूले यस संस्थालाई आफ्नो इच्छाअनुकूल बनाउँदै व्यक्तिगत उद्देश्य परिपूर्तिका लागि एक गतिलो माध्यमको रुपमा प्रयोग गर्दै आएका छन् ।

नेपाल मगर संघ स्थापना गर्दा अग्रजहरूले जुन कुरा परिकल्पना गरेका कुरा थिए, मगरहरूको एक साझा घर हो नेपाल मगर संघ । यो सबैका लागि अपनत्वको एक पवित्र घर बनोस् । यसले हर मगरका हकधिकारका लागि दिलोज्यान दिएर काम गरोस् । मगरका धर्म, रीतिरिवाज, भाषासंस्कृति, चालचलनलाई सधैँ संरक्षण र संवद्र्धन गरोस् । कुनै मगरलाई अन्याय हुँदा न्यायको पक्षमा डटेर काम गरोस् । कुनै पनि मगरले यस संस्थाको एक सदस्य भएको स्मरण गर्दा गर्व महसुस गरोस् । यी यस्ता पवित्र उद्देश्य लिएर स्थापित यस संघमा अहिले विवादैविवाद थुप्रेका छन् । उपल्लो दर्जामा रहेका पदाधिकारीहरूको स्वेच्छाचारी कार्यहरूले संघलाई बदनाम बनाइरहेका छन् ।

नेपाल मगर संघको वर्तमान कार्यसमितिको नेतृत्व आफैँमा आर्थिक अपारदर्शीको पर्याय हो । एकातिर राजनीतिक पार्टीको पार्टी कार्यालयजस्तो बनाइएको यस संघका हरेक लगाम अध्यक्ष र महासचिवले आफ्ना हातमा लिएर विमति राख्ने सदस्यहरूलाई पालैपालो कुनै न कुनै निहुमा निस्काशन गर्दै आएका छन् । उनीहरूले संघको कोषाध्यक्ष हुँदाहुँदै कोषाध्यक्षको हस्ताक्षरबिनै आफूहरूले बैक खाता र चेक चलाउने अनि कोषाध्यक्षको हस्ताक्षरलाई निषेध गर्ने नियोजित कार्यलाई अगाडि सारे । हालसम्म यस कार्यलाई निरन्तरता दिँदै आएका छन् । स्मरण रहोस्, यस संघकी कोषाध्यक्ष कमला थापालाई संघको कुनै पनि आयव्यय र खाताका बारेमा अवगत छैन ।

यस मगर संघले गर्ने कुनै पनि कार्यक्रमका लागि वैदेशिक या स्वदेशका शाखाहरूबाट सहयोग/चन्दा आह्वान गरिन्छ तर आएका सहयोग या चन्दाका बारेमा कुनै छलफल हुँदैन, हिसाब देखाइँदैन । अध्यक्ष र महासचिवले आफ्नै घरका कार्य गरेजस्तै तरिकाले कार्यक्रमहरूलाई अगाडि बढाउने कार्य गर्दै आएका छन् र हिसाबलाई अपारदर्शी तरिकाले भासतिर लैजाँदै छन् । यसको एउटा ज्वलन्त उदाहरण हो नेपाल सरकारको जनगणना २०७८ मा यस संघले गरेका कार्य र आर्थिक अपारदर्शिता ।

जनगणना २०७८ का लागि यस संघले पर्चा छाप्ने र प्रचारप्रसार गर्ने भन्ने योजना बनाई सहयोग आह्वान ग¥यो । विभिन्न १३ वटा शाखा र संस्थाहरूबाट सहयोग आएको भन्ने विषयमा ‘प्रकाशन सहयोगी तथा सहकार्य’ शीर्षमा उनीहरूको नाम एक पमप्लेटमा राखेर सहयोगका बारेमा कुनै पनि जानकारी गराइएको छैन । केही भातृसंस्थाले यस अनलाइन कार्यालयलाई दिएका जानकारीहरूअनुसार दुई लाख, एक लाख र पचास हजारका दरले आर्थिक सहयोग गरेका छन् । यसरी गरेका आर्थिक सहयोगहरूले दुई प्रकारका हाते पमप्लेट छापेर केही जिल्लामा पु¥याउने कार्य गरियो भने महासचिव ज्ञानेन्द्र पुन आफ्नै निजी कार्यमा हिँडेजसरी जिल्लाहरूमा पुगेर फोटा खिचाउने र फेसबुकमा पोष्ट्याउनेभन्दा बढी काममा देखिएनन् । उदेक लाग्दो कुरा त के भने उनी जनगणनाका सन्देशहरूलाई आफ्नो शरीरभरि टाँसेर आफैँलाई विज्ञापन गर्न पनि पछि परेनन् । यस विषयमा उनलाई फेसबुकमा नराम्रोसँगै उडाइएको थियो । जनगणनाको कार्यक्रम भन्दै जिल्ला भ्रमणका क्रममा उनले उनी आवद्ध राजनीतिक पार्टीको प्रचारप्रसारमा बढी ध्यान दिए । उनी नियोजित तरिकाले यस संघको आसन्न १२ औँ महाधिवेशनमा आफूले अध्यक्ष पदमा उमेदवारी दिने र यसलाई जिल्ला जिल्लामा आफ्नो राजनीतिक पार्टीबाटै प्रभाव पर्ने तरिकाले प्रतिनिधि छान्ने कार्यमा भित्रैदेखि लागिपरे । उनले पार्टीगत रुपमै आफ्नालाई काख र अरुलाई पाखा गर्ने गरी मनलाग्दो तरिकाले कार्य गर्दै आएका छन् । यस डटकम डेस्कलाई प्राप्त जानकारीअनुसार सो १२ औँ महाधिवेशनका आउने ८७८ प्रतिनिधिमध्ये ४१३ जना स्थानीय तहबाट छानिएर आएकाहरूलाई महासचिव र अध्यक्षको मिलेमतोमा पार्टीको आस्थाकै आधारमा योग्य र अयोग्य भन्दै छानविन गर्ने कार्य भइरहेको छ । यस्ता यी विषयमा जिल्लाजिल्लाका मगरहरूबाट असन्तुष्टिहरू आउन थालेका छन् । उनीहरूले गर्दै आएका यस्ता गलत कार्यहरूलाई बुझ्न विशेषतः महासचिवले पोष्ट गरेका फेसबुक स्टाटस अनि तिनमा आइरहेका कमेन्टका साथै उनीप्रति अन्य मगरहरूले प्रकट गर्दै पोष्ट्याइरहेका रोषपूर्ण स्टाटसहरूबाट पनि प्रष्टै हुन्छ ।

यस संघका अध्यक्ष राजनीतिक पार्टीका कार्यहरूमै पूर्ण रुपले तल्लीन हुँदै आएका छन् भने महासचिव यतिसम्म झुटको खेती गर्छन् कि केही दिनअगावै उनले फेसबुकमा पोष्ट्याए, ‘मगर समुदायको साझा संस्थामा क्रियाशील हुँदै गर्दा पार्टीमा निस्क्रिय छु । मेरो लागि आफ्नो समुदाय नै प्रधान हो । सञ्जालमा गलत र झुट कुरा गरेर भ्रम फैलाई योजनाबद्ध रुपमा समाजलाई विखण्डन गर्न खोजिँदै छ, भ्रममा नपरौँ ।’ यसरी दिनदाहडै उनले आम मगरहरूको नजरमा छारो हाले । यसको अर्थ रहेछ केही दिनलगत्तै नेकपा एमालेको आदिवासी जनजाति महासंघको सचिव पदबाट बैठकमा गई राजनीतिक सक्रियता देखाउँदै आफूसहितका धेरै मगर यस पार्टीमा रहेको विश्वास दिलाउने । यसरी मगर भावनासँग खेलवाड गर्दै यस संघको उच्च पदमा रहेर उनले आफ्नो नमलाग्दो तरिकाले काम गरेका छन् र सिङ्गो संघलाई नै राजनीतिक भ¥याङको रुपमा प्रयोग गर्दै आएका छन् ।

यस संघको नेतृत्वपङ्क्तिले मगर संघ हङकङलाई एकलौटी रुपमा फुटाउने दुष्कार्य पनि गरेको छ । दाङमा आयोजित संघको १९ औँ पूर्ण बैठकमा मगर संघ हङकङका पूर्व अध्यक्ष तथा नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघका अध्यक्ष हुमबहादुर थापाले मगर संघ हङकङको विवाद नसुल्झेसम्म प्रतिनिधि नदिने भन्ने कुरा राख्दा संघका अध्यक्ष नवीन रोकाले निकट भविष्यमा कार्यसमिति र कार्यदलको छलफल गरी समस्या समाधान गरेर मात्र प्रतिनिधि निर्धारण गर्ने प्रतिबद्धता व्यक्त गरेतापनि यस विषयमा कुनै छलफल र निर्णय नगरी विधानविपरीत चोइटिएको हर्क रानासमूहलाई नै यस संघको आसन्न महाधिवेशन प्रतिनिधिमा स्थान दिने कार्य गरिएको छ । यस षड्यन्त्रका मसियार नै यस संघका अध्यक्ष, महासचिव र विदेश विभाग सचिव हुन् ।

यसरी उच्च पदाधिकारीहरूले नै यस संघका लक्ष्य र उद्देश्यहरूलाई मनपरी तरिकाले कुल्चँदै संघलाई विभिन्न राजनीतिक, आर्थिक, पदीय विवाद र फुटाउभासको दलदलतिर धकेल्दै आएका छन् अनि अग्रजहरूका सपना, योजना र लगानीमाथि स्वार्थको रज्याइँसमेत गरेका छन् । यस्तो अवस्थामा यस संघलाई नजिकबाट बुझ्दै आएका मगरहरू भने वाक्क भइसकेका छन् ।

8 1
Happy
Happy
17 %
Sad
Sad
17 %
Excited
Excited
0 %
Sleepy
Sleepy
8 %
Angry
Angry
33 %
Surprise
Surprise
25 %