स्व. नेता खपाङ्गीकी धर्मपत्नी विद्या खपाङ्गीको शोकसभा हुने

Read Time:2 Minute, 3 Second


राज्यसत्ता
ललितपुर पुस १०, श्रद्धेय नेता स्व. गोरेबहादुर खपाङ्गीकी धर्मपत्नी विद्या खपाङ्गीमगरको मिति २०७८ कार्तिक २२ गते ६८ वर्षको उमेरमा असामयिक निधन भएको हुँदा उहाँको ४९ औँ दिनको पुन्यतिथिमा गोरेबहादुर खपाङ्गी फाउण्डेशनले भोलि पुस ११ गते शोकसभा मनाउने भएको छ ।


स्व. विद्या खपाङ्गी चर्चित नेता गोरेबहादुर खपाङ्गीकी धर्मपत्नी र यस फाउण्डेशनकी संरक्षक सदस्य हुनुहुन्थ्यो । वि. सं. २०१० मङ्सिर १३ गते जन्मनुभएकी विद्या खपाङ्गी गौशाला नगरपालिका, रामनगर १, महोत्तरीकी स्थायी बासिन्दा र पछिल्लो समय ललितपुरस्थित नख्खुदोबाटोमा बस्दै आउनुभएको थियो ।
स्व. नेता खपाङ्गी र विद्या खपाङ्गीका दुई छोरी चारू, सिरू र दुई छोरा शिलाजीत र शिखरजीत छन् । उहाँको ४९ औँ दिनको पुन्यतिथिमा दिवङ्गत पवित्र आत्मालाई चीरशान्ति एवम् पितृवासको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौँ । साथै, यस दुःखद् घडीमा शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भनी फाउण्डेशन हार्दिक समवेदन प्रकट गर्दछ ।

शोकसभालगत्तै फाउण्डेशनको साधारणसभा :

स्व. नेता खपाङ्गीकी धर्मपत्नी विद्या खपाङ्गीको शोकसभा समापनलगत्तै भोलि नै फाउण्डेशनको छैटौँ साधारणसभा ललितपुर मगर समाजसेवा भवन रानेबुँ, ललितपुरमा हुने फाउण्डेशनका अध्यक्ष हुमबहादुर पचभैया थापामगरले राज्यसत्तालाई जानकारी गराएका छन् ।

2 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %