पाल्पा जिल्लाको स्थान नाम(Toponym of Palpa District)

Read Time:15 Minute, 7 Second

पूर्ण बहादुर राना
कुनै पनि समुदाय
त्यस ठाउँको आदिवासि(Indigenous) होकि होइन भन्ने प्रमाण एक ऐतिहासिक लिखित दस्तावेज र अर्को परापुर्व कालदेखि बसोबास गरेका आदिवासि जातिले सो ठाउँको नाम आफ्नो जातिको भाषामा नामकरण गरिएको हुन्छ । स्थान नामले आदिमकालदेखि बसोबास गरेका र गर्दै आईरहेका रैथाने जातिहरुको व्यवहारिक जिवनमा घटेका अर्थपूर्ण कथा र घटना बोकेको हुन्छ ।त्यस ठाउँको नाम सो समुदायको भाषामा रहेको हुन्छ । यस लेखमा भाषा आयोग नेपालले २०७६ चैतमा पाल्पा जिल्लाको माथागढी गाउँपालिका मगर जातिको बाहुल्य गाउँपालिका भएकोले त्यस क्षेत्रमा मगर भाषा अध्ययन गर्ने व्यवस्था गरिदिएको थियो र जाने क्रममा फेला परेको ठाउँका नामहरु मगर भाषामा भएकोले विश्लेषण गर्ने प्रयत्न गरेको छु ।

पाल्पा तानसेनको नजिकको गाउको दृश्यहरु

पाल्पा जिल्ला मगरको किल्ला हो । पाल्पा जिल्लामा मगर ढुट बोल्ने मगरहरूको घना बस्ती छ । पाल्पा जिल्लाका अधिकांश ठाउँको नाम मगर भाषामानै रहेको छ । पाल्पा शब्द आफैमा मगर शब्द हो । पाल्पा शब्दले दुई वटा अर्थ दिने शब्दहरु छन् ; १.“पालोपा” र २. “पाल्यापा” । पालोपा मा दुईवटा मगर शब्द “पालो” र “पा” मिलेर बनेको छ । “पालो” को अर्थ खेप, चोटी, रखबरी हुन्छ भने “पा” को अर्थ मगर भाषामा खोज्यो भन्ने हुन्छ । अर्को “पाल्यापा” शब्दमा “पा” को अर्थ “खोज्यो हुन्छ । “लेआ” को अर्थ “भने” भन्ने हुन्छ र फेरी अर्काे “पा” को अर्थ पनि खोज्यो नै हुन्छ । पाल्पाको अर्थ खोज्यो भने खोज्यो भन्ने हुन्छ । यसरी पाल्पा शब्द बनेको हुनुपर्छ । पाल्पा जिल्लाका मगर भाषामा रहेका अन्य स्थाननामहरू तल दिएको छ ।

पाल्पा रामपुर नगरपालिका सेरोफेरो

१. तानसेन विशुद्ध मगर शब्द हो । तानसेन शब्दमा तीनवटा मगर शब्दहरुको यौगिक(Compounding) भएर बनेको छ । “सेन+ टाहा+ ना” वा “सेन+ टाहा+ नाङ” बाट “तानसेन” नाम रहन गएको हुनसक्छ । जसको अर्थ हुन्छ “सेन” भनेको कहिले, “टाहा” को अर्थ पुग्यो र “ना” वा “नाङ” को अर्थ ःतँ” वा “तिमी” हुन्छ । तँ कहिले पुगिस भन्ने मगर वाक्यबाट तानसेन नामाकरण भएको हुन सक्छ । मगर भाषामा तँ वा तिमी भन्दा ना मात्रै पनि प्रयोग गरिन्छ वा “नाङ” पनि भनिन्छ । तर दुवैको अर्थ एउटै हुन्छ । दुवै “ना” र “ङ” नाकेस्वर(Nasal Sound) भएर आत्मासातकरण(Assimilation) माध्यममले “–ङ” अक्षर पनि “ना” नै भएको छ । जस्तै “धादिङ” शब्दमा पनि मगर भाषाका तीनवटा शब्दहरुको संघटि वा यौगिक भएर बनेको छ । जस्तै “धा” भनेको सार्नु, “दि” भनेको पानी र “ङई” भनेको मैले अर्थात मैले पानि सार्यो भन्ने वाक्यांशबाट धादिङ ठाउँको नाम रहन गएको प्रष्ट हुन्छ । तानसेनको अन्य मगर अर्थ पनि लाग्छ । “तानसेनु”वा “तानसेनुङ” भन्दा भन्दै तानसेन भएको हुन सक्छ । “तान” भनेको घरबुनाको कपडा बुन्दा प्रयोग गरिने घरेलु औजार हो । तानको सहायताले कपासबाट बनेको कपडा बुन्ने काम गर्न तानलाई साधनको रुपमा प्रयोग गरिन्छ । र “सेनु” वा “सेनुङ” कहिलेको भन्ने हुन्छ । अर्थात कहिलेको तान भन्ने अर्थ लाग्छ । तानसेनको अर्को अर्थ दाङसिङ भन्ने बाट आएको पनि हुनसक्छ । दाङसिङ भनेको सल्लाको रुख भनेको हो । र मुकुन्द सेन राजाको नामबाट तानसेन रहन गएको पनि हुनसक्छ ।
२. झडेवा शब्दमा तीनवटा मगर शब्द छ झाडि को अर्थ झाडिनै हुन्छ । –उङ– को अर्थ को र ग्वाको अर्थ कुखुरा हुन्छ । झडेवाको अर्थ झाडिको कुखुरा हुन्छ ।
३. वाकखोर बाट बक्सुर भएको छ । मगर भाषामा वाक भनेको सुँगुर र खोर भनेको सुँगुरको घर भन्ने हुन्छ ।
४. चिडिपानि शब्दमा दुईवटा मगर भाषाका शब्द र खस भाषाको शब्द मिलि बनेको छ । सुरूमा यहाँका मगरले “चिचो डि” वा “कालो पानी” भन्दा भन्दा “चिडि” भयो । र पछि खस भाषिहरूले “डि” को अर्थ बुझे पछि पानी शब्द थपेर चिडिपानि बनाएको हो ।
५. झिरूबास शब्दमा दुईवटा शब्द छ । झिरू भनेको कटुस र बास भनेको बासनै हुन्छ । कटुसको रूखमा बास बनाएर बस्ने भन्ने हुन्छ ।
६. रहबास भनेको रह वा पानी बसेको ठाउँ भन्ने हुन्छ ।
७. टाकाटुङ को अर्थ टाका भनेको सह्यो टुङ भनेको सिमा हुन्छ । मगर भाषाको टाकाटुङ खस भाषामा सहनुको सिमा भन्ने हुन्छ ।
८. बर्तुङ शब्दमा दुईवटा शब्द मिलेर बनेको छ । वर र म्यारतुङ । जसको अर्थ हुन्छ वर भनेको वरको रूख र म्यारतुङ भनेको फेंद हुन्छ । यसरी बर्तुङ भनेको बरको भेंद भनेको हो ।
९. गेरूडि शब्दमा दुईवटा मगर शब्द छ । गेरू र डि । जसको अर्थ हुन्छ गेरू(चिर चिर ग्याचो=धेरै रातो) भनेको धेरै रातो र डि को अर्थ पानी हुन्छ ।
१०. लरबरि शब्द मगर गाउँमा घाँटु नचाउँदा लरबरि लरबरि भनी गाएर घाँटु नाच्दा सो ठाउँको नाम लरबरि रहन गएको सो गाउँका बुढापाकाले बताएका थिए । घाँटु नाच मगर गाउँमा प्रचलित एक जिवित नाच हो ।
११. हुवाकोट ठाउँको नाममा दुईवटा शब्दबाट बनेको छ । हुवा भनेको कराउनु वा भुक्नु र कोट भनेको डाँडा वा कोट भन्ने हुन्छ । सो डाडाँमा हावा बेस्सरि कराएको वा हावा बेस्सरी बहने भएकोले हुवाकोट नाम राखेको स्थानियको भनाई छ । र मगर भाषामा अर्थ पनि यहिनै लाग्छ ।
१२. बोचोभञ्ज्याङ शब्दमा “बोचो” भनेको “सेतो” र “भञ्ज्याङ्” भनेको “भञ्ज्याङ” नै हुन्छ । अझ भञ्ज्याङमा पनि दुईवटा मगर शब्द भेटिन्छ “भाचो” भनेको “छुट्टिएको” र “झ्याङ”को अर्थ “लहरा” वा “छाडि” हुन्छ । तसर्थ भञ्ज्याङको अर्थ झाडि छुट्टिएको भन्ने हुन्छ ।
१३. घुटुक डाँडा भनेको घुटुक एक किसिमको फल फल्ने बोट हो । यसको पात टपरी सिलाउन पनि काम लाग्छ । त्यहि घुटुक पाउने डाँडालाई घुटुक डाँडा भनेको हो ।
१४. ओलेस शब्दको दुईवटा अर्थ लाग्छ मगर भाषामा । एउटा अर्थ “ओल्लेसा” भनेको “पुगेछ” र अर्काे अर्थ “ओलेसै” भनेको “झ्याउ वा अल्छी” लाग्नु भन्ने हुन्छ ।
१५. धुर्चुल गैर्हा भनेको धुर्सिला भनेको एक किसिमको औषधि हुने बुटा वा झार हो । धुर्सिला पाउने ठाउँलाई धुर्चुल गैर्हा भनेको हो ।
१६. धारादि शब्द पनि मगर शब्द हो । स्वयं धारा शब्द मगर शब्द हो । धाराको अर्थ धा भनेको सार्याे र राहा को अर्थ आयो भन्ने हुन्छ । धारादिको अर्थ धा भनेको सार्याे, रा को अर्थ आयो र डि को अर्थ पानी भन्ने हुन्छ । यसरी धारादि भनेको पानी सारेर आयो भन्ने हुन्छ ।
१७. सिकलेस शब्दमा दुईवटा शब्द छ । सिक भनेको डढेको र लेसाको अर्थ अज्ञात भुतको छ भन्ने हुन्छ । सिकलेस को अर्थ डढेछ भन्ने हुन्छ । अर्काे अर्थ सिक भनेको जुम्रा लेसा भनेको छ । जसको अर्थ हुन्छ जुम्रा रहेछ ।
१८. सिरिकडि भन्ने शब्द दुईवटा शब्दले बनेको छ । सिरिक भनेको टुनि भन्ने घाँस र डि को अर्थ पानी हुन्छ । टुनि भन्ने घाँसको रूखमुनिबाट निस्केको पानीलाई सिरिकडि भनिन्छ ।
१९. क्वाडि शब्दमा क्वा र डि मिलेर बनेको छ । क्वा भनेको कुवा र डि भनेको पानी हुन्छ । यसरी कुवाको पानी भन्दा मगर भाषामा क्वादि भएको छ ।
२०. सारकोट विशुद्ध मगर शब्द हो । सारकोटको अर्थ काँध भन्ने हुन्छ ।
२१. गुरूधुङ डाँडा को अर्ध ग्वार्हु ल्हुङ वा ग्वार्हु भनेको अण्डा र ल्हुङ भनेको ढुङ्गा हुन्छ । जसको अर्थ अण्डा जस्तो ढुङ्गा भएको डाँडा हुन्छ ।
२२. चिवलिस भनेको नक्कली वा झल्लि भन्ने हुन्छ ।
२३. गिनकोट शब्दमा दुईवटा मगर शब्द छ । गिजान र कोट । गिजान भनेको खर र कोट भनेको कोट वा डाँडा हुन्छ । जसको अर्थ खर पाउने डाँडा हुन्छ ।
२४. पुकटुङ मा दुईवटा मगर शब्द छ । पोक र टुङ । पोक भनेको नजिकको र टुङ वा टुम भनेको सिमा वा साँध वा सिमाना भन्ने हुन्छ । तसर्थ पोकटुङको अर्थ नजिकको साँध वा सिमाना हुन्छ ।
२५. सपाङ्दि शब्दमा क्रिया र नाम मिलेर बनेको छ । सपाङ र डि । सपाङ भनेको सुकेको र डि को अर्थ पानी । सुकेको पानी भन्दा मगर भाषामा सपाङ्दि भनिन्छ ।
२६. रूमालडाँडा भन्ने ठाउँको नाम मगर भाषामा रूम्बा खस भाषामा अमरा पाउने डाँडा भनेको हो ।
२७. आर्य भञ्ज्याङ भन्ने ठाउँको नाम विशुद्ध मगर भाषामा राखिएको हो । आर्य आर्याकको परिवर्तित वा अपभ्रंश रूप हो । आर्याक भनेको लसुन र भञ्ज्याङ भनेको मगर भाषामा चोक भनेको हो ।
हामी पाल्पाको सोहि ठाउँमा जाँदा त्यहाँका बुढापाकासँग सोध्दा आर्य भञ्ज्याङ र त्यस ठाउँको वरिपरि धेरै लसुन हुने गर्दथ्यो । र अहिले पनि प्रसस्तलसुन फल्ने गर्दछ । हिजो यातायातको सुविधा नहुँदा प्रसस्त फलेको लसुनलाई तानसेन पाल्पामा बेच्न लैजाने बेलामा जङ्गलको र टाढाको बाटो भएकोले सबै गाउँले जम्मा भई भेला हुने चोक(भञ्ज्याङ) लाई आर्याक भञ्ज्याङ भनेको रहेछ । पछि बस्ति बस्दै गएपछि त्यहि आर्याक(आर्य) भञ्ज्याङमा लगेर लसुन बेच्ने गर्दाे रहेछ । अहिले त्यो ठाउँ सानो व्यापारिक बजार(केन्द्र) बनेको छ । हामिले यस बारेमा बुढापाकाको भिडियो पनि रेकर्ड गरेका छौं ।

२८. घोर्लिखरक ठाउँको नाम पनि विशुद्ध मगर शब्दनै हो । घार्लिखरक शब्दमा दुईवटा मगर शब्द छ “घोर्लि“ र “खरक“ । मगर भाषामा आडुलाई घोर्लि भनिन्छ भने खरकको अर्थ पाखा, भित्ता वा ठाउँ हो ।

२९. रामपुर पनि मगर शब्दको परिवर्तित वा अपभ्रंश रूप हो । रामपुरमा दुईवटा मगर शब्द छ लाम+ पुरिसा । लाम भनेको बाटो र पुरिसा भनेको पुर्याे भन्ने हुन्छ । हिजो रामपुर मैदानि ईलाका र त्यस फाँटमा ओहोर दोहोर गर्दा फाँटैफाँट आर्काको खेतबारिबाट हिंड्न सम्भव नभएकोले त्यहाँ भएको नदीलाई बाटो बनाई नदीको किनारै किनार छेउछाउ बाटो बनाई घर गाउँका मानिसहरू एक ठाउँबाट अर्को ठाउँ आउजाउ गर्दथे । हिंउद मासमा नदीको किनारमा मानिस हिंडेको बाटो देखिने र त्यहि बाटोबाट हिंड्ने गर्दथ्यो । तर बर्षादको समयमा बाढि भेल वा भलले बाटोनै पुर्ने भएकोले बाटो नदेखिने भएको हुँदा त्यहाँ हिंड्ने घरगाउँका मगरहरूले बाटोनै पुरिएछ भन्दा मगर भाषामा लाम पुरिसा भन्दा भन्दै लामपुरिसा बाट रामपुर हुन गएको हो ।
३०. राम्दी शब्द मगर शब्दनै हो । राम्दी शब्दमा दुईवटा मगर शब्द छ; लाम + डी । जसको अर्थ मगर भाषामा लाम भनेको बाटो र डी भनेको पानी हुन्छ । राम्दी खोलाको किनारमा बाटो भएको र त्यहि बाटोमा पानी भएकोले लामडी भन्दा भन्दै राम्डी र पछि राम्दी हुन पुगेको हो । पाल्पा जिल्लामा यस्ता ठाउँहरु बग्रेल्ती छ ।

३१. केलादी भन्ने शब्दमा पनि दुईवटा मगर शब्द छ । केल्हा+डी । मगर भाषामा केल्हा को अर्थ छिर्यो र डी को अर्थ पानी हुन्छ । पानी छिर्यो भन्दा मगर भाषामा केल्हाडी भन्यो र अन्ततः केलादी हुन पुग्यो ।


2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %