विजय हितानको ‘ब्लु प्लानेट’ सार्वजनिक

Read Time:2 Minute, 57 Second

राज्यसत्ता,

काठमाण्डौ, कार्तिक १- कथाकार विजय हितानको नयाँ कथा सँग्रह ‘ब्लु प्लानेट’ सार्वजनिक भएको छ । आफ्नो कृतिमा हितानले आजको विश्वव्यापि वातावरणीय समस्या र तिनको निराकरणका उपायलाई कथाको रुपमा प्रकाश पार्ने कोसिस गरेका छन् ।

कथाकार हितानका अनुसार आजसम्मका हाम्रा प्राय सबै साहित्यिक सृजनाहरु मानवकेन्द्रित छन् । मानविय अतिक्रमणमा परेर पृथ्वीको पर्यावरण असन्तुलित बन्दै गैरहेको छ । तर विडम्वना, मानविय सभ्यतानै धरापमा पर्न सक्ने यस्तो जटिल समस्याबाट हामिहरु अनभिज्ञ छौं । यसर्थ अब हाम्रा साहित्यिक सिर्जनाहरु मानवेतर जगत्तिर केन्द्रित गरेर पृथवीको पर्यावरणीय संरक्षण, संवर्धन र प्रवर्धन गर्नुपर्ने आवस्यकता छ ।

संग्रहभित्र १५ वोटा पर्यावरणीय कथाहरु समेटिएका छन् । तिनले जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरि सिकारि, बाढि पहिरो, जल तथा वायु प्रदुषण, वातावरण संरक्षण अभियान, विस्वब्यापि तापक्रम वृदि जस्ता विषय वस्तुलाइ समेटेका छन् ।

वातावरण विज्ञानमा स्नाकोत्तर गरेका हितानको यो कथासंग्रह फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । ‘ब्रमाण्डको निलो ग्रह यस धरतीमा पर्यावरण सन्तुलन, वातावरण संरक्षण र प्राणी-वानस्पतिबिचको प्राकृतिक चक्र नियमित गर्न सकृय हितान ‘पर्या लेखन’ अर्थात इको राईटिङ’का अथक योद्धा हुन ।‘ भनेर प्रकाशकले आफ्नो प्रकाशकियमा लेखेको छ । पुस्तकको मुल्य रु. ३२५ राखेर बजारमा बिक्रिवितरण गरिदै छ । 

नेपालमा ईको राइटिङलाई सबैभन्दा पहिला आफ्नो ‘उत्तर आधुनिक विमर्श’ पुस्तकमा सिद्दान्तिकरण गरेका प्रा डा गोविन्दराज भट्टराईको यसमा भुमिका छ ।

गत एक दसक भन्दा बढि पर्यावरण साहित्यलाई नेपालि मुल धारको साहित्यमा भित्र्याउने अभियानमा खटिएका हितानको यो आठौं साहित्यिक कृति हो । यस अघि थकित पृथ्वि, इको उत्सर्जन, वाग्मति ब्लुज, स्वच्छन्द सुसेलीहरु जस्ता कथा, निवन्ध, र कविता कृतिहरु प्रकाशित भैसकेका छन् ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %