काठमाण्डौ मगरको नयाँ नेतृत्वामा पुःन डबबाहादुर गर्बुजा पुन मगर

Read Time:3 Minute, 49 Second

गायत्री राना मगर

काठमाण्डौ माघ ३ नेपाल मगर संघ काठमाण्डौ जिल्ला समन्वय समितिको ३३औ जिल्ला अधिबेशनले अध्यक्षमा डब बाहादुर पुन मगरलाई सर्बसम्मति बाट पुःन अध्यक्षमा निर्वाचित गरेको छ ।

मगरहरुको घनत्व बसोबास रहेको यो जिल्ला नेपालको राजधानी विकाश र बसोबासको हिसाबले अग्रस्थानमा रहेको छ । त्यसैले पनि यो अधिवेशनलाई सबै राजनीतिक पार्टीका मगरहरुले महत्वका साथ हेरेका थिए । डबबाहादुर गर्बुजा मगर काठमाण्डौ जिल्ला समितिको सदस्य , का.वा अध्यक्ष, अध्यक्ष हुँदै चौथो कार्यकालको लागी पुःन अध्यक्षमा निर्वाचित हुनुभएको छ । २०४९ साल देखि नेपाल मगर संघमा आबद्ध रहेर जन्मस्थल पर्बत जिल्ला समिति र नवलपरासी जिल्ला समितिमा समेत बसेर काम गरिसकेका बर्तमान नेपाल मगर संघमै अग्रस्थानका जेठा , पाँको र अनुभवी मगर अभियान्ता हुन ।

मिति २०७८ पौष ३० गते शुक्रबारका दिन नेपाल मगर संघ काठमाडौं जिल्ला समन्वय समिति को ३३ओ जिल्ला अधिबेशन अध्यक्ष डब बाहादुर पुन मगर ज्युको सभापतित्मा , प्रमुख अतिथि बागमति प्रदेशका वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर राना मगर ज्युले पानसमा बत्ति बाली उद्घाटन गर्नु भएको थियो ।

यस कार्यक्रममा शुभकामना मन्तव्य दिनु हुँदै बागमती प्रदेशका सचीव गायत्री राना मगर ज्युले अबको नेपाल मगर संघ केन्द्रिय समिति र जिल्ला समितिमा महिलाको सहभागीता र नेतृत्व हुनुपर्छ भनि जोड दिदै प्रकाश पर्नु भयो । साथै , राजनीति र समाज सेवाको चेतना हुनु जरुरी छ भन्नू भयो । बागमती प्रदेशका कोषाध्यक्ष सीता राम थापा ज्युले जिल्ला समितीमा आफू कसरी प्रवेश पाएको भन्दै अनुभव सुनाउँनु भयो , मगर युबा संघ प्रदेश ५ का संयोजन रोसन अस्लामी ज्युले मगरात बारे प्रकाश पर्दै शुभकामना दिनु भएको थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रघु थापा र सन्चालान लेखक थापाले गर्नु भएको थियो ।

अधिबेशनले डब बहादुर गर्बुजा पुन मगरको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्बसम्मति बाट निर्वाचित गरेको छ ।
कार्यक्रममा १ माहानगर पालिका , १० नगरपालिका ,वडा समितीका प्रतिनिधिहरुले प्रतिनिधित्व गरेका थिए ।

काठमाडौं जिल्ला बाट बागमती प्रदेश समिति मा प्रतिनिधित्व गर्ने सचीव गायत्री राना , कोषाध्यक्ष सीता राम थापा ,सदस्य कृष्ण गुर्मुछान ,सान्ता जर्गा ज्युलाई सम्मान गरि सम्मान पत्र प्रदान गरिएको थियो ।

आदरणीय ब्यक्तित्व ज्यु , प्रतिनिधि ज्यु हरु , पत्रकार ज्यु प्रती हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफल र सम्पन्न भएको थियो ।

2 0
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %