मगर संघ हङकङको कानुङ इम विमोचित

Read Time:4 Minute, 22 Second

भावेश भुमरी
काठमाडौँ, असोज १८ गते ।
मगर संघ हङकङको मुखपत्र कानुङ इम हङकङका लागि नेपाली महावाणिज्य दूत उदय रानाद्वारा यही अक्टोबर ३ तारिखका दिन विमोचन गरिएको छ । महावाणिज्य दूत राना मगर संघ हङकङको १० औँ अधिवेशन कार्यक्रमका प्रमुख अतिथि थिए ।

मगर संघ हङकङको १० औँ अधिवेशनको अवसर पारेर प्रकाशित मुखपत्र कानुङ इमको यस अङ्कमा विभिन्न विषयका लेख, रचना र संघका गतिविधिलाई समेट्ने काम गरिएको छ । मगर संघ हङकङकी अध्यक्ष युगमाया रानामगर संरक्षक रहेको यस मुखपत्रमा डा. चुराबहादुर थापाले प्रधानसम्पादकको भूमिका निर्वाह गरेका छन् भने नेत्र पहराईमगर, मनोज सूर्यवङ्शीमगर, गणेशजङ रानामगर र इन्द्र एलजी थापा सम्पादक मण्डलमा रहेका छन् ।
नेपाल सम्पादकमा रहेर साहित्यकार भावेश भुमरीले मुखपत्रको भाषा सम्पादनको गहन जिम्मेवारी निर्वाह गरेका छन् । मगर संघ हङकङकी अध्यक्ष युगमाया रानामगरको मन्तव्यदेखि अगाडि बढेको विषयवस्तुमा हङकङमा विभिन्न पेशामा आबद्ध मगरहरू शीर्षको लेखलाई नेत्र पहराईमगर र गणेशजङ रानाले तयार पारेका छन् । इन्द्र एलजी थापाको हङकङका व्यवसायी मगरहरू शीर्षकको लेख रहेको छ भने टीका रानाको हङकङका मगरहरूको स्वास्थ्य अवस्था शीर्षको लेख पनि रहेको छ ।

कुलबहादुर बुढाथोकीले हङकङमा गोर्खालीहरूले गरेका योगदानका विषयमा लेख तयार पारेका छन् । नेपालबाट डा. विष्णु सिञ्जालीले मगर स्थाननामका बारेमा लामो लेख लेखेका छन् । साहित्यकार विजय हितानको मगर संघ हङकङसम्बन्धी संस्मण पनि रहेको छ । मनोज सूर्यवङ्शीले मगर संघ हङकङको इतिहास लेखेका छन् भने प्रेम गलामीमगरले आफ्ना अतीतअनुभवलाई पस्केका छन् । यस मुखपत्रले साहित्यिक रचनाहरूलाई पनि प्राथमिकताका साथ पस्केको छ । साहित्यकारहरू घनबहादुर थापामगर, चिम्खाले काइँला, भावेश भुमरी, टीकाराम उदासी, जुनु राना, पद्मा लिंखामगर, आले माइला, नानु राना थापा, डोम राना, तुल्सीराज रानामगर, सुनिता गिरी (राना) र हिमाल थापाका विभिन्न विषयका कविता, गीत, गजल र कथाहरू रहेका छन् ।
मगर संघ हङकङको प्रतिवेदन संघका महासचिव नन्द रानामगरले तयार पारेका छन् भने कार्यबाहक कोषाध्यक्ष विनोद थापा सुनारीमगरको आर्थिक प्रतिवेदन पनि रहेको छ । महिला मगर संघ हङकङकी अध्यक्ष कुमारी थापाको महिला मगर संघ हङकङसम्बन्धी लेख रहेको छ । मुखपत्रको अन्त्यमा मगर संघ हङकङका आजीवन सदस्यहरूको नामसूची रहेको छ । वर्ष २३, अङ्क ११, २०७८ सालको यस मुखपत्रमा प्रधान सम्पादक डा. चुराबहादुर थापाको सम्पादकीय रहेको छ भने सुजता श्रीसमगरले आवरण डिजाइन गरेकी छन् ।
कानुङ इम, अङ्क ११ लाई अध्ययन गर्दा यो पठनीय र सङ्ग्रहणीय छ । देशविदेशमा रहेका मगर संघहरूले यसरी पत्रिका प्रकाशन गरेर आफ्ना विभिन्न कार्य र क्षेत्रसम्बन्धी गतिविधिका साथै अन्य विषयका लेख रचनाहरू सार्वजनिक मात्र आएका छैनन्, ती कुराहरू दस्तावेजीकरण पनि गर्दै आएका छन् । यस अर्थमा मगर संघ हङकङले यस्तो महङ्खवपूर्ण मुखपत्र प्रकाशन गरेर एक उदाहरणीय कार्य गरेको छ ।

2 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %