फाउण्डेशन द्धारा शोक सभा तथा छैठौं साधारण सभा सम्पन्न

Read Time:5 Minute, 5 Second

पूर्ण बहादुर राना


लतिपुर पुस ११ गते । जातीय मुक्तिका पैरविकर्ता, नेपाल मगर संघका पूर्व अध्यक्ष एवं राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव गोरे बहादुर खपाङ्गिकि धर्मपत्नि विद्या राना खपाङ्गिको ४९औं स्मृति दिवसका प्रमुख अतिथि नेपाल मगर संघका पूर्व अध्यक्ष याम बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता र गोरे बहादुर खपाङ्गि फाउन्डेसनका अध्यक्ष हुम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रमुख अतिथि बुढाथोकीले जातीय संघसंगठनका नेताहरू सामाजिक संस्थामा नेता र राजनीतिक पार्टीमा केटा भएको बताए । प्रमुख अतिथि बुढाथोकीले अब यसरी लाचारीपन देखाउन नहुने बताए । नेपाल मगर संघमा रहेका नेता तथा अन्य जातीय संस्थाका नेताहरू आफ्नो समुदायमा नेता बन्ने तर कम्युनिस्ट र काङ्ग्रेस पार्टीमा काम गर्ने केटा भएर बस्न नहुने बताए । उनले मगर नेताहरूले मगराँतको लागि लिखित प्रमाण सहित राजनीतिक पार्टीका नेताहरूलाई बुझाउनु पर्ने बताए । मञ्च र भाषणमामा चार हात र बाह्र हात उफ्रेर मगराँत मगराँत भनेर मगराँत नआउने बताए । उत्पिडित जातिका नेताहरू स्वर्गिय गोरे बहादुर खपाङ्गि झै सचेत भइ उठ्नु पर्ने बताए ।

कार्यक्रममा अथितिहरु नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष कमल पिठाकोठे मगर ,नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष एबं खपाङ्गि फाउण्डेशनका सल्लाहाकार क्या।देउबहादुर राना मगर , माष्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष एबं फाउण्डेशनका सल्लाहाकार अधिबक्ता गौबहादुर आले मगर , जितबहादुर सिञ्जाली साहित्य प्रतिष्ठानका अध्यक्ष एबं फाउण्डेशनका सल्लाहाकार सञ्जोग लाफा मगर, नेपाल मगर संघका सल्लाहाकार अधिबक्ता केहरसिँ राना मगर , ललितपुर मगर समाज सेवा केन्द्रका अध्यक्ष सु।मे।तुलबहादुर थापा मगर, बरिष्ठ उपाध्यक्ष कुन्ता थापा मगर,नेपाल मगर महिला संघ ललितपुरका पुर्ब अध्यक्ष हरिमाया राना मगर, शदिक्षा थापा मगर , खपाङ्गिका जेष्ठ सुपुत्र शिलाजित खपाँगी मगर लगायतका अग्रजहरुको उपस्थिती रहेको थिए ।

दुई चरणमा सम्पन्न कार्यक्रमले दोश्रो चरणमा गोरे बहादुर।खपाङ्गि फाउन्डेसनको छैठौं साधरण सभा सम्पन्न भएको छ । साधारण सभामा उपाध्यक्ष रुद्र गुर्मछानले सांगठनिक र कोषाध्यक्ष चन्द्र बहादुर थापा मगरले आर्थिक प्रतिबेदन पेस गरेकोमा दुबै प्रतिबेदन हाउस बाट पारित भएको थियो ।

साधारण सभा सम्पन्न गर्नका लागि निर्वाचन मण्डलका आयुक्त अधिबक्ता केहरसिँ राना , सदस्यहरु क्या। देउबहादुर राना मगर र हरि माया राना मगर थिए । साधरण सभाले हुम बहादुर थापाको अध्यक्षतामा सात सदस्यीय गोरे बहादुर खपाङ्गि फाउन्डेसन कार्यसमिति गठन गरेको छ । साधरण सभाले उपाध्यक्षमा रूद्र गुरमछान, सचिव खड्क सारु मगर, कोषाध्यक्ष चन्द्र बहादुर थापा मगर, सदस्यहरू मोहन साहाशंकर, पूर्ण बहादुर राना र गायीत्री राना मगर रहेका छन । यस सभाले खपाँगी परिवारलाई समवेदन पत्र र गोरेबहादुर खपाँगी फउण्डेशनका संस्थापक कार्यकारिणी सदस्य डा. बिष्णु सिंजाली मगरलाई सोसलोजि बाट बिध्यावारिधि गरे बापत सम्मान गरिएको छ ।

दुबैचरणका कार्यक्रम सभाका सभापति फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापा मगर, स्वागत मन्तब्य समितिका सदस्य एबं अधिबक्ता मोहन शासंकर र कार्यक्रम सञ्चलन समितिका सदस्य गायत्री राना मगरले गर्नु भएको थियो ।

3 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %