राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय उद्घाटन (भिडियो सहित)

Read Time:4 Minute, 30 Second

राज्यसत्ता सम्वाददाता

काठमाडौँ , माध ६ गते राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री एमएस थापाले उद्घाटन गर्नुभयो ।
अब हामी भाले नबास्दै उठ्नु पर्छ – पूर्व मन्त्री एम एस थापा

पार्टीको ३१ औँ स्थापना दिवसको अवसरमा थापाले पार्टीको कार्यालय उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा आदिवासी जनजातिहरू सामाजिक चेतनाबाट बल्ल राजनीतिक चेतनामा प्रवेश गरेकाले अब चाँडै नै राज्यसत्ताको मालिक बन्ने बताउनुभयो । अब आदिबासी जनजातिहरु कुखुराको भाले बासेको डाँको सँगै उठ्ने हेईन भाले बास्नु अगाडी उठेमा चाँडो राज्यसत्तामा पुग्न सकिने बताउनु भयो ।

पार्टीको केन्द्रीय कार्यालय धोबीघाट, ललितपुरबाट हालसालै काठमाडौँको चक्रपथ, महाराजगञ्जस्थित नयाँ ठाउँमा सरेको हो । पार्टीले आफ्नो ३१ औँ वर्षगाँठ मनाइरहँदा देशभरिका प्रदेश, जिल्ला, स्थानीय तहमा समेत हर्सोल्लासका साथ स्थापना दिवस मनाएका समचारहरू प्राप्त भइरहेका छन् ।

राजधानीमा पार्टीले स्थापना दिवसको अवसर पारेर नागरिक आन्दोलनका अगुवाहरू, विभिन्न राजनीतिक दलका नेता, लेखक तथा राजनीतिक विश्लेषकहरूको समूहलाई बोलाएर विचार गोष्ठीसमेत राखेको थियो ।

पत्रकार ,नागरिक समाज तथा आन्दोलनका अगुवा एवम् राजनीतिक विश्लेषक नारायण वाग्ले, राजनीतिक विश्लेषक एवम् त्रिमुल पार्टीका अध्यक्ष भरत दाहाल, डा। नारायण थापा, लेखक निस्नु थिङ, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, तामाङ धेदुङका महासचिव बाबु घिसिङ र सिन्दूर फिल्मका नायक विश्व बस्नेतले राष्ट्रिय जनमुक्ति पार्टीको दर्शनमाथि टिप्पणी गर्नुका साथै पार्टीका कमीकम्जोरीहरूका बारेमा प्रकाश पार्नुभएको थियो ।

पत्रकार ,नागरिक समाज तथा आन्दोलनका अगुवा एवम् राजनीतिक विश्लेषक नारायण वाग्लले बि.सं. २०४७ साल तिर साप्ताहिक जनमञ्चमा प्रकाशित खपाँगीका चर्चित अन्तरर्बाता आफुले पढेको सुनाउदै उहाँको बिचार र अन्तरबार्ता बाट प्रवावित भएको संस्मरण गर्नु भयो ।

लेखक निस्नु थिङले आफु मसालको राजनीतिकबाट दिक्षित भएर पश्चिम सुरखेत जाँदा गाउँ गाउँमा यस पार्टीका संस्थापक महासचिब गोरे बहादुर खपाँगीले राष्ट्रिय जनमुक्ति पार्टीको चेतना जगाई सकेको संस्मरण गराउँनु भएको थियो ।

उद्घाटन तथा विचार गोष्ठीका प्रमुख अतिथि संस्थापक अध्यक्ष एवम् पूर्व मन्त्री एमएस थापाले आजसम्म राष्ट्रिय जनमुक्ति पार्टीका बारेमा कुनै राजनीतिक दल, पत्रकार र नागरिक समाजका अगुवाहरूले समेत बोल्न कञ्चुस्याइँ गरेकाले पनि हाम्रो पार्टी अगाडि जान नसकेको गुनासो गर्नुभयो । तर, आज तपाईंहरू आएर यसरी बोलिदिनुभएको छ भनी खुसी व्यक्त गर्दै नागरिक समाजका अगुवाहरूलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमको सहजीकरण पार्र्टीका कार्यकारिणी अध्यक्ष केशव सूर्यवङ्शीले गर्नुभएको थियो भने स्वागत मन्तव्य पार्टी उपमहासचिव गङ्गा खासुले दिनुभएको थियो ।

1 0
Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %