महिलाले अब प्रधानमन्त्री र अध्यक्ष बन्ने सपना देख्नुपर्छ – आले

Read Time:2 Minute, 24 Second

पूर्ण बहादुर राना

तनहुँ , सपाङ्दि २०७८ माघ ३ – राष्ट्रिय जनमुक्ति पार्टी रिसिङ गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको अध्यक्षता र प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष मन्धरि आलेको प्रमुख आतिथ्यतामा जनता जागौं अभियान सम्पन्न भएको छ ।

प्रमुख अतिथि आलेले महिलाहरूले देशको कार्यकारिणी प्रधानमन्त्री र पार्टीको केन्द्रीय अध्यक्ष पदमा बस्ने सपना देख्नुिपर्ने बताए । यसको आफ्नो घर व्यवहार मिलाएर राजनीतिमा अघि बढ्नु पर्ने आवश्यकतालाई औंल्याए ।

विशष्ट अतिथि केन्द्रीय सचिव एवं कार्यक्रमका प्रमुख बक्ता पूर्ण बहादुर रानाले नेपाली जनता अब सचेत हुनुपर्ने बताए । चुनावमा बैमानि नेता र पार्टीलाई अमुल्य मत दिन नहुने बताए । जनता आफैले जो ईमानदार, जवाफदेही, पारदर्शी, योग्य र सदाचार नेता छ उसैलाई जनताले मतदान गर्नुपर्ने अभियान चलाउनुपर्ने बताए ।

अर्का विशिष्ट अतिथि केन्द्रीय सदस्य सुबेदार धन बहादुर गुरूङले एमालेको ओलि सरकारले कटौटि गरेकने एकल महिला र भपु सैनिकलाई दिंदै आएको सामाजिक सुरक्षा भत्ता सरकारले कटौटि गर्दा राष्ट्रिय जनमुक्ति पार्टी र यसको भातृ संगठन राष्ट्रिय पुर्व सैनिक संगठनले देशभर विरोध प्रदर्शन गरि तत्कालीन गृहमन्त्री राम बहादुर थापा र प्रधानमन्त्री ओलिलाई ज्ञापनपत्र बुझाई वार्ता गरि फेरि भुपुलाई वृद्धा भत्ता र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिलाएको बताए ।

कार्यक्रम सञ्चालन नेपाल विद्यार्थी मोर्चाका जिल्ला अध्यक्ष बृहस्पति थापाले संचालन गरेका थिए ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %