मित्रसेन सिञ्जाली थापामगरको १२७ औँ जन्मजयन्ती सम्पन्न

Read Time:3 Minute, 58 Second

-गायत्री रानामगर


काठमाडौँ, पुष ११ गते नेपाली कला, लोकसङ्गीत र साहित्यका मूर्धन्य स्रष्ठा मास्टर मित्रसेन सिञ्जाली थापामगरको १२७ औँ जन्मजयन्ती यही २०७८ पौष ११ गते (२६ डिसेम्बर २०२१) का दिन साहित्यिक संवाद कार्यक्रम भर्चुअलमा मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष गौबहादुर आलेको सभापतित्वमा सम्पन्न भयो ।

यस भर्चुअल कार्यक्रममा अतिथि वक्ताहरू वरिष्ठ साहित्यकार, चलचित्रकर्मी तथा सञ्चारकर्मी प्रकाश सायमी, विश्व नेपाली साहित्य महासंघ युकेका अध्यक्ष विजय हितानमगर, मित्रसेन साहित्यसभा दार्जिलिङका अध्यक्ष हरेन आले र प्रतिष्ठानका संरक्षक त्रिलोकसिंह थापामगरले मास्टर मित्रसेनका बारेमा आ-आफ्ना भनाइहरू राख्नुभयो ।

साहित्यकार हरेन आलेले भन्नुभयो, ‘मित्रसेनले भारत स्वतन्त्र हुनुभन्दा पहिलेदेखि स्वतन्त्रता र समाजसुधारका पक्षमा झ्याउरे गीत गाउनुहुन्थ्यो ।’ प्रकाश सायमीले भन्नुभयो, ‘उहाँका भाका र लयहरू लाई अरू कलाकारहरू ले भाका मिलाई गाएको देखिन्छ ।’ उहाँले रोयल्टीको कुरा पनि उठाउनुभयो । त्यसैगरी विजय हितानले मित्रसेनका बारेमा गरिएका गतिविधि र रिसर्च गर्नेबारेमा जानकारी गराउनुभयो । त्रिलोकसिंह थापाले मित्रसेनले नेपाली साहित्य र सङ्गीतमा पु¥याउनुभएको योगदानका विषयमा चर्चा गर्नुभयो ।

यसैगरी गोरेबाहदुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष एवम् मगर संघ हङकङका पूर्व अध्यक्ष हुमबहादुर थापामगरले सन् २००२ मा हङकङमा मास्टर मित्रसेनको सम्मान र सम्झनामा ‘स्मृति साँझ कार्यक्रम’ गरी उहाँका छोरा दिग्विजयसेनलाई आर्थिक सहयोग गरेको स्मरण गर्दै युरोप र विभिन्न देशमा प्रचार गरेको कुरा सुनाउनुभयो । प्रतिष्ठानकी सदस्य ऋतु रानाले मित्रसेनको परिचय गराउनुभएको थियो । वरिष्ठ लोकगायिका कविता आलेमगरले मित्रसेनका गीत गाएर मनोरञ्जन गराउनुभयो ।

कार्यक्रमबारे जानकारी गराउँदै उपाध्यक्ष गायत्री रानामगरले पुस महिनाको चिसोचिसोमा न्यानो अभिवादन टक्र्याउँदै स्वागत गर्नुभयो भने कार्यक्रम सञ्चालन महासचिव मित्र रानाले गर्नुभएको थियोे ।

यस कार्यक्रममा विभिन्न संघसंस्थाबाट सहभागिता रहेको थियो । दार्जिलिङ मगर संघबाट धेरै साथीहरू अमित थापा, अजय थापा, मगर संघ युकेका अध्यक्ष सुनिल राना, गोमा राना, बम सूर्यवङ्शीलगायतको उपस्थित रहेको थियो ।

मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष गौबहादुर आलेले संघसंस्थाबाट सहभागी हुनुभएका आदरणीय व्यक्तित्वहरू प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफल र सम्पन्न भएको जानकारी दिनुभएको थियो ।

(लेखकः मास्टर मित्रसेन स्मृति प्रतिष्ठानकी उपाध्यक्ष हुन् ।)

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %