नेपाल मगर संघमा अबको नेतृत्व भूपू सैनिकको दाबी

Read Time:6 Minute, 24 Second

राज्यसत्ता

चितवन, पुस २४ । नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ, केन्द्रीय समितिको छैठौँ पूर्ण बैठक बाग्मती प्रदेशको नारायणगढ, चितवनमा २३ पुस २०७८ का दिन सम्पन्न भएको छ ।

नेपाल मगर संघको आसन्न १२ औँ महाधिवेशनको संघारमा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघले नेपाल मगर संघमा भूपू सैनिकको भूमिकाबारे एक दिवसे अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।

भूपू सैनिक तथा प्रहरी संघ, केन्द्रीय समितिका अध्यक्ष हुमबहादुर थापामगरले नेपाल मगर संघको स्थापनाकालदेखि वर्तमानसम्म मगरहरू सेना र प्रहरीबाट अवकाश लिएर आफ्नो समाजलाई दिएको योगदानका बारेमा चर्चा गरेका थिए । सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले आजसम्म भूपू सैनिकले संस्थापक अध्यक्ष नेपाल प्रहरीका पूर्व प्रहरी डीएसपी हेमबहादु पुनमगर, बेलायती सेनाका पूर्व सार्जन्ट कविराज पुनमगर, बेलायती सेनाका पूर्व लेफ्टिनेन्ट मानध्वज रानामगर र बेलायती सेनाका पूर्व क्या. यमबहादुर बुढाथोकी मगरहरूले नेपाल मगर संघलाई सफल नेतृत्व दिनुभएको चर्चा गर्दै उहाँहरूको प्रशंसा गरेका थिए । यसका साथै अबको अध्यक्ष पनि सेना वा प्रहरीबाट अवकाशप्राप्त मगरले नै गरे नेपाल वा विदेशमा रहेका मगरहरूको शिर उच्च राख्ने बताए ।

नेपाल मगर संघको वर्तमान कार्यसमितिकोे निर्णायक तहमा रहेका पदाधिकारीहरूले मगरको काममा भन्दा दाममा, मगरलाई जुटाउनभन्दा फुटाउन तल्लीन रहेका, आर्थिक हिनामिन गरेका, मगर संघका विधि र विधान मिचेर काम गरेकामा कडा आलोचना गरेका थिए ।

मगर संघ हङकङको प्रसङ्गमा मगर संघ हङकङको विवाद संघको तत्कालीन अध्यक्ष र उनका सहयोगीहरूले मगर संघको कार्यालय भवन घर खरिद गर्दा आर्थिक हिनामिना गरेका प्रमाणहरू हुँदाहुँदै पनि नेपाल मगर संघले हङकङका मगरहरूलाई फुटाउन पैसा खाएर मलजल गरेको आरोप लगाए ।

स्मरण रहोस्, विवाद समाधान नहुँदासम्म हङकङका मगरहरूले नेपाल मगर संघको आसन्न १२ औँ राष्ट्रिय महाधिवेशनमा भाग लिनबाट बञ्चित हुने छन् । साथै बेलायत, बेल्जियम, क्यानाडा र अमेरिकामा बसोवास गर्ने मगरहरूले पनि अन्तर्राष्ट्रिय मगर महासभाको (महासंघ) सदस्य राष्ट्र भएकाले आसन्न १२ औँ राष्ट्रिय महाधिवेशनमा भाग लिनबाट बञ्चित हुने छन् । महाधिवेशनमा भाग लिन वैदेशिक शाखा कतार, इजरायल, मलेसिया हुने विधानमा उल्लेख गरिएको छ । कार्यक्रममा वक्ताहरू सबैले अबको मगर संघको नेतृत्व भूपू सैनिक तथा प्रहरीहरूले नै लिनुपर्नेमा जोड दिएका थिए ।

वक्ताहरूमा पूर्व प्रहरी वरिष्ठ उपरिक्षकद्वय (एसएसपी) नेपाल प्रहरीका योगेश्वर रोमखामी मगरले हामी अवकाश प्राप्त सेना वा प्रहरीहरू जुझारु स्वभाव भएकाले जुनसुकै काममा पनि खट्न र संघर्ष गर्न सक्छौँ साथै इमान्दारिता हाम्रो पहिचान भएकाले अब नेपाल मगर संघको नेतृत्व भूपू सैनिकहरूका कमाण्डमा गए संघमा देखिएका अनियमिता र बेथितिको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

ससस्त्र प्रहरीबलका मानबहादुर रजालीमगरले भूपूहरू जुझारु स्वभाव र जिम्मेवारी बहन गर्न सक्ने भएकाले अबको नेतृत्व हाम्रो काँधमा आउनुपर्छ भन्नुभयो ।

अन्य वक्ताहरूमा संघका पूर्व महासचिव, इन्चार्ज तथा नेपाल मगर संघ केन्द्रीय भाषिक उपाध्यक्ष दलबहादुर बिरकटा मगर, नेपाल मगर संघका केन्द्रीय सदस्य एवम् मगर भूपू सैनिकका वर्तमान इन्चार्ज चन्द्रबहादुर रानामगर, नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ बाग्मती प्रदेश समितिका अध्यक्ष क्या. लालबहादुर थापामगर, गण्डकी प्रदेश समितिका अध्यक्ष नरबहादुर थापा मगर, लुम्बिनी प्रदेश समितिका अध्यक्ष सु.मे. लालमाने पुनमगर ,चितवन जिल्ला अध्यक्ष सु.मे यमबहादुर थापामगर भरतपुर महानगरपालिकाका उपाध्यक्ष क्या.जग बहादुर पुन मगरले नेपाल मगर संघमा भूपू सैनिकहरूको भूमिकाका बारेमा प्रष्ट पार्नुभएको थियो ।

संघका अध्यक्ष हुमबहादुर थापामगरको अध्यक्षतामा नेपाल मगर केन्द्रीय समितिका भाषिक उपाध्यक्ष दलबहादुर बिरकटा मगरको प्रमुख आतिथ्यमा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष हस्तबहादुर थापामगर र संघका महासचिव क्या. भीमबहादुर रानामगरले सञ्चालन गर्नुभएको थियो ।

बैठकलाई सहजीकरण संघका सचिव क्या. मनबहादुर थापामगरले र हल व्यवस्थापन ३ नं. प्रदेशका अध्यक्ष क्या. लालबहादुर थापामगरले गर्नुभएकामा संघले धन्यवाद दिएको थियो ।

9 0
Happy
Happy
14 %
Sad
Sad
0 %
Excited
Excited
14 %
Sleepy
Sleepy
0 %
Angry
Angry
29 %
Surprise
Surprise
43 %