राष्ट्रिय जनगणना २०७८ का लागि चेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न (भिडियोसहित)

Read Time:6 Minute, 5 Second

नमो बुद्धाय ! नमो धर्माय !! नमो संघाय !!!

हुमबहादुर पचभैया थापामगर
काठमाडौँ, असोज २१ ।
भिडियो हेर्नुहोस : राष्ट्रिय जनगणना २०७८अन्तरकृया कार्यक्रममा ईन्द्र गुरुङ

राष्ट्रिय जनगणना २०७८ चेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यही आउने कार्तिक २५ गतेदेखि सुरु हुने राष्ट्रिय जनगणना २०७८ लाई मध्यनजर गरी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

हालै स्थापना भएको बौद्ध शिक्षा विकास प्रतिष्ठान, नेपालले आयोजना गरेको थियो । प्रतिष्ठानका संयोजक भिक्षु मध्यंकरको समुस्पस्थितिमा पूर्वमन्त्री डा. केशवमान शाक्यले विषयमा प्रवेश गराउनुभएको थियो । शाक्यमुनि भगवान् बुद्ध नेपालमा जन्मनुभयो । नेपाल धर्मरिपेक्ष देश हो । नेपालमा बुद्ध, हिन्दू, मस्टो, किरात, बोन, इस्लाम र इसाईजस्ता विविध धर्मावलम्बीहरू बस्छन् ।

नेपालका आदिबासी जनजातिहरु हिन्दु बणश्राम भित्र पर्दैनन् । खस जातिले आफुहरु हिन्दु होइन भन्छन र इतिहासमा उनिहरु बौद्ध थिए । दलितहरु हिन्दु बर्णाश्राम अनुसार शुद्र अछूत हुन भने कसरी हिन्दु हुन सक्छ ? नेपालका पिछडाबर्गका समुदायले पनि बुद्ध धर्म मान्ने ऐतिहासिक आधार छ । नेपालका आदिबासी जनजाति ,खस, दलित र पिछडाबर्ग समुदायले आफ्नो धर्म बौद्ध लेखाउनु स्वभाविक हो ।
विगतको जनगणनामा हिन्दूहरूको जनसङ्ख्या अत्यधिक देखाएर बौद्धलगायत अन्य धर्महरूको सङ्ख्या न्यून देखाइएको छ ।

नेपालमा बुद्ध धर्मावलम्बीहरूको सही गणना भएको छैन । २०७८ कार्तिक २५ देखि मङ्सिर ९ सम्म नेपाल सरकार तथ्याङ्क विभागले जनगणना लिँदै छ । पूर्वमन्त्री डा. शाक्यले नेपालका सम्पूर्ण बुद्ध धर्मावलम्बीहरूले धर्मको महलमा बौद्ध (कोड नम्बर २) मा चिनो लगाउनुहोला भन्दै अपिल गर्नुभएको थियो ।

बुद्ध शिक्षा विकास नेपालका संयोजक तथा नेपाल पर्यटन तथा संस्कृति बौद्ध गुम्बा विकास समितिका कार्यकारिणी सदस्य भिक्षु भेधङ्कर स्थवीर, सहकोषाध्यक्ष हुमबहादुर पचभैया थापामगर, सदस्यद्वय तथा धर्मोदयसभा, नेपालका उपाध्यक्ष एवम् पूर्वमन्त्री डा. केशवमान शाक्य, बौद्ध गुम्बा विकास समितिका पूर्व कार्यकारिणी सदस्य सचिव मणि गुरुङ, धर्मोदयसभा नेपालका उपाध्यक्ष एवम् नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री इन्द्रहादुर गुरुङ, तामाङ घेदुङका महासचिव बाबु घिसिङ तामाङ, शेर्पा संघका उपाध्यक्ष दावा शेर्पा, नेपाल मगर बौद्धसेवा समाजका अध्यक्ष क्या. देउबहादुर रानामगर, तमु बौद्धसेवा समितिका अध्यक्ष ध्रुवबहादुर गुरुङ, बुद्ध अम्बेडकर मिसनका अभियानकर्मी कमला हेमचुरी, श्रामणेर शान्त समाल र श्रामणेर यज्ञ शाही र निरु रुम्बाको सहभागिता रहेको थियो ।

राष्ट्रिय जनगणना २०७८ लाई सफल बनाउन विभिन्न मिडिया र सोसिएल मिडियामा प्रचार गर्ने निर्णय गरियो । छोटो समय भए तापनि सातै प्रदेशमा भित्तेलेखन र पम्पलेट प्रचारप्रसार गर्न टोली खटिनेजस्ता विषयमा उपस्थित सबै वक्ताहरूले विचार व्यक्त गरेका थिए । आ-आफ्नो जातिको धर्म, भाषाको कोड नं. निकालेर प्रचार गर्ने र दोस्रो भाषाको महलमा समूहमा बस्ने जोसुकै जाति भए तापनि बाहुल्यता भएको जाति भाषालाई लेख्न लगाउने कुरामा पनि छलफल भयो । राष्ट्रिय जनगणना १० वर्षमा एकपटक आउने हुँदा सात दिन समय निकालेर गणकसँगसँगै हिँड्नसमेत पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रम प्रतिष्ठानका सदस्य मणि गुरुगले सञ्चालन गरेका थिए । साथै कार्यक्र तमु बौद्धसेवा समाजको कार्यालय अनामनगरमा १७ असोज २०७८ मा भएको थियो । यस कार्यक्रममा निम्न संस्थाहरूको सहभागिता रहेको थियो ।
१. धर्मोदयसभा, नेपाल
२. अखिल नेपाल भिक्षु महासंघ
३. बौद्ध महासंघ, नेपाल
४. नेपाल मगर बुद्ध सेवा समिति
५. तमु बौद्धसेवा समिति
६. थारु बौद्ध समाज
७. तामाङ बौद्ध समाज
८. शेर्पा बौद्ध समाज
९. युवा बौद्ध समूह
१०. नेपाल तामाङ धेदुङ
११. बुद्ध अम्बेदकर जागरण मिसन
१२. हिमाली बौद्ध समाज र
१३. बौद्ध शिक्षा विकास प्रतिष्ठान, नेपालको उपस्थित रहेको थियो ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %