माघ्पा सकराटि कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 54 Second

पुर्ण राना बहादुर मगर

तनहुँ , भिरकोट २०७८ माघ १ नेपाल मगर संघ रिसिङ गाउँपलिका वडा समितिको अध्यक्ष शेर बहादुर थापाको सभाध्यक्षता र नेपाल मगर लेखक संघ केन्द्रीय समितिका प्राज्ञिक उपाध्यक्ष पूर्ण बहादुर राना मगरको प्रमुख अतिथ्यतामा माघ्या सकराटि कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि रानाले सबै मगर र गैर्ह मगरलाई माघ्या सकराटिको शुभकामना दिंदै माघे सक्रान्ति मगरको नयाँ वर्ष भएकोले धुमधामसँग कम्तीमा तीन दिन मान्नु पर्ने बताए । माघे सक्रान्ति मगर लगायत थारू, घले, दुरा, कुमाल छन्त्याल को चाड भएकोले तीन दिन राष्ट्रिय विदा दिनुपर्ने जिकिर गरे ।

मगरले माघे सक्रान्ति चाड विशेष गरि प्रकृति र व्यावहारिक पक्षलाई स्विकार गरि मनाएको बताए । प्राकृतिक पक्ष भन्नाले माघ महिनाबाट घाम दक्षिणबाट उत्तरायण वा उत्तर तर्फबाट उदाउने भएकोले छोटो दिनबाट लामो दिनमा प्रवेश गर्ने समय भएको बताए । माघ देखि जाडो कम भई गर्मि समय सुरूवात हुने याम भएको पनि बताए ।

अर्को एक प्रसङ्गमा प्रमुख अतिथि रानाले व्यावहारिक पक्ष भन्नाले दैनिक जिविकोपार्जन र अर्थिक पाटोसँग सम्बन्ध भएको बताए । दैनिक जिविकोपार्जन भन्नाले मगर समुदायले अन्नबालि घरमा कम हुँदै जाने र बनबाट प्राप्त हुने मौसम अनुसारको कन्दमुल खाई जिविको पार्जन गर्ने ऐतिहासिक घटनासँग पनि सम्बन्ध भएको बताए ।

यसरिनै आर्थिक पाटो भन्नाले माघे सकराटिमा मगर समुदायले आर्थिक गतिविधि गर्ने अर्थात् मगर समुदायको नयाँ आर्थिक वर्ष भएको बताए । माघे सकराटिको दिन मगर समुदायले गत वर्षको ऋणिसँग पैसा उठाउने र नयाँ व्यक्तिलाई ऋण लगाउने चलन भएको बताए । यसरी आर्थिक वर्ष कतिपय मगर गाउँमा माघ एक गते र कतिपय मगर गाउँमा श्रीपञ्चमिको दिन ऋण असुल र लगानि गर्ने प्रचलन रहेको बताए ।

यो दिन मगर समुदायले जन्म, विवाह, मृत्युमा सुचना प्रवाह गर्नको लागि पाठे भाइको पालो बाँध्ने दिन भएको पनि बताए । अहिले पालो परेको पाठेभाई वा पालेले यो वर्षको माघ एक गतेदेखि सुरू भई अर्को वर्षको पुस मसान्तसम्म अर्थात् नयाँ पाठेभाई नतोकेसम्म जन्ममृत्यु विवाहमा आफ्नो जिम्मेवारी अनिवार्य पूरा गर्नुपर्ने प्रचलन रहेकोछ ।

माघे सकराटि साँस्कृतिक चाड पनि भएकोले मगरले बारा पोल्ने र खिचडि बनाई खाने चलन छ भने तिहारमा रोटि पोल्ने प्रचलन छ । यश काक्र्रममा मगर सँस्कार झल्काउने अर्चल्दिबाट नचरि र काहुँबाट कौरा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य ईन्द्रेणि क्लबका अध्यक्ष श्री बहादुर थापाले राखेका थिए ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %