गोर्खा भर्तीको कथा

Read Time:28 Minute, 39 Second


– त्रिलोक सिंह थापा मगर

अंग्रेजी फौजका अत्यन्त अनुभवी, चलाख तथा दुरदर्शी सेना नायक डेविड आक्टरलोनीले नालागढ़, मलाऊँ, बुटवल आदि ठाउँहरूमा गोर्खा अंग्रेजयुद्धको गहिरो लेखा जोखा गरिसकेका थिए । गोर्खा सेनामाथि सीधा युद्ध गर्दा अंग्रेजी सेनालाई ज्यादै हानि नोक्सानी तथा क्षति व्योहरनु पर्दछ भन्ने कुरा उनले बुझिसकेका थिए । यस्ता युद्धहरूबाट वडाकाजी अमर सिंह थापालाई कुनै हालतमा गलाउन तथा हतोत्साहित गर्न सकिदैन भन्ने उनको सोचाई थियो ।
मुठ्ठी भर गोर्खाली सैनिकहरूले आफ्नो पारम्परिक हात हतियार (धनु वाण, खुकुरी, खुडा, ढुङ्गा, मुढा)को भरमा विकसित तथा आधुनिक शस्त्र अशस्त्रहरूबाट ल्यास विशाल अंग्रेजी सेनाका धेरै योद्धा, अफिसर र सेना नायकहरूलाई सजिलै सित युद्धस्थलहरूमा धराशायी पारेको दृश्य अक्टरलोनीले आफै हेरि सकेका थिए । जनरल जेलस्पी जस्ता वीर एंव अनुभवी जनरल पनि गोर्खा सैनिकबाट मारिएको (मृत्यु) जानकारी थियो । खलङ्गा युद्धमा अंग्रेजी सेना नायक मावीले गोर्खा
सैनिकलाई युद्धबाट पराजीत गर्ने आशा मारी सकेको हुदाँ छलकपटको सहारा लिनु परेको ज्ञान अक्टरलोनीलाई थाहा भई सकेको थियो ।
पर्वतीय युद्धकलामा तथा शत्रु माथि आक्रमण गर्ने क्षमता देखेर अक्टरलोनी गोर्खाली सैनिक योद्धाहरूसँग ज्यादै त्रसित, भयभीत तथा डराएका थिए । त्यसै लागि गोर्खा राज्य तथा गोर्खार्ली फौजको वि?द्ध फेरी उनी लड्न तथा युद्ध गर्न पटक्कै चाहेका थिएनन् । आफ्नो छोरा तथा गोर्खा सेना नायकको छोरासँग गोर्खा संस्कृति र सामाजिक रीति अनुसार मीत(मित्रता) समेत पनि गाँसेका थिए । गोर्खा सेनालाई परास्त गर्न युद्धका विभिन्न हतकण्डाहरूको प्रयोग गर्नु पर्ने एकमात्र उपाय
हो भन्ने निष्कर्षमा उनी पुगेका थिए । ईष्टईन्डिया कम्पनी सरकारको रणनितीः
वास्तवमा ईष्टईन्डिया कम्पनी सरकारको लक्ष्य भारत तथा तिब्बतमा आफ्नो व्यापार
विस्तार गर्नु थियो। अंग्रेज सरकारको साम्राज्य तथा उपनिवेश कायम गर्नु थियो । अतः गोर्खा राज्य तथा गोर्खाली सेनाको वि?द्ध युद्धमा अल्झिएर कम्पनी तथा अंग्रेज सरकारलाई कुनै लाभ थिएन । ब? हानी नै थियो ।
जनरल अक्टरलोनीको एक मात्र रणनिती गोर्खा युवाहरूको निपुण र दक्ष जनशक्तिलाई अंग्रेजी सेनामा भर्ती गर्नु थियो । उनीहरूलाई परिचालन गरेर भारतमा आफ्नो शासन स्थापित गर्नु थयो । गोर्खा राज्य तथा गोर्खा सेनासँग सन्धि गरेर व्रिटिश साम्राज्यको हित तथा रक्षाका लागि गोर्खाली सैनिकहरूको उपयोग गर्नु थियो । त्यसै लागि गोर्खा सैनिकसँग युद्धमा अनावश्यक रुपमा अलझिनु उनको मनसाय थिएन ।
गोर्खा सेनाको बाध्यताः
जनरल अमरसिंह थापाको अभिलाषा र इच्छा अंग्रेज सेनाको वि?द्ध एक पटक फेरि भीषण युद्ध गरेर आफ्नो मनको धोको मेटाउन चाहन्थे । तर राजदबार काठमान्डौले अंग्रेज फौजसँग सन्धि गर्नु भनेर आदेश पठाएको थियो । तैपनि दबारलाई थप मद्दत पठाउनु भनेर उनलेपत्र लेखेका थिए । सो पत्र व्रिटिश सेनाको गुप्तचरले बाटोमा लुकाई दियो । पत्र काठमान्डौ पुग्दै पुगेन ।
कुमाऊँ राज्यका गोर्खा सेना नायक वमशाहले आत्मसम्र्पण गरिदिए । अमरसिंह थापाको दाहिनेहात सर्दार भक्ति थापाले युद्ध भूमिमा वीरगति प्राप्त गरे । तैपनि अलिकति विचलित नभएर जनरल अमरसिंह थापा एकपटक फेरि अंग्रेजसेना माथि हमला गर्न तयारी गर्दै थिए । त्यसै समयमा सेना नायक हस्तीदल चौतरिया थप हात हतियार तथा खाद्यान्न लिएर आई
राखेका थिए । तर बाटोमा शत्रुले रोकी दिए । आपूर्ती बन्द भयो । गोली गठ्ठा, सैनिक योद्धा, खाद्यान्नको कमी, आर्थिक समस्या, काठमान्डौ टाढा भएकोले दोहरो संचार नहुने, स्थानीय राजाहरूबाट असहयोग तथा कतिपय स्थानीय राजाहरूले अंग्रेज फौजलाई सहयोग गर्न थाले । जनरल ओक्टर लोनीले एक तर्फ सन्धि गर्न तागीता गर्ने । साथै दबाव दिनका लागि चारैतिरबाट तोपको गोला फाल्ने । गोर्खाल िसेना भित्र अंग्रेजहरूले गोर्खा सेना नायकहरूको विरुद्ध नकारात्मक अफवाह तथा प्रचार गरेर मनोवैज्ञानिक आक्रमण पनि शुरु गर्न थाले ।
त्यसबेला हिमवतखण्डमा चारैतिर गोर्खा सैनिकहरू साना साना युद्धहरूमा अल्झी रहेका थिए । त्यी सैनिकहरूलाई एक ठाउँमा जम्मा पार्न पनि गाह्रो थियो ।
अतः जनरल अमरसिंह थापाको पक्षमा परिस्थिती सकारात्मक थिएन । यस्तो अवस्थामा आफूले दुःख कष्टले आर्जेको भूमि तथा विशाल गोर्खा साम्राज्य छोड्न परेको पीर र कष्ट वडाकाजी सेना नायक अमरसिंह थापालाई वाध्यतावश सहनु प¥यो ।
सन १८१५ ई. मई १५ तारिखमा गोर्खा सेनापति अमरसिंह थापा तथा अंग्रेज सेनापति डेविड अक्टर लोनीको बीच मलाउको प्रसिद्ध सन्धि सम्पन्न भयो । तीन वर्ष देखिको गोर्खा–अंग्रेज
युद्धको अवसान भयो तर “गोर्खा भर्ती”को उत्थानको कथा पनि सो सन्धिबाट शुरुवात भयो ।
फस्ट नरसरी वटालिएन (मलाउ रेजिमेन्ट) (सन १८१५ अप्रेल २४)
सन १८१५ ई. अप्रेल २४ तारिखमा हिमाञ्चल प्रदेश, सोलन जिल्लामा अवस्थित मलाउँ किल्लाको पहाडको भीरमा गोर्खाली सैनिकहरूको पहिलो पलटन खडा गरियो । सो पलटन जम्मा १५ देखि २० जना गोर्खा सैनिक तथा केही स्थानीय युवाहरू थिए । सो पलटनको नाम ईष्ट ईन्डिया कम्पनी सरकारले फस्ट नरसरी बटालियन (मलाउ रेजिमेन्ट) राख्यो ।
भारतको तत्कालीन मुगल वादशाहले जनरल डेविड अक्टरलोनीलाई “नरसरी उददुल्लाह” राजकीय पदवीबाट सम्मानित गरेको थियो । सोही पदवीको सम्मानमा कम्पनी सरकारले गोर्खालीहरूको पल्टनको नाम “फस्ट नरसरी वटालिएन (मलाउ रेजिमेन्ट) नामाकरण ग¥यो । त्यस पछि ईष्ट इन्डिया कम्पनी सरकारले आवश्यकता अनुसार विभिन्न समय र विभिन्न ठाउँहरूमा
गोर्खालीहरूको गोर्खा पलटनहरू खडा गर्दै गरे । जुन यस प्रकार छ ।
फष्ट नरसरी बटालियन (२४ अप्रिल १८१५ ई.), छैठौ लोकल फष्ट नरसरी वटालिएन (६ मई १८२३ ई), चौथो लोकल फस्ट नरसरी बटालिएन (१ डिसेम्बर १८२६ ई.), चौथो लोकल नसरी वटालिएन (१ फरवरी १८२९ ई.), ६६ गोर्खा राइफल रेजिमेन्ट (२७ फरवरी १८५० ई.), ६६ गोर्खा लाईट इन्फेन्टरी (११ नवेम्वर १८५८ ई.), फस्ट गोर्खा राईफल रेजिमेन्ट (२८ फरवरी १८९१ ई.), फस्ट गोर्खा राईफल (२८ फरवरी १९०१ ई.), फस्ट गोर्खा राईफल (दी मलाउ रेजिमेन्ट) (२अक्टोवर १९०३ ई.), फस्ट प्रिन्स अफवेल्स ओन गोर्खा राईफल –दी मलाऊ रेजिमेन्ट) ( १ जनवरी १९०६), फस्ट किङ्ग जार्ज गोर्खा राईफल (दी मलाउ रेजिमन्ट) (२ डिसेम्बर १९१० ईं) क्रमशः स्थापित भएको ईतिहास भेटिन्छ ।
फस्ट गोर्खा राईफल (सन १८९१ ई.फरवरी २८ दिनांक) सन १८९१ ई.फरवरी २८मा स्थापना भएको फस्ट गोर्खा राईफल (रेजिमेन्ट) सन १८६१ ई मार्च २६को दिन हिमाञ्चल प्रदेश, भाग्सू धर्मशाला जिल्ला कागँडामा विधिवत स्थायी ?पमास्थान्तरण भयो । पलटनको पहिलो मुकाम हालको पुलिस मैदान तथा पेन्शन लाईनमा थियो । सन १९०५ ई. अप्रिल ४ दिनांकमा स्थायी रुपमा माथिल्लो धर्मशाला म्यकलोडगंजमा आफ्नो स्थायी छावनी खडा गरेर त्यहाँ स्थातरण भयो ।
आफ्नो छोटो अवधिमा फस्ट गोर्खा राईफलले विश्वको सैन्य क्षेत्रमा व्यवसायिक सेना
( Professional Army) तथा विशेष सेना (Special Army) को रुपमा त्यसबेला ख्याति
प्राप्त ग¥यो । युद्ध कलामा फस्ट गोर्खा राईफलको अदभूत प्रदर्शनले गर्दा इष्ट ईन्डिया कम्पनी
सरकारले गोर्खा सेनाको संख्या क्रमशः वृद्धि गर्न थाले । गोर्खा राज्यको पहाडी भेगहरूमा गल्लावाला
आएर गोर्खाली युवाहरूलाई व्रिट्रिश सेनामा भर्ती हुन आकर्षित तथा लोभ्याउने चलन शु? भयो ।
सन १९४७ ई.मा भारत स्वतन्त्र भयो । व्रिटिशहरू बेलायत तिर फर्किन थाले । त्यस
समयमा नेपाल, भारत तथा बेलायत सरकारहरूको बीच त्रिपक्षीय समझौता सम्पन्न भयो । सो
अनुसार केही गोर्खा पलटनहरू भारतमा र केही पलटनहरू व्रिटिश साम्राज्यको रक्षा तथा सुरक्षाका
लागि आफ्नो साथ पानी जहाजमा चढाएर अंग्रेजले बेलायत तिर लगे । यसरी भारत तथा
बेलायतमा आज सम्म निष्ठा साथ गोर्खा सैनिकहरू कार्यरत छन्।
गोर्खाली सैनिक र सेनाको विस्तार
कथा यँही टुङ्गिदैन । प्रथम तथा द्वितीय युद्धको समयमा अदम्य, अदभूत, आश्चर्यजनक,
पराक्रम, वीरता, अत्यन्त कठोर अनुशासन, कडा परिश्रम, तथा दृढ ईच्छा शक्ति आदिको प्रदर्शनले
गर्दा गोर्खा सैनिक तथा गोर्खा सेनाको विश्वमा व्यापक चर्चा परिचर्चा हुन थाल्यो । त्यसैबेला
जर्मनको तानाशाह एडोल्फ हिटलरले भनेका थिए, “यदि गोर्खाली सिपाही म सँग भएको भए म
विश्व विजय गर्ने थिए ।” भारतका प्रख्यात पूर्व सेनापति फिल्ड मार्शल एच. एफ. जे. मानेक
शाहको भनाई “मृत्युसँग डराउँदैन भनेर कोही भन्दछ भने त्यो झूठ बोल्दछ अथवा त्यो गोर्खाली हो
।” एक जना भारतीय राज नेताले भन्नु भएको थियो, “सरहदमा गोर्खाली सुरक्षा सैनिक तैनाथ भयो
भने म चैन र शान्तिसाथ निदाउँछु ।”
सन १८५१ अप्रेल १४ को दिनमा प्रारम्भ भएको “गोर्खा भर्ती” आज विश्वका धेरै
मुलुकहरूमा विस्तारित भएको छ । जस्तो भारत, बेलायत, ब्रुनई, सिङ्गापुर, ओमान, आदि
मुलुकहरूमा गोर्खा राइफल रेजिमेन्ट, गोर्खा प्रहरी, गोर्खा सुरक्षा तथा गोर्खा गार्ड आदिको नामहरूले प्रख्यात छन्। ती मुलुकहरूको सीमा सुरक्षा प्रतिरक्षा एंव रक्षा निकायहरूमा खुकुरी भिरेर, छत्रे टोपी पहिरिएर रातो पीरो तथा मुस्तैदी साथ गोर्खा युवकहरू अनुशासित भएर उभिएको देख्न सकिन्छ ।
लाहुरे (१८१४ ई.)सन १८१४ ई. नोभेम्बर ३०का दिन सेनानायक कप्तान बलभद्र कुँवर क्षेत्रीलाई आफ्नो पलटनका केही सैनिकहरूका साथ उतराखण्डको देहरादुन स्थित नालापानी खलङ्गा किल्ला बाध्यात्मक अवस्थामा छाड्नु प¥यो । काठमाण्डौँ राजदवारबाट समयमा थप सैन्य सहायता, मद्दत तथा नैतिक समर्थन सम्म प्राप्त भएन । अतः उनी काठमान्डौ राजदवार प्रति अत्यन्त असंतुष्ट तथा रिसाएका थिए ।
युद्धको रणभूमिमा लड्नु भन्दा पनि छलकपट तथा धोका गर्ने शक्तिशाली अंग्रेजी फौजलाई
पनि एक पटक राम्रसित गोर्खा–थ्याक (अर्थात गोर्खा पराक्रम वा शुरवीरता) उनी देखाउन चाहान्थे ।
त्यसै कारणले गर्दा कप्तान बलभद्र कुँवर क्षेत्री आफ्नो केही सैनिकहरूका साथ पञ्जावको तत्कालीन
राजधानी लाहौर शहरमा पुगे । पञ्जाव राज्यका शक्तिशाली महाराजा रणजीत सिंहसँग भेटवार्ता गरे
। त्यहाँ गोर्खा सेनाको स्थापना गरे । गोर्खा तथा सिख (खलासा) सेना मिलेर ईस्ट इन्डिया कम्पनी
सरकारको अंग्रेजी फौजलाई विस्थापित गर्न युद्धको तयारी गर्न थाले ।
गोर्खा फौजको स्थापना (सन् १८१४ ई.)

पञ्जाव राज्यको राजधानी लाहौर शहरमा झण्डै २०० गोर्खा युवाहरू गोर्खा सेनामा भर्ती
भएका थिए । अधिकांश सैनिहरू मगर तथा गु?ङ्ग समुदायका थिए । साथै केही क्षेत्री, ठकुरी, खत्री,
पाण्डे, बस्नेत, खड्का, भण्डारी आदि अन्य समुदायका युवाहरू पनि थिए । ती युवाहरूलाई
उनीहरूको गाऊँ समाजले लाहौरे र पछि लाहुरे भनेर सम्बोधन गर्न थाले । यसरी “लाहुरे” शब्दले
नेपाली शब्दकोषमा आफ्नो स्थान प्राप्त ग¥यो । सन १८१४ ई. देखिनै लाहौर शहरमा गोर्खा भर्ती
शु? भएपछि लाहुरे शब्द प्रचलनमा आएको पाईन्छ ।
सन १८१५ ई.मा ईष्ट इन्डिया कम्पनी सरकार तथा नेपाल सरकारको बीच सुगौली सन्धि
सम्पन्न भयो । सो सन्धिको धारा अनुसार हिमाञ्चल प्रदेशको सोलन जिल्ला अन्र्तगत मलाऊँमा (
सपाटु) ईष्टइन्डिया कम्पनी सरकारले पहिलो गोर्खा पलटन खड़ा ग¥यो । त्यसपछि “लाहुरे” शब्दले
झन बढी व्यापकता प्राप्त गर्न थाल्यो । वास्तवमा “गोर्खा भर्ती” तथा “लाहुरे” शब्दको बीचमा
अन्योन्याश्रित तथा आन्तरिक सम्बन्ध पाईन्छ । एउटै सिक्काको दुई पाटा हुन्।
सामाजिक अवधारणाः
त्यसै समय देखि गोर्खा राज्यको पहाडी भेगहरूमा “लाहुरे” शब्दले सामाजिक मान्यतामा (social value)प्रतिष्ठा तथा मनोवैज्ञानिक सम्मान प्राप्त गर्न थालेको थियो । लाहुरे भन्ना साथ
गाऊँघरमा सामाजिक स्तर (Social Status)तुलनात्मक ?पमा अलि माथि हुने सोचाई हुन
थालेको थियो । त्यस समयमा गाउँघरमा प्रशस्त मात्रामा अन्नबाली, पशुपालन, फलफूल, जडीबुटी तथा आवश्यक पर्ने लुगाफाटाका लागि गाउँमा घरेलु उद्योग थिए । खान लगाउनका लागि गाउँघर
आत्मनिर्भर थियो। कुनै कसैको माथि निर्भर हुन पर्दैन थियो । तर लगानी गर्नका लागि आवश्यक
पर्ने नगद ?पियाँ प्रायः उपलब्ध हुदैन थियो ।
ईष्टइन्डिया कम्पनी सरकारका गल्लावाला (प्रतिनिधी) आएर गाउँले युवाहरूलाई अग्रिम
रकम दिएर गोर्खा फौजमा भर्ना गर्न लैजाने चलन थियो । खेती किसानी तथा गोठालो हुनेयुवाहरू
लाहुरे भएपछि घर विदामा आफ्नो गाउँघरमा आऊँदा उनीहरूको बेग्लै शान हुन्थ्यो । उनीहरूको
जीवन शैलीमा परिवर्तन देखा परेकोथियो ।
लाहुरे जीवन शैली (स्टाइल)

लाहुरे युवाहरू ईष्टकोट पहिरिएर, कम्मरमा खुकुरी भिरेर, टाउकोमा छड्के टोपी ढल्काएर,
काँतेदार बूट ग्याक ग्याक गर्दै, झोलामा चाँदीको सिक्का तथा औलाँमा मोटरमार्च चुरोट च्यापेर
आफ्नो गाउँघरमा आउँदा उस्को व्यक्तित्वले एउटा बेग्लै सन्देश दिन थालेको थियो । लाहुरे भनेपछि
साहस, हिम्मत, आटिलो, सामाजिक सम्मानका साथै कम्पनी सिक्का उपार्जनको प्रतीकको रुपमा
गाउँले समाजमा प्रतिस्थापित हुन थालेका थिए ।
फल?व?प गाउँघरमा प्रायः युवाहरू लाहुरे बन्ने सपना देख्न थालेका थिए । युवतीहरू
लाहुरेनी बन्ने रहर गर्न थाले । केही कारणवश लाहुरे घर बिदामा घरमा आउन सकेन भने र साईत
जुट्यो भने लाहुरेको घरधुरी खम्बालाई प्रतीक भनेर (बेउला) बिवाह सम्पन्न गर्ने चलन पनि कतै
कतै गाउघरमा श?हुन थाल्यो ।
पुस्तैनी पेशाको शु?वातः
त्यस समयमा एक पुस्ता देखि अर्को पुस्ता सम्म फौजमा भर्ना हुने वा लाहुरे बन्ने चलन
पनि केहि परिवारहरूमा देखा पर्न थाल्यो । अंग्रेज लेखक पार्करले आफ्नो पुस्तकमा यसरी उल्लेख
गरेका छन् ।“It becomes a family tradition of services father and sons, brothers and cousins. Many Gurkhas have family connection with British and Indian Gurkha regiments that could be traced back to the late eighteen century” (The Gurkha, John Parker Headline Book, Publishing London, Page 71, 1999) उनले उदाहरण पनि उल्लेख गरेका छन् । जबर थापा मगर सन १७९० ई.मा नरसरी बटालियनमा भर्ना भएका थिए । उनका छोरा सुवेदार बले थापा मगर सन १८३७ ई. मा नरसरी बटालिएन भर्ना भए । उनका छोरा सुबेदार नथु थापा मगर चौथो गोर्खा राइफलमा र उनका छोरा क्यापटेन रनु थापा मगर सन १८८५ ई.मा चौथो गोर्खा राईफलमा भर्ना भए । त्यसपछि उनका छोरा मेजर श्याम सिह थापा मगर चौथो गोर्खा
राईफल सन १९३४ ई. सम्म कार्यरत थिए । उनका छोरा क्यापटेन धीरेन्द्र सिह थापा मगर पनि
भारतीय सेनाका आर्टलरी विभागमा भर्ना भएर अवकाश प्राप्त गरे । यसरी गोर्खा परिवारहरूमा एक पुस्ता देखि आर्को पुस्तासम्म लाहुरे पेशा अपनाएको कथा प्रायः भेटिन्छ ।
राज्यको भूमिकाः
राज्यले कहिले पनि गोर्खा भर्ती वा लाहुरे प्रथालाई नि?त्साही गरेको पाइदैन । सुगौली सन्धि
(१८१५ ई.)ले त गोर्खा भर्तीलाई कानूनी मान्यता प्रदान ग¥यो । तत्कालीन प्रधानमन्त्रीहरू वीर
शमशेर, युद्धशमशेर तथा चन्द्र शमशेरका पालामा युवा श्रमशक्तीलाई निर्यात गर्न नीति नियमहरू
झन खुकुलो पारिएको थियो । गाऊँमा उर्दि जारी गरेर भर्ती हुन प्रोत्साहन गरिएको थियो ।
राज्यलाई निरन्तर राजस्व वा सलामीमा ठूलो रकम प्राप्त हुने । (एक प्रकारको रेमिटेन्श) युवा
शक्तिको आन्तरिक राजनीतिबाट ध्यान अन्यन्त्र केन्द्रित हुने, विदेशी सरकारलाई सस्तो तथा सजिलो
युवा श्रमशक्ति प्राप्त हु्ने, मुलुकमा शासकहरूको सत्ता सुरक्षित रहने आदि कारणहरूले गर्दा राज्यले लाहुरे प्रथालाई सधै प्रोत्साहन गरेको पाइन्छ । वास्तवमा “लाहुरे” प्रथा वा “गोर्खा भर्ती” आन्तरिक
तथा अन्र्तराष्ट्रिय कुटनीतिको मोहराको ?पमा विकसित हुन थालेको थियो ।
यसै क्रममा सुखी जीवनको खोजीमा कतिपय युवा शक्ति लाहुरे परिवार विभिन्न
मुलुकहरूमा बसाई सरेको पाइन्छ । साथै युरोप तथा अन्य मुलुकहरूमा पूर्व गोर्खा सैनिकहरूको
नाम उल्लेख भएको सामुहिक स्मृति स्मारकहरू (चिहान) पनि खडाभएको देख्न सकिन्छ । अनि
दार्शनिक प्रश्न उठन थाल्यो यो कस्तो कथा हो ?

कथाको अर्को पाटोः
त्यस समयमा अधिकाशं भूमिपुत्र वा मूलवासी युवा शक्ति प्रायः कलिलो उमेर देखि “लाहुरे”
बन्ने रहर गर्द थिए । राज्यले उनीहरूलाई लाहुरे बन्न प्रोत्साहित पनि गर्ने । तर त्यसै गाउँघरका
ब्राम्ह्ण वा बाहुनहरूका युवाहरू सानो उमेर देखि देशजाने सपना देख्न थालेका थिए । कहिले देश
जान पाउने होल भन्ने गर्दथे । झन्डै १०/१५वर्ष देशमा बसेर (काशी, हरिद्वार, ऋषीकेश, मथुरा र
अयोध्या आदि) फर्के पछि राष्ट्रको सम्पूर्ण श्रोतसाधन माथि कसरी आफ्नो अधिपत्य कायम गर्ने
सपना देख्न थालेका थिए । राज्यले पनि उनीहरूलाई सक्दो सहयोग तथा सघाउन खोज्द थियो ।
फलस्व?प राज्यशक्ति र राज्यसत्ता क्षेत्री–ठकूरी समुदायबाट क्रमशः बाहुन समुदायतिर हस्तान्तिरित
हुन थाल्यो। भविष्यमा भूमिपूत्रहरूतिर स्तारन्तरण हुनेदेखिन्छ ।
लेखा जोखा गर्ने समयः
अतः अब समय आई सकेको छ, पहिचानवादी सामाजिक संघ संस्थाहरूले आफ्नो
समुदायमा युवा शक्तिको शैक्षिक विकास, प्रशिक्षित जनशक्ति तथा कार्यात्मक प्रौढ शिक्षा
(Functional Literacy) तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम माथि के कति लगानी गरियो, के कति बजेट रकम छुट्याइयो, सामाजिक अभियान्ताहरूले के कति समय शैक्षिक विकासका कार्यमा समय खर्च गरे आदि विषयहरूमा लेखा जोखा गर्नु पर्ने देखिन्छ । यस्का साथै शोषित एव पिड़ीत समुदायको शैक्षिक विकास तथा मानवीय विकासमा (Human Resource Development) राज्यको समावेशी नीतिहरूको प्रभावकारी कार्यान्वएन गर्न गराउनुमा कति दबाव दिइयो ? सो बारेमा पनि मुल्याङ्कन गर्नु पर्ने आवश्यक भई सकेको छ ।
कारण, कुनै पनि परिवार, समुदाय, समाज तथा मुलुकको सामाजिक, आर्थिक विकास,
उत्थान तथा प्रगति उसको प्रशिक्षित तथा शिक्षित युवा जनशक्ति माथि आधारित हुन्छ भनेर
विद्वानहरूको कथन छ ।
गोर्खा भर्तीको संस्था :
आजभोली पहिले जस्तो गल्लावाल गाउँ गाउँमा हिद्दैनन् । भर्ती हुन बैना पनि दिदैनन् ।
राज्यले उर्दी पनि गर्दैन तर गोर्खा भर्तीको समय हजारौ युवाहरू भर्तीका लागि लाम लाईनमा
लागेको देखिन्छ । गोर्खा भर्ती या भर्ना गर्ने प्रशिक्षण संस्थाहरू पनि खुलेका छन् । भर्ना गर्ने
संस्थाहरू पनि खुलेका छन्। युवतीहरू पनि भर्नाहुन खोज्दैछन्। दिन प्रतिदिन गोर्खा भर्तीका लागि
युवाहरूको संख्या बढ्दै छ । तर भर्नाको हुनेकोसंख्या क्रमवद्ध ?पमा घट्दैछ ।
विगत नेपालको २५० वर्षको लामो अवधिमा शाहवशं, राणा शासन, पञ्चायत व्यवस्था,
प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रले मुलुकमा आमूल राजनीतिक, सामाजिक एंव मनोवैज्ञानिक
परिवर्तन ल्याएको देखिन्छ । सो अनुभव गर्न सकिन्छ । तर यस परिवर्तनको हुरीमा “गोर्खा भर्ती”
पहिले जस्तो थियो, आज पनि त्यस्तै स्थितीमा छ । मुलुकमा आएको आमूल परिवर्तनले यस माथि
कुनै असर र प्रभाव पारेको देखिदैन । दुई सय पचास वर्ष भई सक्यो तर “गोर्खा भर्ती”लाई यस
राजनैतिक सामाजिक परिवर्तनले अलिकति पनि छुन सकेको छैन ।
निष्कर्शः
क) परम्परालाई यथावत कायम राख्दै विस्तारै विस्तारै संयुक्त राष्ट्र संघले आफ्नो छुट्टै शान्ति
सेना गठन गरे हुन्थ्यो । सो शान्ति सेनामा अधिकांश गोर्खाली युवाहरूका साथै विकासन्मुख
राष्ट्रका युवा जनशक्तिको सेवा संयुक्त राष्ट्र संघले लिने दीर्घकालीन योजना तयार गरे
हुन्थ्यो । यसरी गोर्खा भर्तीलाई नयाँ आयम दिने कुरामा पहल गर्न सकिन्छ ।
ख) पर्वतीय, पहाडी, मैदानी तथा जंगल युद्धको तालिमका लागि नेपाल उपयुक्त स्थान भएको
हुदाँ शान्ति सेनाको प्रशिक्षण केन्द्रको अझ विस्तार गरे हुने । यसरी “गोर्खा भर्ती” तथा
“लाहुरे” शब्दले नयाँ परिवेश पाउने थियो ।
लेखक : मास्टर मित्रशेन थापा मगर प्रतिष्ठानका निर्बतमान अध्यक्ष हुनुहुन्छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %