जन्मदिवशमा विहारलाई आर्थिक दान

Read Time:2 Minute, 16 Second

राज्यसत्ता
काठमाडौँ, असोज १८ । गण्डकी प्रदेशको गोरखा जिल्ला, गोरखा नगरपालिका ८, सिमलगैरी नेपालमा जन्मी हाल बेलायतमा बस्नुहुने इन्दिरा दर्लामी थापामगरले आफ्नो जन्म दिनमा विहारलाई आर्थिक दान दिनुभएको छ ।

इन्दिरा दर्लामी थापामगरले काठमाडौँमा रहेका सातवटा विहारहरुलाई रु. १० हजार रुपैयाँका दरले आर्थिक दान गर्नुभएको हो । उहाँले बुद्ध दर्शन प्रचारप्रसारका लागि भर्खरै स्थापना भएको बुद्ध शिक्षा विकास प्रतिष्ठान (बीएसबी फाउण्डेशन) नेपाललाई समेत रु. १० हजार आर्थिक सहयोग गर्नुभएको छ । थापाको जन्म दिनको उपलक्ष्यमा यस पुण्यको प्रभावले उहाँको सुस्वास्थ्य दीर्घायुका साथै यो दुःख चक्रबाट छुटकरा हुन सक्ने हेतु मिलोस् भनेर भिक्षुणी गुरुमा र भन्तेहरुले आशीर्बाद दिनुभएको छ ।
उहाँले आर्थिक दान दिनुभएका विहारहरुको नामावली यसप्रकार रहेका छन् ।
१. विश्व शान्ति विहार मीनभवन, काठमाडौँ
२. माझ खण्ड विहार, ललितपुर
३. धर्म कीर्ति विहार (षान्तिवती गुरुमा), काठमाडौँ
४. अन्तर्राष्ट्रिय बुद्धिष्ट मेडिटेशन सेन्टर, काठमाडौँ
५. मुनि विहार, भक्तपुर
६. मगध विहार, काठमाडौँ
७. पिपली थेरावाद बुद्ध विहार, काठमाडौँ
८. बुद्ध शिक्षा विकास प्रतिष्ठान (बीएसबी फाउण्डेशन), काठमाडौँ नेपाललाई दान गर्नुभएको छ । दाता तथा उपासिका इन्दिरा दर्लामी थापामगर आफ्ना श्रीमान् कृष्ण दर्लामी थापामगर र २ छोराका साथ बेलायतमा बस्दै आउनुभएको छ । उहाँहरु सबैलाई साधुवाद !

3 0
Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %