नेपाल मगर महिला बिभागको कार्यशाला गोष्ठी सम्पन्न(फोटो फिचर सहित)

Read Time:4 Minute, 3 Second

गायत्री राना मगर

काठमण्डौ , पुस २
नेपाल मगर महिला (संघ) बिभागको कार्यशाला गोष्ठी सम्पन्न भएको छ । “मगर महिलाको सवाल तथा क्षमता अभिबृद्धि राष्ट्रिय कार्यशाला गोष्ठी” यहि पौष २ र ३ गते होटेल यात्री ठमेल , काठमाडौंमा भएको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ केन्द्रिय समितीका उपाध्यक्ष एबम महिला बिभाग प्रमुख गंगा खासु मगरले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष नवीन रोका मगरले मैनबत्ती बालेर उद्घाघाटन गर्नु भएको थियो ।

नेपाल मगर संघका वरिष्ठ सल्लाहकार बम कुमारी बुढा मगर,सल््लाहकारद्धय कृष्ण मगर, दिल बाहादुर थापा मगर र नेपाल मगर महिला संघका अध्यक्ष बिनिता आले मगरले मन्तव्य व्यक्त गर्नु भएको थियो ।


प्रशिक्षण कार्यक्रममा मगर समुदायको मौंलिक परम्परागत खानपिन सम्बन्धि जानकारी र संरक्षण बारेमा प्रशिक्षक सल्लाहकार बम कुमारी बुढा मगर,आदिवासी मगरको प्रथाजनित अभ्यास र संरक्षणमा महिलाको भुमिका बारेमा,प्रशिक्षक नेपाल मगर संघ सल्लाहकार अधिबक्ता इन्दिरा श्रीष मगर ,आदिवासी महिलाहरुको पहिचानको मुद्दा सम्बोधनमा अन्तर्राष्ट्रिय अनुभव बारेमा प्रशिक्षक सुशीला थापा मगर, (AIPP ) प्रतिनिधि र मगर महिलाको मुद्दा र सवालमा बिगतदेखि वर्तमान सम्मको अबस्था र भावी कार्यदिशा बारेमा प्रशिक्षक नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष गंगा खासु मगरले प्रस्तुति गर्नु भएको थियो ।

कार्यक्रममा ७ वटा प्रदेश मा ६ वटा प्रदेश र भातृ संगठन बाट प्रतिनिधिहरुको सहभागीता रहेको थियो । स्वागत मन्तब्य नेपाल मगर संघ गण्डकी प्रदेश उपाध्यक्ष तारा माया थापा मगरले गर्नु भएको थियोे । प्रमुख अतिथि नवीन रोका ज्युले नेपाल मगर संघ केन्द्रिय समिती महिला बिभाग र नेपाल मगर महिला संघ को बारेमा प्रष्ट पार्नु भयो र साथै राजनिती चेतना अति आबस्यक्ता छ भनी चर्चा गर्नु भयो ।

सभापति ज्युले कार्यक्रममा आफ्नो महत्त्वपुर्ण भनाई राख्दै धन्यवाद र समापन गर्नु भयो भने कार्यक्रम सन्चालन बागमती प्रदेश सचिब गायत्री राना मगरले गर्नु भएको थियो ।

नेपाल मगर संघ केन्द्रिय माहासचीव ज्ञानेन्द्र पुन ज्यु सचिब ज्यु र अन्य अतिथि हरु को सहभागिता र उपस्थिति थियो । सो कार्यक्रममा प्रशिक्षक , सहयोगी हरुलाई मायाको चिनो प्रमुख अतिथि ज्युले प्रदान गर्नु एको थियोे ।

मगर महिलाहरुको क्षमता अभिबृद्धि र बिकासका सवालमा कार्यक्रम अत्यन्तै प्रभावकारी भएको कार्यक्रममा सहभागिहरुले अत्यन्त खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तो कार्यक्रममा सहभागी हुन पाए राम्रो हुन्छ भन्ने जानकारी गराउनु भयो ।

लेखक : नेपाल मगर संघ बागमती प्रदेशका सचिव हुनुहुन्छ ।

3 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %